६ आश्विन २०८१, आईतवार

राजनीति

राष्ट्रिय हित ,र स्वाधीनतामा घात हुने कुनै सम्झाैता हुदैन : प्रधानमन्त्री  दाहाल

राष्ट्रिय हित ,र स्वाधीनतामा घात हुने कुनै सम्झाैता हुदैन : प्रधानमन्त्री दाहाल

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहालले निकट समयमा हुने आफ्नो भारत भ्रमणमा नेपालको राष्ट्रिय हित, राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता नहुने बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकमा प्रतिनिधिसभा सदस्य रघुजी पन्तले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा देशको राष्ट्रिय हित, राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता हुन नदिने बताएका हुन् । उनले भने, ‘म के विश्वास दिलाउन चाहान्छु भने नेपालको राष्ट्रिय हित, नेपालको राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता या कुनै किसिमको भ्रम पर्न दिइनेछैन।’ उनले आफूहरु नेपालको एक इन्च जमिन पनि छोड्न नसक्ने स्पष्ट पार्दै सोही मान्यताभित्र रहेर भारतसँग कुराकानी हुने बताए । उनले ईपिजी प्रतिवेदन बुझ्ने, नबुझ्ने सम्बन्धमा भने भ्रमण अघि केही भन्न नसकिने बताए । उनले भने...
गृहमन्त्रालयद्वारा ६ जना सिडियाेलाई परिवर्तन

गृहमन्त्रालयद्वारा ६ जना सिडियाेलाई परिवर्तन

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । सहसचिवको दरबन्दी रहने ६ जिल्लाका सिडिओहरूको सरुवा गरिएको गृह मन्त्रालयका प्रवक्ता जीतेन्द्र बस्नेतले बताए । हाल सरुवा भएका सिडिओहरूमा धादिङमा बद्रीनाथ गैह्रे, ललितपुरमा रुद्र प्रसाद पण्डित, कास्कीमा वासुदेव घिमिरे, अछाममा शिवराज न्यौपाने, अर्घाखाँचीमा कमल राज ढकाल र गुल्मीमा टेक बहादुर केसी रहेका छन् । सरुवा भएकामध्ये टेक बहादुर केसी यसअघि कास्की जिल्लाको प्रमुख जिल्ला अधिकारी थिए । उनलाई सिडिओबाट पुनः सिडिओमै सरुवा गरिएको हो । अन्य सहसचिवहरूको हकमा झक्कप्रसाद आचार्यलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक बनाइएको छ । त्यसै गरी तुलसी बहादुर श्रेष्ठ र जयनारायण आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्रालयले यो नियमित पदस्थापन र सरुवा भएको जनाएको छ ।...
नेपालका कार्ल मार्क्स जीवित छन् : मदन भण्डारीकाे चर्चित अन्तरवार्ता

नेपालका कार्ल मार्क्स जीवित छन् : मदन भण्डारीकाे चर्चित अन्तरवार्ता

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
तत्कालीन एमालेका महासचिव मदन भण्डारीको हत्या भएको आज ३० वर्ष भइसकेको छ। त्यसपछि त्रिशुलिमा धेरै पानी बगीसकेको छ। राजतन्त्रको अन्त्य भएर देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ। राजाको स्थान राष्ट्रपतिले लिएको छ। मदन भण्डारीले जग बसालेको पार्टी आज नेकपा बनेर दुई तिहाई जनमतसहित सरकारको नेतृत्व गरिरहेको छ। तर पनि मदन भण्डारीको दासढुंगामा भएको दुर्घटना आज पनि इतिहासको रहस्यमय घटना बनेको छ। सायद सधैका लागि यो रहस्यमय नै बन्ने छ। मदन भण्डारी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का महासचिव हुन्। गत वर्ष प्रजातन्त्र समर्थक प्रदर्शनहरूले नेपालको निरंकुश राजतन्त्रलाई हल्लाइदियो। राजनीतिक दलहरूको कानूनी अडान थिएन र थोरै नेपालीहरूले भण्डारीको बारेमा सधैं सुनेका थिए। गत हप्ताको संसदीय चुनावमा, यद्यपि कम्युनिष्टहरूले काठमाडौंको बाँकी क्षेत्रलाई पराजित गरे र देशव्यापीरूपमा...
दासढुङ्गा घटना भयकाे तीस बर्ष भयाे , तर छानबिन हुन सकेन

