६ आश्विन २०८१, आईतवार

राजनीति

भ्रष्टाचारविरुद्ध आन्दोलन छेड्दै समाजवादका लागि जनविद्रोहमा जुटाैं

भ्रष्टाचारविरुद्ध आन्दोलन छेड्दै समाजवादका लागि जनविद्रोहमा जुटाैं

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
लेखक : रमेश सुनार  वर्तमान अवस्थामा मुलुकमा गम्भीर चुनौतीको रूपमा खडा भएको दलालि र भ्रष्टाचार हो । यसलाई हामीले राजनीतिक भाषामा सत्तासँग जोडेर भन्दा दलाल संसदीय व्यवस्था हो भनेर पनि भन्न सकिन्छ । यसले राष्ट्र निर्माणमा गम्भीर असर पुर्याइरहेको छ । गरिब जनता झन भन्दा झन गरिब र पीडित बन्दै गइरहेका छन् भने बिचौलिया, दलाल, भ्रष्टाचारीहरु झन भन्दा झन अमिर बन्दै गइरहेको अवस्था छ । यस्तो हुनु भनेको धनी र गरिब बीचको शिखर खडा हुनु हो । असमानता र अस्थिरताको खाडल निर्माण हुनु हो । जब ७० को दशकमा हामी राजनीतिमा प्रवेश गर्दै थियौँ । त्यसबेला तत्कालीन पार्टीले अबको लडाइँ कुनै आर्मी, पुलिस, कुनै पार्टी विशेष वा कुनै व्यक्ति विशेष सँग नभएर दलाल भ्रष्टाचारीहरुसँग र दलालहरु जन्माउने दलाल संसदीय व्यवस्थासँग भएको उद्घोष गरेको थियो । हामीले यो बीचमा थुप्रै जनता, राष्ट्रभक्ती शक्ति, प्रोफेसर, डाक्टर, ...
नक्कली भुटानी सरणार्थी प्रकरण बारे बामपंथी बिद्यार्थी हरुकाे साझा मत , सरकारले आलटाल गरे कडा संघर्ष गर्ने

नक्कली भुटानी सरणार्थी प्रकरण बारे बामपंथी बिद्यार्थी हरुकाे साझा मत , सरकारले आलटाल गरे कडा संघर्ष गर्ने

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं । बामपंथी बिद्यार्थी संगठनका नेताहरुले नक्कली भुटानी सरणार्थी प्रकरणमा  सरकारले झारा टार्ने र दोषी उम्काउने काम गरे कडा आन्दोलन गर्ने विद्यार्थी नेताहरुले चेतावनी दिएका छन् । बिहिबार संवाद डबलीले आयोजाना गरेको कार्यक्रममा बोल्दै पुराना सरकारले जस्तै लेनदेनमा भ्रष्टाचार काण्डहरु सामसुम पार्न दबाब दिने विरुद्ध र सरकारको पक्षमा रहने बताएका छन् । प्रतिपक्ष दल नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले नक्कली भुटानी शरणर्थी प्रकरणमा सरकारले देखाएको तदारुकताप्रति धन्यबाद दिदै, दोषी देखिएका जो कोहीलाई पनि कारवाही गर्नुपर्ने धारणा राखे । अध्यक्ष बडालले यो प्रकरण मात्रै नभएर भ्रष्टाचार लागायत अन्य विभिन्न प्रकरणका फाइलहरु खोल्नु पर्ने बताउँदै भने,“प्रचण्ड सरकारले गरेको राम्रा कामको लागि स्यालुट र साथ हुन्छ, तर आग्रह र पूर्वाग्रह राखेर निर्दोषलाई ताने विरुद्धमा आन्दोलन गरिन्छ ।”...
कांग्रेस पदाधिकारी बैंठक बस्दै

