११ श्रावण २०८१, शनिबार

पुर्व जनमुक्ति सेनाका कम्पनी कमान्डर आफ्नै पुर्व सहकर्मीबाट कुटिय

काभ्रे : पुर्व जनमुक्ति सेनाका कम्पनी सहायक कमान्डर ग्याङ्जा लामा ( भाैतिक) लाई साेहि जिल्लाका पुर्व सहकर्मी  साथिहरुले कुटपिट गरि  घाइते बनायका थिय ।काभ्रेपलान्चोक जिल्ला तेमाल गाउँ पालिका – २ मा गत फाल्गुन ३ गते साेहि ठाउमा बस्ने बर्ष  २८ का  बस्ने देवराज तामाङ र बर्ष ४७ का कान्छा लाल तामाङले राति १० बजे  कुटपिट गरि घाइते अवस्थामा छाेडेर भागेका थिय।

हाल घाइते भाैतिक ललितपुर जिल्लाको बि एण्ड बि हस्पिटलमा उपचारक्रममा छन् । राजनैतिक प्रतिसाेधका कारण  एक्कासि आक्रमण गरेकाे र मरनासन्न अवस्थामा छाेडेर भागेकाे  घाइते बताउँछन्।  पहिला संगै माओवादी पार्टीमा काम गरियाे अहिले आयर साथिहरुले राजनैतिक दुरी टाढा हुनुले यसरी कुटपिट गरेर ज्यान मार्ने किसिमको धम्की दिनुभयाे । म असुरक्षित भयकाे बिरामी बताउँछन् ।

शुक्रबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यलय सदस्य तथा ३ नम्बर प्रदेश ईन्चार्ज हेमन्त प्रकाश ओलि सुदर्शनले  घाइते अवस्थामा रहेका भाैतिक लाई भेटेर  स्वास्थ्य लाभकाे कामना गरेका छन्। नेता सुदर्शन का साथमा ,पार्टी केन्द्रीय सदस्य जिवित, ३ नम्बर प्रदेश  कार्यलय सचिव झनक श्रेष्ठ , लगायतको टिमले बिरामी लाई भेटेर स्वास्थ्य लाभकाे कामना गरेका छन ।कुटपिट मा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लियकाे छ भने एक जना फरार रहेकाे बताएको छ ।