दासढुङ्गा घटना भयकाे तीस बर्ष भयाे , तर छानबिन हुन सकेन

Breaking News, पुर्वाधार, राजनीति, राष्ट्रिय, विचार, समाचार
नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय सडक दूर्घटनामा मृत्यु भएको तीस वर्ष पुगेको छ । २०५० साल जेठ ३ गते मुग्लिन–चितवन सडकखण्डको दासढुंगामा भएको जीप दूर्घटनामा मदन–आश्रितको निधन भएको थियो । जीपका चालक अमर लामा सकुशल रहेर नेताद्वयको मृत्यु भएको उक्त घटना अहिले पनि रहस्यमय नै छ । घटनाका एक मात्र सबुत चालक अमर लामाको पनि माओवादी द्वन्दकालका क्रममा २०६० सालमा कीर्तिपुरमा दिनदहाडै हत्या भएपछि मदन–आश्रित दूर्घटना सधैं रहस्यमै रहने अवस्था बनेको हो । यस बीचमा नेकपा एमालेकै नेतृत्वमा थुप्रै सरकार बन्ने र मदन भण्डारीकै पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति बन्दा पनि उक्त घटना पुनः छानविन गरिएन । यसैबीच, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले आज छुट्टाछुट्दै रुपमा मदन–आश्रित स्मृति दिवस मनाउने भएका छन् । मदन भण्डारीको अगुवाईमा...
पुर्व लडाकुलाई दुईलाख दिने निर्णय कार्यन्वयन नहुने

पुर्व लडाकुलाई दुईलाख दिने निर्णय कार्यन्वयन नहुने

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।माओवादीका पूर्वलडाकूलाई २ लाख रुपैयाँका दरले राहत दिने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश कुमार रेग्मीको इजलासले पूर्वलडाकूलाई पैसा दिने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो। सर्वोच्चका प्रवक्ता विमल पौडेलले पूर्वलडाकूलाई २ लाखका दरले राहत दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको  बताए। सरकारले तत्कालीन नेकपा (माओवादी) का लडाकूलाई जनही २ लाख रुपैयाँ दिने कार्यविधि तयार पारेको थियो। कार्यविधिमा उनीहरूले पाउने दुई लाख रुपैयाँ बैंक खातामा हालिदिने व्यवस्था थियो। अयोग्य लडाकू ४ हजार ८ जना छन्। यसअघि गत चैत ६ गते बसेको मन्त्रिपरिषद् बैठकले अयोग्य लडाकूलाई दुई-दुई लाख दिने निर्णय गरेको सार्वजनिक भएको थियो। अनमिनले नै लडाकू होइनन् भनेर प्रमाणित गरिसकेका माओवादी कार्यकर्ताहरूलाई सर...
रेशम चाैधरीलाई सर्वोच्चले पनि जन्म कैदकाे सजाय

रेशम चाैधरीलाई सर्वोच्चले पनि जन्म कैदकाे सजाय

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं ।सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सदर गरेको छ ।सर्वोच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको सर्वोच्चका प्रवक्ता विमल पौड्यालले जानकारी दिए । २०७२ भदौमा कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनाका आरोपित रेशम चौधरी जन्मकैदको सजाय काटिरहेका छन् । उनलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको थियो । उच्च अदालतको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । उक्त मुद्दा सोमबार नियमित सुनुवाइका लागि पेशी तोकिएको थियो । न्यायाधीशद्वयको इजलासले मुद्दाको सुनुवाइ नसकिएपछि मंगलबार समेत त्यसलाई...
भुटानी शरणार्थी प्रकरण कसैकाे बिपक्षी र पक्षमा हुदैन निष्पक्ष छानबिन हुन्छ : गृहमन्त्री  श्रेष्ठ

भुटानी शरणार्थी प्रकरण कसैकाे बिपक्षी र पक्षमा हुदैन निष्पक्ष छानबिन हुन्छ : गृहमन्त्री श्रेष्ठ

