३ चैत्र २०८१, आईतवार

विचार

प्रधानमन्त्री “दाहाल” अमेरिका प्रस्थान

प्रधानमन्त्री “दाहाल” अमेरिका प्रस्थान

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका प्रस्थान गरेका छन्। साँझ ६ बजे कतार एयरलाइन्सको फ्लाइटबाट उनी अमेरिकाको न्युयोर्क गएका हुन्। उनलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायत मन्त्रीहरू तथा नेताहरूले बिदाइ गरेका थिए। १८ देखि २६ सेप्टेम्बरसम्म न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ गएका हुन्। भ्रमण टोलीमा प्रधानमन्त्रीको सचिवालयबाट पाँच जना र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता छन्। प्रधानमन्त्रीको सचिवालयबाट स्वकीय सचिव गंगा दाहाल, फोटोग्राफर प्रदीपराज वन्त र दुईजना सुरक्षा गार्ड छन्। महासभाको ७८ औं सभालाई प्रधानमन्त्री प्रचण्डले असोज ४ गते सम्बोधन गर्नेछन्। न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्ड दीगो विकास...
अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला समितिद्वारा हाजिरी जवाफ प्रतियाेगिता कार्यक्रम सम्पन्न

अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला समितिद्वारा हाजिरी जवाफ प्रतियाेगिता कार्यक्रम सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला समितीद्धारा आयोजित महानगर स्तरिय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंको जनकल्याण माध्यमिक विद्यालयमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा ज्ञानोदय माध्यामिक विद्यालय प्रथम, जनकल्याण माध्यामिक विद्यालय दोस्रो, विश्वनिकेतन माध्यामिक विद्यालय तेस्रो र जुद्धोद्धय माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गरेका छन् । कार्यक्रमका प्रमुख अथिती तथा अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईले यो देशका हरेक विद्यार्थीहरु भित्र केहिन केही प्रतिभा हुँने गरेको बताउदैं उनले बर्तमान शिक्षा प्रणाली र मुल्यांकन प्रणालीले विद्यार्थीको बास्तविक क्षमताको मुल्यांकन गर्न नसकेको बताए । साथै उनले यस्ता खाले कार्यक्रमको माध्यमबाट विद्यार्थीहरुको आधारभुत रुपमै भएपनी थप क्षमता अभिबृद्धिको लागी मदत ...
राजकीय सम्मान सहित पुर्व सभामुख नेम्वाङकाे अन्त्यष्टि गरियकाे छ

राजकीय सम्मान सहित पुर्व सभामुख नेम्वाङकाे अन्त्यष्टि गरियकाे छ

Breaking News, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौं ।संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । लगत्तै नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो । त्यसअघि नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए । नेपाली राजनीतिमा शालीन नेताको छवि बनाएका नेम्वाङको अन्तिम बिदाइमा मानिसहरुको उल्लेख्य उपस्थिति छ । पशुपतिको बागमती किनार क्षेत्र भिडले खचाखच छ । नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नेहरुको भीडलाई व्यवस्थित गर्न सुरक्षाकर्मीलाई पनि हम्मेहम्मे परेको छ । नेम्वाङको गत मंगलबार निधन भएको थियो । काठमाडौंको बालुवाटारस्थित निवासमै बेहोस भएका उनलाई उपचारका लागि त्रिवि शिक्...
शिक्षकलाई धाेका भयकाे भन्दै महासंघले आन्दोलन गर्ने चेतावनी

शिक्षकलाई धाेका भयकाे भन्दै महासंघले आन्दोलन गर्ने चेतावनी

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ।२७ भदौं-नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विद्यालय शिक्षा विधेयक २०८० मा शिक्षकहरुलाई धोका दिएको भन्दै काठमाडौं केन्द्रीत आन्दोलनमा जाने चेतावनी दिएको छ । सरकारसँग छलफल, संवाद र लगातारका थुप्रै भेटघाट तथा पक्षीकरण पछि पनि केही झिना मसिना विषयवस्तु बाहेक पुरानो मस्यौदामा कुनै परिवर्तन नगरी सरकारले विधेयकको रुपमा त्यसलाई संसदमा दर्ता गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको हो । विज्ञप्तिमा भनिएको छ ‘यस घटना मार्फत् राज्यले फेरि एक पटक नेपाली शिक्षक–कर्मचारीलाई धोका दिएको छ । त्यसैले नेपाली शिक्षक कर्मचारी अहिले अत्यन्त आक्रोशित भएका छन् । अब ने. शि. महासङ्घ समक्ष काठमाडौं केन्द्रित निर्णायक सडक आन्दोलनमा जानु बाहेक कुनै विकल्प बाँकी रहेको छैन ।’ यस्तो छ महासंघको विज्ञप्ति : ...
जनयुद्धको शैलीमा कमर्सियल बैंक लाई संसदीय ब्यवस्थाका कार्य राेक्न चेतावनी

