२३ भाद्र २०८१, आईतवार

क्रान्तिकारीको चेतावनी,जग्गा हक हस्तान्तरण गरिए मालपोत अधिकृतलाई कार्वाही गर्ने

बुटवल : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल पाल्पा जिल्ला अन्तर्गत न्याय विभागले जिल्ला मालपोत कार्यलय पाल्पाका अधिकृत दुर्गाप्रसाद खनाललाई आज पत्र पठाउदै हक हस्तान्तरण नगर्न चेतावनी दिएको छ ।

तानसेन नगरपालिका बडा नम्बर ७ प्रभास रहेको प्रभास पुरेर बनाएको उक्त जग्गा पुरानै पाेखरि निर्माण गर्नुपर्ने माग राख्दै गत पुस १८ गते उक्त पार्टीले कब्जाकाे घाेषणा गरेको थियो । अाज उक्त पार्टीले मालपोत अधिकृतलाई अाफ्नाे न्याय विभागको नियम अनुसार हक हस्तान्तरण नगर्न र नगराउन भन्दै न्याय विभागका संयाेजक रिम द्धारा हस्ताक्षरित पत्र पठाएको हाे । उक्त विभागले उक्त जग्गा विभागकाे नियमअनुसार काम कारबाही अगाडि बढाई पाेखरि पुर्ननिर्माणकाे कानुनी प्रक्रिया अगाडि बढाएको समेत जानकारी गरेको छ । यदि यस्तो प्रक्रियामा हक हस्तान्तरण,घरसाध,बाटो,कित्ता काट,नामसारी गरिएमा कारबाही गर्ने चेतावनी दिएको छ । उक्त मालपोत कार्यलयलाई सम्बाेधन गर्दै पठाईएकाे पत्रमा चार वटा तीन वटा कार्यलय र एक सम्बन्धित निकाय गरि चारवटालाई बाेर्धार्थ समेत पठाएको छ । उक्त न्याय विभागले पठाएको पत्र जस्ताको त्यस्तै

“दुर्गा प्रसाद खनाल ज्यु
मालपोत अधिकृत तथा कार्यलय प्रमुख
जिल्ला मालपोत कार्यलय, पाल्पा

बिषय : न्याय विभागको नियम अनुसार गर्नु गराउनु !

मिति २०८० पुस १९ गतेका दिन हाम्रो क्रान्तिकारी कम्युनिस्ट पार्टी, पाल्पाले तानसेन नगरपालिका बडा नम्बर ७ प्रभासमा रहेको प्रभास ताल पुर्ननिमार्णका लागि ३५ रोपनि लगायतको पुरिएको जग्गा अधिकरण घोषणा कार्यक्रम सम्पन्न गरेको थियो। सो काम कारबाही अनुसार हाम्रो न्याय विभागले उक्त मासिएको प्रभास ताल पोखरि यथास्थितिमा फर्काउन आवश्यक काम कारबाही अगाडि बढाई रहेको हुँदा यस संग सम्बन्धित जिल्ला मालपोत कार्यलय, जिल्ला नापी कार्यलय, सम्बन्धित कृते जग्गा दलालहरु, तानसेन नगरपालिका पालिकाको कार्यलय, तानसेन नगरपालिका बडा नम्बर ७ प्रभासको बडा कार्यलयले जग्गा एक हस्तान्तरण नगर्न, जग्गा नामसारी नगर्न, कित्ता काट नगर्न, चौकिल्ला घरबाटो साध किल्ला सिफारिस नगर्नु हुन र तानसेन नगरीपालिले यस सम्वन्धित रहेर २०७४/११/ १५ गते, २०७४/१०/२६ गते, २०७८/११/०६ गते लगायतका विभिन्न मितिमा स्थानीय सरकारको अधिकारको क्षेत्र भित्रका प्राकृक्तिक तथा घरोहहरुको संरक्षणको दायित्वबोध गर्ने सन्दर्भमा कार्यपालिकाको बैठकले गरेका निर्णयहरु कार्यवन्यन गर्नु गराउनु हुन न्याय विभागको नियम अनुसार निर्देशन गरिन्छ अन्यथा विभागको नियम अनुसार कारबाही प्रक्रिया अगाडि बढाईनेछ । साथै जग्गा अधिकरण सम्बन्धि कागजात १) प्रेस विज्ञप्ति, २) अधिकरण घोषणा ब्यानर, ३) अधिकरण घोषणा कार्यक्रमका तस्बिरहरू यसै साथ संलग्न गरि पठाईएको छ ।

बोधार्थ :
१) जिल्ला नापी कार्यलय, पाल्पा,
२) सम्बन्धित कृते जग्गा दलालहरु
३) तानसेन नगरपालिकाको कार्यलय, तानसेन
४) तानसेन नगरपालिका बडा नम्बर ७ प्रभासको बडा कार्यलय”