११ श्रावण २०८१, शनिबार

नवऔपनिवेशिक पुँजीवादी संसदीय व्यवस्था विरुद्ध विद्रोह गर्नु युगीन कार्यभार हाे : भट्ट

लेखक : नवराज भट्ट

काठमाडौं : नवऔपनिवेशिक पुँजीवादी संसदीय व्यवस्था र त्यसद्वारा निर्देशित एवम् सञ्चालित शिक्षा प्रणालीका विरुद्ध विद्रोह गर्नु युवा विद्यार्थीको नयाँ युगीन कार्यभार भएको अनेरास्ववियु(क्रान्तिकारी) का केन्द्रीय संयाेजक नवराज भट्टले बतायका छन् । जेठ १ गते विद्यार्थी दिवसका सन्दर्भमा शुभकामना वक्तव्य जारी गर्दै भट्टले भने- “नेपाली विद्यार्थी आन्दोलन बलशाली रहेको छ । विद्यार्थी आन्दोलन सङ्घर्ष, बलिदान र विजयको पर्याय हो । विद्यार्थी आन्दोलनले राणा, पञ्चायत र राजतन्त्र बढार्याे ।” उनले थप भनेका छन -सर्वप्रथम ६० औं विद्यार्थी एकता दिवसको सन्दर्भमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।माेहन वैद्य नेतृत्वको  क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट बिद्रोह गरेका संयोजक भट्टद्वारा
जारी वक्तव्य जस्ताको त्यस्तै -“नेपाली विद्यार्थी आन्दोलन बलशाली रहेको छ । विद्यार्थी आन्दोलन सङ्घर्ष, बलिदान र विजयको पर्याय हो । विद्यार्थी आन्दोलनले राणा, पञ्चायत र राजतन्त्र बढार्याे ।
सर्वप्रथम ६० औं विद्यार्थी एकता दिवसको सन्दर्भमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

नवऔपनिवेशिक पुँजीवादी संसदीय व्यवस्था र त्यसद्वारा निर्देशित एवम् सञ्चालित शिक्षा प्रणालीका विरुद्ध विद्रोह गर्नु युवा विद्यार्थीको नयाँ युगीन कार्यभार हो। किनभने त्यसले युवा विद्यार्थी, पूँजी र प्रतिभाको पलायन मात्र होइन; अपमानित सस्तो श्रमिकको रूपमा विदेश बेचिरहेको छ । युवा विद्यार्थीको सुन्दर जीवन र भविष्यको ग्यारेन्टी वैज्ञानिक समाजवाद मात्र सम्भव छ । त्यसले नै हाम्रो देश र जनताको मुहार फेर्नेछ । त्यसका खातिर वैज्ञानिक समाजवादी जनक्रान्तिको समर्थन, सहयोग र सहभागिता जरुरी छ ।

न्यायपूर्ण आन्दोलनमा उच्च आन्दोलन सहादत एवम् मृत्युञ्जयी अमर सहिदप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ। सम्पूर्ण बेपत्ता योद्धाहरूको विशेष स्मरण गर्दै घाइते साथीहरूको स्वास्थ्यलाभको कामना गर्दछौँ । अन्त्यमा, ६० औं विद्यार्थी एकता दिवसले सम्पूर्ण युवा-विद्यार्थीलाई आमूल परिवर्तन र नयाँ संसार निर्माण गर्ने महान् अभियानमा एकताबद्ध हुन प्रेरित गरोस् ।”

वक्तव्य यस्ताे छ –