जनयुद्धको शैलीमा कमर्सियल बैंक लाई संसदीय ब्यवस्थाका कार्य राेक्न चेतावनी

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
पाल्पा।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाल्पाले जनयुद्धको शैलीमा प्राईम कर्मशियल बैंकलाई संसदीय व्यवस्थाका कार्यहरू राेक्न चेतावनी दियकाे छ । तत्कालीन नेकपा(माओवादी) ले संचालन गरेको जनयुद्धकाे शैलीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल पाल्पा जिल्ला समिति न्याय विभागले प्राईम कर्मशियल बैंक,दमकडाका बैंक म्यानेजर दिपक थापालाई विद्यमान दलाल पुजीवादी संसदीय ब्यवस्थाका कार्यहरु आजकै मिति देखि स्थगित गरि आफ्नो न्याय विभागमा उपस्थिति हुन अनुरोध गरेको छ । पत्रमा आफ्नाे पार्टीकाे न्याय विभागमा तानसेन वडा नम्बर ९ मा रहेको प्राईम कर्मशियल बैंक लिमिटेड र उक्त बैंक म्यानेजर तानसेन वडा नम्बर ७ प्रभास बगैंचा स्थित बसाेबास गर्ने दिपक थापा तपाईंले जालसाजी गरि वित्तीयआतंङ्क,ज्यादती,दादागिरी गरि जग्गा हडप्ने उदेश्यले प्रताडित बनाएको निवेदन प्राप्त भएको उल्लेख गरेको छ । पत्रमा भनिएको छ तपाईं र तपाईं...
राजनीतिमा ‘सुवास’ छर्दै नेम्वाङको महाप्रस्थान

राजनीतिमा ‘सुवास’ छर्दै नेम्वाङको महाप्रस्थान

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ।इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनले इलाम शोकमग्न भएको छ । उनी विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत हुन् । राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सूत्रधार एवं इमान्दार छवि बनाएका नेम्वाङ जिल्लावासीका लागि ‘राजनीतिक मियो’ थिए । इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिष्ट राजनीतिमा होमिएका थिए । विसं २०३३ मा राजद्रोह मुद्दामा उनी केही समय जेल परे । विसं २०४८ र २०५२ मा राष्ट्रियसभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बनेका थिए । विसं २०५६ को संसदीय निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेका थिए । उनी जनआन्दोल...
क्रान्तिकारी महिला संगठन काे राष्ट्रिय एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी महिला संगठन काे राष्ट्रिय एकता अधिवेशन सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट महिला सङ्गठन क्रान्तिकारी महिला सङ्गठनको राष्ट्रिय एकता भेला तथा अधिवेशन सम्पन्न भएको छ । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) र अखिल नेपाल महिला सङ्गठनबीचको एकता भेलाबाट सङ्गठनको नाम ‘क्रान्तिकारी महिला सङ्गठन, नेपाल’ तय गरेको छ ।भेलाले अम्बिका मुडभरीको संयोजकत्वमा ७५ सदस्यीय सम्मेलन आयोजक समिति निर्माण गरेको छ । उक्त सङ्गठनको सहसंयोजकमा शारदा महत र अञ्जना तामाङ रहेका छन् । भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वरिष्ठ कार्यालय सदस्य सीपी गजुरेल र सुदर्शनको उपस्थिति थियो । यस्तै पार्टी सचिवालय सदस्य तथा प्रदेश ३ का सहसंयोजक सुरेश श्रेष्ठ, लालबहादुर बीसी, प्रा.डा.जगदीशचन्द्र भण्डारीलगायत अतिथिका रूपमा उपस्थित थिए । अम्बिका मुडभरीको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन पार्वती सिंहले गरेकी थिइन् भने स्वागत मन्तव्य अम्बिका रेग्म...
गणतन्त्रको बिकल्पमा जनगणतन्त्र उत्तम र बैज्ञानिक हाे : बास्ताेला

