२३ भाद्र २०८१, आईतवार

“मैले नेतालाई लोकल मुर्गा र ब्रान्डेड रक्सी लिएर दिन सकिन् !”: तारा संन्ज्याल

काठमाडौं : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट बिद्यार्थी संगठनकि छात्रा विभाग प्रमुख तारा संन्ज्यालले विप्लवलाई प्रश्न गर्दै भनेकि छिन् संगठन सिलु र प्रकाशको मात्र हाे ?

उनलेे आज समाजिक संजालमा एक स्टाट्स लेख्दै भनेकि छिन् प्रा लि कम्पनी लेख् अब लेटरहेड मा,! । नेताको खुट्टा मालिस गर्न सकिन,हदै सम्मको चाप्लुसी र चाकरी गर्न सकिन,सुटबुट किन्देर गोजि भर्न सकिन,बर्थ डे मा केक लिएर घर जान सकिन,रक्षा बन्धनमा राखी किनेर घरैमा गैइ बाध्न सकिन!,ठमेलका ठुला ठुला होटेलहरुमा लिएर राख्न सकिन!,आफ्नो खास नेता बनाउन सकिन,च्यानल भन्दा दायाँबायाँ गर्न सकिन!,लोकल मुर्गा र ब्रान्डेट रक्सी लियर दिन सकिन,दाइ दिदी मात्र बनाउन सकेकै कारण आफुलाई पछि पारिएको समेत बताएकी छिन् ।

छात्रा बिभागकी संयाेजक समेत रहेकि सन्ज्यालले काठमाडौंमा भर्खरै सम्पन्न संगठन काे २३ओै राष्ट्रिय सम्मेलनमा फ्र्याक्सन इन्चार्ज शिलुले महिला भयर पनि महिला माथि राजनैतिक हिंसा गरेकाे र  केही समय पहिले महासचिव र प्रवक्तालाई भेटेर बिभागकाे बिषयमा जानकारी गराउदाकाे बिषयलाई पनि लियर पार्टी कार्यलय बुद्धनगरमा एक काेठामा तीन चार घण्टा थुनेर मानसिक टचर दियकाे कुरा पनि बताउछिन् ।

सम्मेलनको बन्द सत्र हुँदै गर्दा मंचमा पार्टी महासचिव लाई भेट्न जादा नि बर्तमान अध्यक्षले  राेकेकाे कुरा पनि आफ्नाे बिभागलाई बन्देज बनाउन खाेजेकाे कुरा आपत्तिजनक रहेकाे बताईन । र साँस्कृतिक कार्वाही परेकालाई संगठनको महत्त्वपूर्ण जिम्मेवारी दिनुमा संगठनलाई झन कमजाेर दिशामा लिन खाेजियकाे उनी बताउँछिन् । लामो समय देखि पार्टी संगठनमा काम गर्दै आइरहेकाे र पार्टी आन्दोलन भन्दा अर्को न सोचेको,सयौं दिन हिरासत ,दर्जनौं पट्क गिरफ्तार ,अहिले पनि तीन चारवटा  मुद्दा  खेपिरहेको बताउँछिन् ।

मलाई जिम्मेवारी चाहियकाे हाेईन संगठन र बिभागकाे बिषयमा चिन्ता बढेकाे उनी बताउँछिन् ।

तारा सन्ज्यालले लेखेको स्टाट्स जस्ताको त्यस्तै :
“साच्चै म स्वीकार्छु काम गर्नै सकिएन !

नेताको खुट्टा मालिस गर्न सकिएन,
हदै सम्मको चाप्लुसी र चाकरी गर्न सकिएन,
सुटबुट किन्देर गोजि भर्न सकिएन
बर्थ डे मा केक लिएर घर जान सकिएन
रक्षा बन्धन मा राखी किनेर घरैमा गैइ बाध्न सकिएन!
ठमेल का ठुला ठुला होटेलहरु मा लिएर राख्न सकिएन!
आफ्नो खास नेता बनाउन सकिएन ,
च्यानल भन्दा दायाँबायाँ गर्न सकिएन!
लोकल मुर्गा र ब्रान्डेट रक्सी लियर दिन सकिएन,
दाइ दिदी मात्र बनाउन सकिएन,

बनाइयो त केवल संगठन बनाइयो ,
घर ब्याभार लथालिङ बनाइयो,
मधेस भने मधेस गैयो,तराई भने तराई गैयो,
mcc मा घाइते बनियो,भुटानी कान्डमा गिरफ्तार बनियो
दर्जनौ गिरफ्तार परियो ,सयौं दिन हिरासत बसियो,
बम बिस्पोर्ट लगायत दर्जनौं मुद्दा खेपियो,

अति भो अब त सकिदैन
आर्थिक हिसाबले कार्वाही परेका लाई नेता मान्न सकिदैन ,
सास्कृतिक बिचलन भएका,कार्वाही मा परि लामो समय निलम्बित भएका लाई नेता मान्न सकिदैन ,
सिन्को नभाच्ने बर्षौ घरमा बस्ने,एक इकाई सम्म नबनाएको लाई नेता मान्न सकिदैन !
अरे तिम्रा बाउ को बिर्ता हो यो पार्टी ???हाम्रो पनि ठूलो देन छ लगानी छ जेल नेल भोगेको छौ,पुलिस का बुट खाएको छौ,यातना भोगेको छौ,कालो पट्टि हामिलाइ बाधेको हो पुलिस ले,नेता लाई भेट्न् नदिने ? महासचिव सिलु र प्रकाश शाहिको मात्र हुन?????सिन्डिकेट लाउने???,प्रा लि कम्पनी लेख् अब लेटरहेड मा,!
हुदाहुदा दुध को साची बिरालो राखिदिय!”