२३ भाद्र २०८१, आईतवार

प्रकाश पौडेलको “ राँको बालि बालि ” बोलको रोईला गितमा शुस्मा धमला र बिष्णु श्रेष्ठको जोडी जम्यो

काठमाडौं । युवा ब्यवसायी तथा समाजसेवी प्रकाश पौडेल र गायीका राधिका हमालको आवाजमा रहेको “राँको बालि बालि ,म त आएँ रोधिमा मायालुको खोजिमा ”बोलको रोईला गितमा शुस्मा धमला र बिष्णु श्रेष्ठको जोडी जमेको छ ।
काठमाडौं को चिसापानिमा हास्य कलाकार उत्तम कोदेले सन्चालन गरेको सुटिङ घरमा भिडियोको छायांकन कार्य सम्पन्न गरिएको हो ।
भिडियो छायांकनमा नृत्य निर्देशक सुरेश पाण्डे तथा क्यामेरामा रामेश्वर हुमागाईको टिमले कार्य गरेको छ भने निर्देशन मिलन आले मगरको रहेको छ त्यस्तै श्रृंगारमा रवि के.सी र ब्यवस्थापनमा डि.बि.पराजुली रहेका थिए ।
धनेश्वर फिल्मस्को ब्यानरमा बनेको यो भिडियो धनेश्वर फिल्मस्कै अफिसियल युट्युब च्यानलबाट केहि दिनमा सार्वजानिक गरिने भएको छ ।
भिडियोमा मुख्य भुमिकामा बिष्णु श्रेष्ठ र शुस्मा धमला देखिएका छन् भने सरोज वली , सिर्जना गजमेर , हरिशरण थपलिया , दुर्गा ओझा न्यौपाने, रुम्बा सोल्टी लगायतको अभिनय रहेको छ ।