
जाजरकोट भूकम्प : गम्भिर चेतावनी र नवनिर्माणको कार्यभार: “दिपक”
गत कार्तिक १७ गतेको भूकम्पले क्षेतविक्षेत घरहरुको भग्नाववशेषमा फेरिएको जाजरकोटको पूर्वि क्षेत्र र पश्चिम रुकुमको पश्चिमी गाउँहरुमा पुग्ने जोकोहि मानिसहरुको मनमा एक प्रकारको प्रश्न उब्जिन्छ– यदि केहि मिनि सेकेण्ड मात्रै कम्पन बढेको भए ? मध्य रातको समय, ढुंगा र माटोका कमजोर घर, छितरिएको बस्ती, यातायातको असुविधा एउटा भयावह परिणामको कल्पनाले जिऊ सिरिङ्ग हुन्छ र मुटुको धड्कनले गति तिब्र बनाउन थाल्दछ । बाँचेका मानिसहरु ती सबै घरभित्रै थिए, जुन घर भूकम्पले चिरा पारेर जीर्ण बनाईदिएको छ । उनीहरु तब मात्रै घरबाट बाहिर निस्किए, जब कम्पन सुस्त भयो । उपर्युक्त स्थितिसँग तुलना गर्दा जे जति जन–धनको क्षति भयो, त्यो वास्तवमा न्यून हो ।२०७२ सालको भूकम्प पश्चात् पश्चिम नेपाल भूकम्पको उच्च जोखिममा रहेको बारे प्रसस्तै बहसहरु भएका थिए । आवासीय नवनिर्माणको गीत पनि प्रशस्तै गाइएको हो । तर, त्यो क्रमशः दिन, महिना ...