गणतन्त्रको बिकल्पमा जनगणतन्त्र उत्तम र बैज्ञानिक हाे : बास्ताेला

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
बुटवल ।क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोलाले गणतन्त्रको विकल्पमा जनगणतन्त्र बैज्ञानिक भएको कुरा ब्यक्त गरेका छन्।  जनगणतान्त्रिक व्यवस्था नै आमजनताको उत्तम व्यवस्था भएको नेता बास्तोलाले जिकिर गरे । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्ड, ओली र देउवाले भ्रष्टाचारलाई संस्थागत गरेको बताय। उनले: प्रचण्ड, ओली र देउवालाई सत्ताका लागि कुर्ची बचाउन राजनीति गरेको दावी गर्दै नेपालमा कानुनी रुपमा भ्रष्टाचार संस्थागत भएको कुरा ब्यक्त गरे। देशलाई बदल्न क्रान्तिकारी कम्युनिष्ट पार्टी एक ठाउं हुनुपर्ने बताउंदै क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच एकताका लागि पहल भैरहेको बताउनुभयो । उहाँले संसदबादलाई संस्थागत गर्न समाजवादी मोर्चा गठन भएको आरोप लगाउंदै समाजवादी मोर्चाले कम्युनिष्टको नाममा भ्रम सिर्जना गरेको...
ICT फाेरम कर्णाली प्रदेशद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

ICT फाेरम कर्णाली प्रदेशद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

Breaking News, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
सुर्खेत । सुचना संचार र प्रविधि मैत्री संगठन निर्माण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भयकाे छ । सनिवार आई सि टि फाेरम नेपाल कर्णाली प्रदेशको आयाेजनामा भयकाे कार्यक्रममा सुन्दर र समृद्ध कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री माननिय महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यता र पाटी प्रदेश इन्चार्ज मातृका यादव,अध्यक्ष बिमला केसी काे बिशेष उपस्थितिमा बिभिन्न बिभाग हरु गठन गर्दै अभिमुखिकरण कार्यक्रम सम्पन्न भयकाे हाे । बिभिन्न जिल्ला हरुबाट आईसिटि मा आबद्ध सदस्य हरुकाे सहभागी रहेकाे थियाे । भाैतिक मल्लकाे संयोजकत्वमा कर्णाली प्रदेशमा उक्त फाेरम निर्माण भयकाे छ । आजकाे प्रविधियुक्त समाजमा कर्णालीकाे समग्र राजनैतिक भुगाेललाई  फराकिलो बनाउनका लागि यश संगठनले महत्त्वपूर्ण भुमिका खेल्ने बिस्वाश संयोजक मल्लले सामाजिक संजाल मार्फत ब्यक्त गरेका छन ।...
गाँखु हत्या र वासु– वैरागी सन्दर्भ

गाँखु हत्या र वासु– वैरागी सन्दर्भ

Breaking News, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
नेपाली जनयुद्धसित जोडिएको गोरखाको गाँखु हत्याकाण्डले प्रत्येक बर्सको भाद्र २३ गते नेपाली क्रान्तिकारीहरूलाई झस्काउने गर्दछ । त्यसदिन तात्कालिक शासकको नाङ्गो र गैह्र न्यायिक हत्याको जति भत्र्सना गरे पनि अपुग हुन्छ । नेपाली क्रान्तिकारीहरूले राज्यको बेथिती र ज्यादतीका बिरूद्ध सञ्चालन हुँदै आएको माओवादी आन्दोलनले एउटा उँचाइ लिँदै थियो । माओवादीले आफुसँग भएको सैन्य शक्तिलाई बिस्तार गरेर बिकास गर्दै गएको थियो र भाद्र २३ गते सो प्लाटुनलाई पुर्ण सैन्य फर्मेशनमा घोषणाको तयारिमा थियो । सो घोषणा सभालाई सम्बोधन गर्ने र सहिद परिवारहरूसित भेटघाट गर्ने उद्देश्य लिएर तात्कालिक पार्टी केन्द्रीय वैकल्पिक पोलिटब्युरो सदस्य क सुरेश वाग्ले (बासु), प्लाटुन कमाण्डर भिमसेन पोखरेल (वैरागी) र भर्खर भर्ना भएकी छापामार सदस्य चिजा गर्तौला सहितको टोली गोरखाको भुङ्लिचोकबाट गाँखुतर्फ जाँदै थियो । भदौको याम भएको र भर्खर ...