२५ मंसिर २०८१, मंगलवार

बराहक्षेत्र चतराधामको लोकप्रियताको कडी बन्दै “ बाह्रबर्षे महाकुम्भ मेला ” — शम्भु उप्रेती

स्थानीय जानकार हरु भन्दा रहेछन “ धरतीको पहीलो तिर्थ स्थल – बराहा क्षेत्र धाम “ यस पबित्र बराहा क्षेत्र स्थित चतराधाममा हाल मितिले १० वर्ष र तिथिले बाह्र वर्षपछि पून यही गत चैत्र २७ गते मंगलबारदेखि एक महिनासम्म लाग्दैछ ।

एक महीने लामो चल्ने कुम्भ मेला रहेको स्थान ५० को दशक तिर सुनसान मृत अबस्थाको एकान्त लासहरुको सतगत गरिने झाड़ी बुटियान, नदीको अतिक्रमणमा परेको ढुग्यान, दिउसै एक्लै पुग्न डर लाग्दो आर्यघाट भनिन्थ्यो ।

यस क्षेत्रलाई प्रायः सबैले दुर्वासा घाट भनेर चिन्थे ।उक्त क्षेत्र आज नेपाली हरु माझ मात्र नभई भारतीय हीन्दू हरु लगायत सबै धर्मावलम्बी, धार्मिक पर्यटक, अन्बेषक हरु लगायत युवा पुस्ताहरुको पुग्नै पर्ने गन्तव्य बन्दै गरेको अनुभूती हुदैछ । हरेक बार्ह बर्षमा बिगत देखीको बड्दो मेलाको लोकप्रियता बाट सहजै अनुमान लगाउन सकिन्छ ।

यस क्षेत्रको परम्परागत धार्मिक महत्व हरुको थप अन्बेषण र खोजबिन हुनुले रमणीय सप्तकोशीको बराहा क्षेत्र आसपास का धार्मिक महत्व बोकेको कैयौ थप लुकेका परम्परागत मठ मन्दीर र धरोहर हरुको खोजबिन, जीर्णोद्धार र ब्यापक प्रचार अभियानमा धार्मिक गुरुहरु लाई स्थानीय प्रदेश सरकार, बराहा क्षेत्र नगर पालिका का मेयर रमेश कार्की सहित समन्धीत वडा अध्यक्ष हरुको सकृयता पूर्वक प्राथमिकता दिईएको अबस्था बाट समेत एकाएक धार्मिक ब्यक्तित्व हरुमा ख़ुशी र महत्व आकासिएको अबस्था बन्दै छ ।कमसेकम बार्ह बर्षको एक पटक लाग्ने मेलामा सकभर पुग्नै पर्ने बिश्वासको कारण स्वदेश र छिमेकी भारत लगायत संसारका कैयौ मुलुकहरु बाट समेत भक्तजनहरुको उपस्थिति बाक्लिने क्रम थामि नसक्ने अबस्था आयोजकहरुको लागी ठुलो चुनौती थपिदै जानु निश्चय पनि समग्र नेपालकै लागी गौरब बडाउने काम र संसारमै हीन्दूहरुको बाहुल्यता रहेको नेपाल हुनुको पुस्ट्याई समेत हुदैछ ।

उती बेलाको उपेक्षित दुर्बसा घाट हालको “पबित्र कुम्भनगरी” बन्नुमा त्यति बेलाका जोशीला, सरल, बिचार र शास्त्र हरुबाट बिलक्षण तेज़ीला युवा भारतीय अध्यात्म क्षेत्र का प्रकाण्ड बिद्धान हरुको कठोर परीक्षाहरु बाट खरो उत्रेका सामान्य देखिने नेपाली पाहाडे मूलका युवा लाई भरी बिद्धत सभा बाट घोषणा गरीएको नेपालकै प्रथम जगत गुरु बालसन्त मोहन शरण ज्यूको अथक प्रयास बाबजुत चतराका बारेमा खोज अनुसन्धा गरि शास्त्रीय आधार जुटाई उक्त क्षेत्रमा २०५९ साल बैशाख १ गतेदेखि एक महीना अबधी लामो प्रथम कुम्भ मेला लगाउने चेष्टा बिद्धतहरुको माझमा साकार हुनुले चतरा एकाएक प्राचिन हरिद्धारको स्तरको मान्यता प्राप्त बन्न पुग्यो ।

चतरामा कुम्भ मेलाको सफल आयोजनाले देश बिदेशमा रहेको हिन्दुहरुको मात्र नभई सारा जगत कै ध्यान चतराधाममा लागेको कुम्भ मेलाले खिचेको छ । ५० को दशकमा चरो मुसो नआउने चतराधाम क्षेत्रमा अहिले संसार कै बिद्वान बिदुर्षि , राजनेता, कलाकारहरुको आगमनले चतराकोरुप रङ्ग फेरिदिएको छ ।