कांग्रेस पदाधिकारी बैंठक बस्दै

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछिको स्थितिबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो दुई बजे बस्ने बैठकमा केन्द्रीय सदस्य खाँणलाई निलम्बन गर्ने कि नगर्नेलगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए । नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने गिरोहसँग लेनदेनमा संलग्न भएको आरोपमा खाँणलाई बुधबार चाबहिलस्थित मनमैजुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले तीन दिनको म्याद दिएको छ । खाँण पक्राउ परेलगत्तै देउवाले खाँण निकटका कांग्रेस नेताहरुसँग छलफल गरेका थिए । त्यसपछि शीर्ष नेताहरुसँग देउवाले छलफल गरेका थिए । बुधबारको बैठकमा खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भए पनि निर्णय हुन...
नेकपा एमालेको केन्द्रीय कमिटी बैंठक आज देखि

नेकपा एमालेको केन्द्रीय कमिटी बैंठक आज देखि

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि  सुरु हुँदै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट बैठक सुरु हुने छ । तीन दिनसम्म चल्ने बैठकमा १० वटा कार्यसूचीमा छलफल गरी निर्णय गर्ने तय भएको नेकपा एमालेका केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरुको प्रतिवेदन, मिसन ग्रासरुट अभियानको प्रतिवेदन, प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायतका १० वटा कार्यसूची रहेका नेता रिजालले जानकारी दिए । एमाले केन्द्रीय कमिटीमा ३३५ (दुई निलम्बित) सदस्य, ४ जना केन्द्रीय निकायका अध्यक्ष र ९ जना प्रदेश कमिटी अध्यक्ष (दुई गैरभौगोलिक) हरु सहभागी हुनेछन् ।  ...
तीन शिर्ष नेता बिच भेटवार्ता

तीन शिर्ष नेता बिच भेटवार्ता

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसहित देउवा र ओलीबीच छलफल भएको हो । प्रचण्ड, देउवा र ओलीबीच सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐनका सम्बन्ध छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले बताए । अहिले प्रधानमन्त्री,  देउवा र ओली  तीन शिर्ष नेता मात्रै छलफलमा हुनुहुन्छ’ ती सदस्यले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोगको विषय र संक्रमणकालीन न्याय टुंग्गो लगाउने विषयमा छलफल जारी छ ।’ सचिवालय सदस्यले यस्तो दाबी गरे पनि नक्कली भुटानी शरणार्थीका विषयमा छलफल गर्न तीन नेताबीच छलफल भएको हुन सक्ने बताइएको छ । भुटानी शरणर्थी प्रकरणमा लहरो तान्दा पहरो थर्किन थालेकाले शीर्ष तहमा छलफल हुन लागेको बताएको छ । बुधबार बिहान मात्र पूर्...
एमालेले गर्याे रायमाझीलाई निलम्बन

एमालेले गर्याे रायमाझीलाई निलम्बन

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले रायमाझीलाई पार्टीकाे पदबाट निलम्बन गरेको हो । राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् । रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । उनी फरार छन् । उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।मंगलबार बसेको एमालेको सचिवालय बैठकले टोपबहादुरलाई अनुसन्धानमा सघाउन आग्रह गर्ने निर्णय गरेको थियो । ...
पुर्व गृहमन्त्री खाँणलाई हिरासतमा राख्न म्याद लिने तयारी

पुर्व गृहमन्त्री खाँणलाई हिरासतमा राख्न म्याद लिने तयारी

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं।पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले ‘जरुरी पक्राउ पूर्जी’ थमाएर मैजुबहालस्थित घरबाट पक्राउ गरेको खुलेको छ । अदालतबाट पक्राउ पूर्जी जारी गरेर नियन्त्रणमा लिँदा सूचना चुहिएर भाग्न सक्ने स्थिति देखिएपछि उनलाई जरुरी पक्राउ पूर्जी दिएर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतले बतायो । खाँण निकट स्रोतका अनुसार बुधबार बिहानसम्म प्रहरी पक्राउ गर्न आउला भन्ने उनलाई छनक थिएन । ‘नियमित काममै हुनुहुन्थ्यो, परिस्थिति सहज भएपछि यस विषयमा बाहिर बताउने तयारी थियो’, स्रोतले भन्यो, ‘तर, एक्कासी प्रहरी बिहान आइपुग्यो ।’ त्यसपछि हडबडाएका खाँणले आश्चर्य जनाएका प्रहरी स्रोत बताउँछ । त्यसक्रममा प्रहरीले ‘केही विषयमा सोधपुछ गर्न’ भन्दै टेकु जानुपर्ने बताएको थियो ।बुटवलमा रहेका खाँण मंगलबार मात्रै काठमाडौं आएका थिए । प्रहरीका अनुसार नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु...
नेपालीलाई भुटानी शरणार्थी बनाउने कार्य गम्भीर राष्ट्रघात : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

