११ श्रावण २०८१, शनिबार

समाजसेवी शाहीले गरिन् क्यान्सर पिडितका लागि कपाल दान

काठमाडौं : जाजरकोट कुशे गाउँपालिका वडा न ४ कि सुप्रिया लक्ष्मि शाही ले क्यान्सर पिडितका लागि कपाल दान गरेकि छिन । शाहीले साेमबार सामाजिक संजाल फेसबुक मार्फत आफुले कपाल दान गरेकाे कुरा सार्वजनिक गरेकि छिन : शाहिले भनेकि छिन :-“यो निर्णय सम्म पुग्न त्यति सजिलो विल्कुलै भएन।सामाजिक प्राणीका रुपमा जन्म लिएपछि यो निर्णयका लागि धेरै आफै भित्रको प्रश्नको सामना आफैले गर्नु पर्यो ।मैले मेरो मनलाई जिते ।

म मेरो यो निर्णय बाट एकदमै खुसि छु । विभिन्न रोग र हिंसा, विशेष गरि क्यान्सरबाट पिढीत आमा -बुबा, दाजु-भाई,र दिदीबहिनीहरुले आफ्नो कपाल गुमाउनु भएको छ ।मैले उहाँहरुको पिडा देखेको छु!
धेरै केहि गर्न नसके पनि म केहि पल, केहि छिन उहाँहरुको साथमा उभिन चाहन्छु।
संग संगै एक नारीको सैन्दर्यलाई हेर्ने पुरातनबादी आँखाहरुमा पनि केहि परिवर्तन भएको हेर्न चाहन्छु ।”

“म मेरो कपाल, अनुहार र लुगाले मलाई सुन्दर देख्ने जमातलाई “कपाल नहुदा मलाई कस्तो देख्नु भयो?” प्रश्न गर्न चाहन्छु।
मैले मेरो कपाल क्यान्सर पिढितका लागी दान गरेको छु ।” शुप्रिया शाही उमेरले सानै भय पनि बिगत लामाे समय देखि सामाजिक सेवामा समर्पित देखिन्छन् ।

बिगतका बर्षहरुमा काेभिड र भुकम्प पिडितका लागि विभिन्न अभियान संचालन गरि सामाजिक कार्यमा टेवा पुर्‍याउदै आयकि शाहि अहिले काठमाडौं कानुन बिषय लियर अध्यन गरिरहेकि छिन ।