यस अवसरमा यहाँ आई महिना दिनसम्म व्रत बस्ने, आफ्ना इष्ट देवताको पूजाअर्चना गर्ने, पाठपरायण गर्ने गराउने र स्नान गर्ने गर्नाले आफ्नो पितृहरुको उद्धार हुने, मनोकंक्षा पुरा हुने, शास्त्रीय रुपमा महत्व र हिन्दू धर्मावलम्बी हरुको लागी दान, धर्म र शास्त्र अनुरूपको पूजा पाठ हमन लगायत को गतीबीधीमा संलग्न हुनुलाई अनुपम गौरवको अबसरको रुपमा लिईएको छ ।

कुम्भ मेलामा कोटीहोम, वेदपाठ, पुराणवाचन, स्वदेश तथा विदेशका जगत्गुरू, शङ्कराचार्यहरू, धर्माचार्यको सहभागिता प्रवचन, भजनकीर्तन, शास्त्रार्थ सम्मेलनलगायत महास्नान ले बाह्रकुम्भमध्ये नेपाललगायत भारतका प्रयाग, नासीक, उज्जैन र हरिद्वारमा कुम्भमेला को बिस्तारीत क्षेत्र बनेको अबस्था हो ।

कुम्भ मेलाले हाम्रो देशमा हराउँदै गएको धर्म, संस्कार र संस्कृतिको पुनरुत्थान हुने धार्मिक जानकारहरू बताउँछन् । कुम्भ मेलामा कोटीहोम, वेदपाठ, पुराणवाचन, स्वदेश तथा विदेशका खासगरी भारतका जगत्गुरू, शङ्कराचार्यहरू, धर्माचार्यको सहभागिता प्रवचन, भजनकीर्तन, शास्त्रार्थ सम्मेलनलगायत महास्नान हुनेछ ।

कुम्भ मेलाले हाम्रो देशमा हराउँदै गएको धर्म, संस्कार र संस्कृतिको पुनरुत्थान गरेको धार्मिक जानकारहरू बताउँछन । स्मरण रहोस उनै जगत्गुरु बालसन्त महाराजले २०५५ सालको साउन ४ गतेदेखि बराहक्षेत्रदेखि मुक्तिक्षेत्रसम्म ५५ दिने पैदलयात्रा सम्पन्न गरी चतराधाममा द्वादश दिवसीय श्रीमद्गोपाल महायज्ञ नेपालमै पहिलो पटक सम्पन्न गरेर सबैको ध्यानाकर्षण गरेको बताईन्छ । हिन्दु धर्मअनुसार अमृतको थोपा खस्ने बिश्वास गरीने भारतका हरिद्वार, प्रयाग, नासिक र उज्जैन गरी विश्वमा जम्मा ५ स्थानमा १२/१२ वर्षको अवधिमा कुम्भ मेलाको धार्मिक महत्वको ब्यापकताको बिस्तार नेपालको पबीत्र भूमी, सप्तकोशी किनारामा अबस्थीत बराहा क्षेत्र चतराधाम को उचाई र महत्व चितवन, तनहु र नवलपराशी जील्लाको सिमानामा बग्ने पबित्र नारायणी नदीको संगम देबघाट लगायत त्रिभीणी धाम, मुक्ति नाथ, लुम्बिनी, खप्तड क्षेत्र लगायत स्थलहरु समेतको गरीमा संग थप कडी बनेर नेपाल को महत्वपूर्ण धार्मिक पर्यटन स्थलको रुपमा पहीचान बनाईनु नेपाली पर्यटन क्षेत्रको बिस्तार, प्रबंधन को लागी गौरब बडाउने काम भएको अबस्था हो ।

यस पटकको कुम्भ मेलामा आयोजक हरुको प्रक्षेपण ३० लाख धार्मिक यात्रीहरु पुर्याउने लक्ष्य लाई भारतका बागेश्वर बाबा भनेर चिनिने धिरेन्द्र शास्त्री पनि आउँदो वैशाख ५ गते चतरा आउने कार्यक्रम तय भएको महायोगी सिद्ध बाबा अध्यात्मिक प्रतिस्ठान बाट आयोजित संकटमोचन “हनुमंद महायज्ञको “ भब्यता पूर्बक संचालन भए बाट उक्त अनमानीत संख्या दोब्बर हुने बिश्वास गर्नेहरुको संख्या मेलामा गरीएको सजावट लगायत धार्मिक संघ संस्था, स्थानिय सरकार मानिने नगर पालिका लगायत प्रहरी प्रशासनको उच्च ब्यबस्थापन र सतर्कता बाट सहजै अनुमान लगाउन सकिन्छ ।