नेपालीलाई भुटानी शरणार्थी बनाउने कार्य गम्भीर राष्ट्रघात : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं ।नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएकाहरूमा हाइफ्रोफाइलवाला व्यक्तिहरूको नाम एकपछि अर्को गरी छताछुल्ल भइरहेको बेला क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले उक्त घटना गम्भीर राष्ट्रघात र जनघात भएको बताएको छ । नेपाल सरकारको नेतृत्व गर्दै आएका पार्टीका नेताहरू, मन्त्रीहरू तथा सरकारका उच्चपदस्थ कर्मचारीहरूसमेत यस्तो कार्यमा संलग्न भएको कुरा अहिले नेपाली सञ्चारमाध्यममा छताछुल्ल भएको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यो नेपालको इतिहासमा लज्जास्पद परिघटना भएको पनि बताएको छ ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता कञ्चनले मङ्गलबार प्रेस वक्तव्य जारी गर्दै भनेका छन्, ‘आर्थिक लाभका निमित्त आफ्नो देशका नागरिकलाई अर्कै देशको शरणार्थी बनाउने र तेस्रो देशमा पठाउने काममा सरकार नै संलग्न हुनु नेपालको इतिहासमा आजसम्मकै सबैभन्दा लज्जास्पद परि...
रायमाझीले कानुनलाई सघाउनु पर्ने एमालेको ठहर

रायमाझीले कानुनलाई सघाउनु पर्ने एमालेको ठहर

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं ।नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई कानुनी प्रक्रियामा सघाउनुपर्ने ठहर गरेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएर ठगी गरेको विषयमा जोडिएका रायमाझीको नाममा पक्राउ पूर्जी जारी भएको छ । तर उनी फरार छन् । आसन्न केन्द्रीय कमिटी बैठकको एजेण्डाबारे छलफल गर्न सोमबार पार्टी कार्यालय, च्यासलमा बसेको स्थायी कमिटी बैठकमा यसबारे पनि छलफल भएको थियो । बैठकपछि प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने, ‘कमरेड टोपबहादुर रायमाझीले जुन अनुसन्धानको सन्दर्भमा उहाँको नाम आएको छ । कानुन र विधिको शासन मान्ने पार्टी भएको हुनाले विधिपूर्वक कानुन पूर्वक अनुसन्धान गर्ने प्रक्रियालाई सघाउनुपर्ने हाम्रो निर्णय छ ।’...
जनसाङ्गितिक प्रस्तुति कार्यक्रम सम्पन्न

जनसाङ्गितिक प्रस्तुति कार्यक्रम सम्पन्न

Breaking News, मनाेरन्जन, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौं । प्रगतिशील तथा जनवादी कलाकारहरुकाे संयुक्त प्रस्तुति राष्ट्रका लागी संगित अभियात्रा अन्तर्गत जनसंगितिक कार्यक्रम सम्पन्न भयकाे छ । साेमबार काठमाडौं काे कमलादीस्थित प्रज्ञाप्रतिष्ठानकाे हलमा संचालन भयकाे कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल , झलनाथ खनाल , पुर्व सभामुख कृष्ण बहादुर महरा , सुचना संचार तथा प्रविधि मन्त्री रेखा शर्मा , साँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुधन किराँती,नेकपाका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड , नेकपा मशालका महासचिव शन्त बहादुर नेपालीकाे बिशेष सहभागीता रहेकाे कार्यक्रममा प्रगतिशील तथा जनवादी कलाकार हरुले राष्टभाव र जनवादी गित ,नृत्य,नाटक र संगितद्वारा मनाेरन्जन तथा सम्पूर्ण कम्युनिस्ट एक हुनु पर्ने खालका भाव सहितका गित प्रस्तुत गरेका थिए। कार्यकममा चर्चित जनवादी गायक जीवन शमाले चाहिँदैन मलाई सिस...