११ श्रावण २०८१, शनिबार

माेहन वैद्यसंग अलगीए, सिंह लगायतका प्रभावशालि नेताहरु

काठमाडौं :मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबाट सचिवालय सदस्य लगायतका शिर्ष नेताहरु अलगियका छन्। पार्टीका सचिवालय सदस्य तथा युवा नेता पुर्ण बहादुर सिंह ‘समरजङ’,स्कुलिङ्ग बिभागका प्रभावशाली नेता तथा लेखक खेम थपलिया, प्रकाशन बिभागका सह सयाेजक अशाेक सुवेदी, किसान संगठनका सह- सयाेजक हरि श्रेष्ठ , मजदुरका सह -संयाेजक बिनाेद थापा, बिद्यार्थी नेता नवराज भट्ट , केन्द्रीय सदस्य माधव गाैतम, रण बहादुर बि.क. सहितको टिमले बिद्रोह गरेको हो। साेमबार राजधानीमा आयोजित विशेष पत्रकार सम्मेलन मार्फत उक्त जानकारी गराएकाहुन ।एक वर्ष अगाडी नेकपा बहुमत र क्रान्तिकारी माओवादी एकताबाट बनेको उक्त दल ठिक एक वर्षमा फुटेको हो । पार्टी एकतापछी जनताका मुद्दाहरूमा छलफल केन्द्रित नभएर अमुक नेताका आ-आफ्ना मान्छे सेटिङ्गगर्न किचलो र झगडा बढी भएको भन्दै नेता सिंहको नेतृत्वमा गत पौषमा ७ बुद्दे मागपत्र पार्टी केन्द्रिय कार्यालयमा पत्र बुझाएका थिए । उक्त पत्रकोबारेमा सहि ढंगले छलफल गर्नुको सट्टा माओवाद र जनयुद्धलाई समेत सामाजिक फासिवाद र उग्रवामपन्थी भड्काव भनिरहेको समूहसग एकता गर्ने भएपछि आफुहरु बाहिनु परेको नेता समरजङ्ले बताएकाछन ।

नेपाली जनताले गरेका संघर्ष जनयुद्धलाइ सामाजिक फासिवाद र उग्रवामपन्थी भड्ककाव मान्ने बहसमा सहभागी हुनुपनि सहिद, बेपत्ता र घाइते योद्धाको प्रतिको अपमान भएको भन्दै उक्त कार्य प्रती आक्रोश व्यक्त गरेकाछन । त्यो एकतामा सहभागी भएर कंलकको टीका लगाउन तयार हुन नसकिएकोले बिद्रोह गर्नु परेको उनले प्रष्ट पारेकाछन ।

माओवाद कि बिचारधारा, सामन्तवाद कि पुँजीवाद र जनवाद कि समाजवाद भन्ने जस्ता बिषयमा बहस गरेर थप समय बर्वाद गर्नु उचित नभएको ठहर गर्दै आकस्मिक रुपमा यो निर्णय गर्नुपरेको बताएकाछन । आन्तरिक पार्टी सुदृढ गर्नुको सट्टा जनयुद्ध र नेपाली जनताका बिभिन्न आन्दोलनलाइ वामपन्थी भड्काव देख्ने समुहसग एकता गरेर झन भद्रगोल सिर्जना गर्न खोजिएको तथा विचारवाद, कट्टरतावाद र अनुभववादमा गिजोलिएको आरोप लगाउदै सच्चा कम्युनिस्ट अभियान थालनी गर्न बिद्रोह गरेको बिज्ञप्तीमा जनाएको छ ।

उक्त फुटको बारेमा नेकपा क्रान्तिकारी कम्युनिस्ट पार्टीका एक प्रभावशाली नेतासग सम्पर्क गर्दा बिषयहरु सहि भएपनि उहाहरु यसरी बाहिरिहाल्नुहुन्छ भन्ने नसोचेको बताएकाछन । क्रान्तिकारी कम्युनिस्ट पार्टीले मोहन बिक्रम सिंह नेतृत्वको दलबाट कार्वाही परेका सन्तबहादुर नेपाली नेतृत्व रहेको समूहसग एकता बैठक गरिरहेको छ । उक्त बैठक प्रती पुर्व बहुमतका अधिकांश केन्द्रीय सदस्यहरु असन्तुष्ट रहेको नाम उल्लेख नगर्ने सर्तमा एक नेताले जानकारी दिएकाछन ।