हजारौ भक्तजनहरुको बड्दो उपस्थिती पछाड़ी नेपालको रास्ट्रपती राम चन्द्र पौडेल ज्यूबाट बिशिस्ट धार्मिक ब्यक्तित्वहरु र धार्मिक अनुयायी हरु लगायत राजनैतिक दलहरुको सामुहीक प्रतिबद्धता सहीतको सहभागीता सहीतको उपस्थितिमा समुदघाटन हुनुले महत्वपूर्ण भूमिका निभाएको प्रस्ट हुन्छ । सुरक्षाको उचीत प्रबंध, नदीमा स्नान गर्नेहरुको सुरक्षा रेसक्यूको लागी कोशी घाटमै उद्धार सामग्री हरु सहीतको सुरक्षा व्यवस्था, प्राथमिक उपचार कक्ष, तत्काल रेसपोन्स प्रहरी टिम, लगायत प्रहरी नागरिक सम्पर्क सहायता बुथहरु, निःशुल्क भोजन, सुद्ध पिउने पानी, दिशा पिशाब कक्षहरु लगायत अबश्यक क्यूक रेसपोन्स टिमहरु सादापोशाकमा ब्यापक सुरक्षा व्यवस्था मिलाईएको जो कोही ले देख्न र अनुभुति हुने गरी प्रबंध गरीएको अबस्था बाट जो कोही ढुक्क संग मेलामा धार्मिक गतिविधिमा सरीक हुने बाताबरण बनेको अबस्था महशुस हुन्छ ।

यस पबित्र चतरा क्षेत्रको धार्मिक महोत्सव बाट समग्र पूर्वांचल क्षेत्र भरीको पर्यटकिय क्षेत्र हरु, धार्मिक स्थल हरुमा समेत भीड बड्नु बाट समग्र मूलुककै आर्थिक चलायमान बडाउने काम भएको अबस्था हो । ऐतिहासिक धार्मिक पर्यटन स्थलहरुको संरक्षण, संम्बर्धन, मठ मन्दीर को उचित ब्यबस्थापन भएबाट कसरी एकाएक नेपालको अर्थतन्त्रमा सकारात्मक असर पर्दों रहेछ भन्ने तथ्य उपत्यका आसपास बाट धुलीखेल बि पी राजमार्ग हुदै मदन भन्डारी राजमार्गमा बड्दो सवारी चाप, महेंद्र राजमार्ग हुदै देशको अन्य क्षेत्र हरु लगायत भारतका बिभीन्न पूर्व मध्य र पश्चिम नाकाहरु बाट तिर्थ यात्रिहरुको घुईचो बाट बस, जीप ब्यबसायीहरु, होटल लज ब्यबसायीहरुमा थप आशाको सन्चार महशुस हुदैछ ।

नेपालका अन्य क्षेत्र हरुका धार्मिक पर्यटकिय स्थलहरुमा आन्तरिक प्रयटन प्रबंधनको थेगी नसक्नु भीडको भुक्तभोगी स्वयं आफु र परीबारजनको यस कुम्भ मेला भ्रमण बाट पुस्टी हुन्छ । अनत्यमा यस कुम्भ मेला ब्यबस्थापनमा धार्मिक अतिबादीको रुपमा तुच्छ स्वार्थ मा लाग्ने समूह या मानिस हरु बाट तिर्थालुहरु सर्बसाधरण हरु लाई हैरानी बनाउने ठगी धन्दा, शोषण र बिभेद ब्यबहार हुनु बाट बचाउन, संरक्षण गरिनु पर्ने तड्कारो अबश्यकता लाई नजर अन्दाज नहोस ! सामाजिक उत्तरदायित्व बहन गर्ने संघ संस्था क्लबहरुको सहभागीतामा कमि देखिएको अनुभुति जो कोही सहभागी लाई हुदैछ त्यस तर्फ मेला ब्यबस्थापन पक्षकों ध्यानाकर्षण सूचना सहीतको यो अनुभुति सहीतको आलेख बाट बिदा ।

अबश्य पनि यस्तो बिरलै पाईने अबसरमा आफ्नो परीबार जन हरु खासगरी ज्येष्ठ नागरिक हरु लाई सहभागी बनाई पून्य काममा सहभागी बनि देशको सून्य प्राय अर्थव्यवस्था लाई धार्मिक पर्यटकिय माध्यम बाट चलायमान बनाऔ ।

जय मातृभूमि ! जय धर्म संस्कार र संस्कृति !!जय सम्बृद्ध नेपाल !!!

( लेखक लामो समय सशस्त्र प्रहरी बलमा वरिष्ठ उपरिक्षकको रुपमा रहि हाल अवकाश पश्चात सामाजिक कामहरुमा सकृयताका साथमा लागि रहनु भएका सामाजिक अभियन्ता समेत हुनुहुन्छ )