२३ भाद्र २०८१, आईतवार

अन्तर्राष्ट्रिय सर्वहारा क्रान्तिका सहिदप्रति हार्दिक श्रद्धाञ्जली : अन्तरास्ट्रिय लेखक तथा पत्रकार केन्द्र

काठमाडौं : आज सहिद सप्ताह विशेष, अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले  सर्वहारा क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरुकाे सम्झनामा बक्तब्य मार्फत श्रद्धाञ्जली ब्यक्त गरेकाे छ ।

२०५२ साल मा सुरु भयकाे जनयुद्धको क्रममा आजकै दिन गाेर्खाका दिल बहादुर रम्तेलकाे सहादत भयकाे थियाे र साेहि दिन देखि तत्कालीन नेकपा (माओवादी) र हाल विभिन्न माओवादी  घटक पार्टी हरुले  प्रत्येक बर्ष फाल्गुन  १४ -२१ सम्मा लाई सहिद सप्ताहकाे रुपमा मनाउदै आईरहेका छन् ।

केन्द्रका अध्यक्ष हस्त बहादुर केसीद्वारा हस्ताक्षरित जारी  बक्तब्यमा भनियकाे छ “आज २०८०साल  फागुन १४ गते , सहिद दिवस । आज नेपालका माओवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले महान् दस वर्षे जनयुद्धका महान् सहिदहरुको सम्झनामा देशव्यापी रुपमा सप्ताहव्यापी  सहिद दिवस मनाउन गइरहेका छन् ।

यस ऐतिहासिक अवसरमा हाम्रो विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुकन्ह छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले महान् दश वर्षे जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेल लगायत दशौं हजार महान् सहिदहरु ,  सुखानी हत्याकाण्डका अमर सहिदहरु  लगायत अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका महान् तथा अमर सहिदहरु कमरेड चे ग्वेभारा , कमरेड गोन्जालो , महान् पेरिस कम्युन तथा महान् रुसी  अक्टोबर समाजवादी क्रान्ति  एवं  महान् चिनिया नयाँ जनवादी , कोरियन क्रान्ति  भियतनामी क्रान्ति  , कम्वोडियाली क्रान्ति , क्वुवाली क्रान्ति , पेरु तथा भारतीमा सञ्चालन गरिएका सशस्त्र  जनयुद्धमा साहदात प्राप्त गर्नुभएका अमर सहिदहरु  तथा साम्राज्यवाद विरोधी कोरियान युद्ध , भियतनामी युद्ध, तथा संसारभर साम्राज्यवाद तथा सामन्तवाद विरोधी आन्दोलन समेतका लाखौं महान् सहिदहरुको सम्झना गर्दै उच्च सम्मानका सात हार्दिक श्रध्दान्जली अर्पण गर्दछ र विश्व सर्वहारा क्रान्ति अवश्यम्भावी छ” ।

त्यसैले आजको यस ऐतिहासिक दिनमा संसारभरका जनसमुदायका अमूल्य सम्पतिका रुपमा रहेका लाखौं महान् तथा अमर सहिदहरुको रगत खेर जाने छैन भन्ने  आशा व्यक्त गर्दै विश्वभरका सर्वहारा श्रमजीवी वर्ग उत्पीडित राष्ट्रहरुले ती महान् सहिदहरुले देखाएको बाटोमा अगाडि बढेर मात्र उहाँहरुप्रति सच्चा श्रध्दान्जली ठहर्नेछ भन्ने हामि प्रतिबद्धता जाहेर गर्न चाहन्छौं । हामीले मार्क्सवाद – लेनिनवाद – माओवादको पथप्रदर्शन र आलोकमा हाम्रो प्यारो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको निर्देशन र योजनामा महान् विश्व सर्वहारा क्रान्तिका पक्षमा लेख्न , बोल्न र प्रचारप्रसार गर्न कुनै कसर बाँकी राख्ने छैनौं भन्ने प्रतिबद्धता समेत जानकारी गराउन चाहन्छौं ।
क्रान्तिकारी अभिवादन सहित ।

मिति २६ फेब्रुअरी २०२४/ (१४ फागुन २०८० )
         ( हस्तबहादुर केसी )
        अध्यक्ष:-अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र