११ श्रावण २०८१, शनिबार

पाल्पा जिल्ला संयाेजक सहित सिंगाे कमिटि वैद्य संग नरहने घाेषणा

पाल्पा : माेहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाल्पा जिल्ला संयाेजक दिग्दर्शन सहित सिंगाे टिमले बिद्रोह काे घाेषणा गरेकाे छ ।मंगलबार एक विज्ञप्ति जारि गर्दै सिंगाे जिल्ला कमिटिले पार्टीकाे कुनै सदस्य समेत नरहने जनायकाे छ । पार्टीका सहसंयाेजक र बिद्यार्थी अध्यक्ष बाहेक सबैले बिद्रोह गरेकाे एक जिल्ला नेताले बताय ।

विज्ञप्तिमा भनियकाे छ :”व्यवहारले दर्शनलाई चुम्नेछ, दर्शनले सिद्धान्तलाई चुम्नेछ, सिद्धान्तले कार्यदिशालाई चुम्नेछ, कार्यदिशाले संगठनलाई चुम्नेछ, संगठनले विजयलाई चुम्नेछ, विजयले हामीलाई फेरि नयाँ व्यवहारमा पुनः फर्काउछ। हामी नत वस्तुवादि भयौ, नत व्यवहारिक भयौं, नत विजयी केही पनि हुन सकेनौं। पार्टीमा २०८० मंसिर देखि रुपान्तरणको महान प्रक्रिया शुरु गर्दै पुनः लिखित रुपमै ९ वटा जिल्ला र दुईवटा जबस मोचर्चामा रहेका ३१ जना प्रदेश संगठन समितिका सदस्य हामीहरुले संयुक्त रुपमा २०८० चैत ३१ गते प्रदेश समितिका संयोजकलाई निवेदन पेश गरेका थियौं। उक्त निवेदन उपर छलफल, संवाद र समाधानको निमित्त कुनै पनि प्रक्रिया अहिले सम्म अगाडि नबढाईएकोले आज मिति २०८१ वैशाख १८ गतेका दिन देखि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको कुनै पनि जिम्मेवारी र कुनै पनि प्रक्रियामा सिङ्गो पाल्पा जिल्ला संगठन समिति नरहने घोषणा गर्दछौं” ।

बिद्रोह गर्नेकाे नाम :-

१) मानध्वज श्रेष्ठ “रिम” केन्द्रीय सल्लाहकार समिति सदस्य

२) मुक्ति गैरे “दिग्दर्शन” संयोजक, जिल्ला संगठन समिति

३) लिला श्रेष्ठ “हेमन्त सदस्य, ५ नं. प्रदेश संगठन समिति ४) सोम बहादुर सार्की “विजय” सदस्य, ५ नं. प्रदेश संगठन समिति

५)सुशीला काम्मु मगर अध्यक्ष तथा केन्द्रीय सदस्य, क्रान्तिकारी महिला संगठन, नेपाल

६)विष्णु बराल सदस्य, जिल्ला संगठन समिति

७) रिता जिसि “रोसनि” सहसंयोजक अनेरास्ववियु (क्रान्तिकारी)

८) मोहन बहादुर नेपाली “सचिन” सदस्य, जिल्ला संगठन समिति

९) वुद्ध दमाई सदस्य, जिल्ला संगठन समिति

१०) प्रतीक्षा विष्ट सदस्य, जिल्ला संगठन समिति

११) कालिमाया सार्की सदस्य, जिल्ला संगठन समिति

१२) मिना मगर सदस्य, जिल्ला संगठन समिति

१३) विजय सारु सदस्य, जिल्ला संगठन समिति

१४) कृष्ण कार्की सदस्य, जिल्ला संगठन समिति

१५) लिला लुङ्गचे सदस्य, जिल्ला संगठन समिति

१६) संगिता पाण्डे सदस्य, जिल्ला संगठन समिति

१७) लोक बहादुर कुमाल प्रस्तावित सदस्य, जिल्ला संगठन समिति

१८) तारा पाडे मगर प्रस्तावित सदस्य, जिल्ला संगठन समिति

१९) देविसरा प्रस्तावित सदस्य, जिल्ला संगठन समिति

२०) सन्तोष प्रस्तावित सदस्य, जिल्ला संगठन समिति

२१) प्रकाश विक अध्यक्ष तथा केन्द्रीय सदस्य, क्रान्तिकारी युवा संगठन नेपाल

२२) कालुराम सारु प्रस्तावित सदस्य, जिल्ला सगठन समिति

मुक्ति गैरे ‘दिग्दर्शन’:

संयोजक

जिल्ला संगठन समिति, पाल्पा