२३ भाद्र २०८१, आईतवार

क्रान्तिमा रुकुम, राेल्पा, सल्यान र जाजरकोटले साथ दियाे,फेरि थप उर्जा पाउने छु : प्रधानमन्त्री दाहाल

रुकुम । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले क्रान्तिका वेला रुकुम राेल्पा सल्यान र जाजरकोटले साथ दियका हुन र फेरि शान्ति प्रक्रियामा पनि थप उर्जा मिल्ने बताय ।

बिहीबार दिउसो रुकुम पश्चिम बाफिँकाेटमा आयाेजित कार्यक्रम लाई सम्बाेधन गर्दै  उनले पुरानो आधार इलाकाबाट आफूले ऊर्जा लिएर फर्किने बताए । ‘यो आधार इलाकाबाट ऊर्जा लिएर फर्किने गरेको छु। मलाई नयाँ शक्ति प्राप्त भएको अनुभूति हुन्छ,’
उनले भने ।अहिले बनेकाे सरकार अझै पाँच बर्ष चल्ने ‘यो माओवादीको एकल सरकार होइन, संयुक्त सरकार हो । तर, गठबन्धन भत्काउन टुटाउन, तोड्न अनेकौं प्रयत्न भएका छन्। तर, उनीहरू सक्दैनन् । म तपाईंलाई जोड दिएर भन्छु- यो गठबन्धन पाँचै वर्ष जान्छ। गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै सक्दैन।