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकार कसैको दबाबमा पछि नहट्ने पनि बताए ।श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सरकार कसैको पक्ष र विपक्षमा नरहने बताएका छन्। अनुसन्धानको आधारमा विभिन्न व्यक्तिहरुलाई नियन्त्रणमा लिने र अनुसन्धानले पुष्टि गरेपछि कानुनी दायरामा ल्याउने सरकारको लक्ष्य छ । सरकारको तर्फबाट कुनै बायसनेस लिइनेछैन र सरकार कुनै दबावको अघि झुक्नेछैन । कुनैपनि दबावको अघि झुक्नेछैन, अनुसन्धानले जहाँसम्म लैजान्छ त्यहाँसम्म सरकार पुग्छ’ उनले भने । उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचारका अन्य प्रकरणहरुको पनि अनुसन्धान हुने बताए । उनले अनुसन्धानको आधारमा विभिन्न व्यक्तिहरुलाई नियन्त्रणमा लिने र अनुसन्धानले पुष्टि गरेपछि कानूनी दायरामा ल्याउने सरका...
पक्राउ परेका पुर्व मन्त्री रायमाझीकाे बयान सकियाे

पक्राउ परेका पुर्व मन्त्री रायमाझीकाे बयान सकियाे

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं ।नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको बयान सकिएको छ। एमालेका निलम्बित सचिव रायमाझीको बयान सोमबार राति अबेर सकिएको सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता लक्ष्मण घिमिरेले जानकारी दिए। आइतबार साँझ बूढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुरको बयान सोमबार थालेर त्यही दिन अबेर राति सकिएको हो। उनले सरकारी वकिल लक्ष्मण घिमिरे, न्यायाधीश केशवप्रसाद अधिकारीसँग आफूलाई हर्निया भएको, हिरासतमा प्रहरीले रातभर सुत्न नदिएको बताए। प्रहरी हिरासतबाट बबरमहलस्थित सरकारी वकिलको कार्यालय पुग्दै गर्दा रायमाझीले उपस्थित सबैलाई हात उठाएर अभिवादन गरे र मन्द मुस्कान दिए। प्रहरीले पक्राउ गर्दा पनि उनले देखाएको हाउभाउप्रति सामाजिक सञ्जालमा टिप्पणी भइरहेका छन्।...
पुर्व मन्त्री टाेप बहादुर रायमाझी पक्राउ

पुर्व मन्त्री टाेप बहादुर रायमाझी पक्राउ

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।पुर्व मन्त्री तथा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । रायमाझी काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ परेका हुन् । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी आउँदा उनी अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा थिए । त्यहाँबाट काठमाडौं हिँडेका रायमाझी फरार थिए । पूर्वमन्त्री रायमााझी भैरहवामा केही समय बसेर काठमाडौं आएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले  बताए ।  भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा रायमाझीमाथि छ । शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले बयानमा टोप बहादुर रायमाझीको संलग्नता खुलाएका छन् ।...
क्रान्तिकारी कम्युनिस्ट पार्टी र मशालले शान्तिबाटिमा विरोधसभा गर्ने

क्रान्तिकारी कम्युनिस्ट पार्टी र मशालले शान्तिबाटिमा विरोधसभा गर्ने

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।भ्रष्टाचारी तथा मानव तस्करहरुलाई कडाभन्दा कडा कारबाही गर्न चौतर्फीरुपमा सरकारलाई दबाब परेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी लगायत विभिन्न राजनीतिक पार्टीहरु, तिनका भातृसंगठनहरु र नागरिक समाजले चौतर्फी रुपमा भ्रष्टाचारीहरु तथा मानव तस्करहरुलाई कडाभन्दा कडा कारबाही गर्न जोडदार माग गरेका छन् । चौतर्फी रुपमा दबाब बढाएका छन् । क्रान्तिकारी कम्युनस्टि पार्टी र नेकपा (मशाल)ले भ्रष्टाचारीलाई कडाभन्दा कडा कारबाही गर्न र राष्ट्रघाती नागरिकता विधेयक खारेज गर्न माग गर्दै  विशाल आमसभाको आयोजना गरेको छ । शान्तिबाटिकामा दिउसो १ बजे नारा जुलुस सहित विरोधसभाको आयोजना गरिएको हाे । विरोध सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला र मशालका शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आमसभाको पूर्वसन्ध्यामा दुवै पार्टीले संयुक्त ...