६ आश्विन २०८१, आईतवार

राजनीति

प्रधानन्यायधीशमा हरिकृष्ण कार्की नियुक्त

प्रधानन्यायधीशमा हरिकृष्ण कार्की नियुक्त

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।प्रधानन्यायधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । उनले आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज शुक्रबार नै कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो । त्यस पछि राष्ट्रपति पौडेलले उनलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् । आठ महिनायता कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् ।...
चुनवाँङबाट समिक्षा सुरु गराै : उदय बहादुर चलाउने (दिपक)

चुनवाँङबाट समिक्षा सुरु गराै : उदय बहादुर चलाउने (दिपक)

राजनीति, विगन्यूज, विचार
पृष्ठभूमि : - सैनिक नियमअनुसार कुनै पनि टुकडीले आफ्नो गन्तव्यका क्रममा बाटो हरायो भने ऊ जुन चौबाटो, दोबाटो वा बिन्दुबाट हराएको हो त्यहाँ फर्कनुपर्दछ । हाम्रो महान् जनयुद्धको यात्रा आज बाटो बिराएको सैनिक टुकडी भएको छ । तारेभीरमा फसेजस्तै भएको छ माओवादी पार्टी विभाजनका करिब आधा दर्जन चिरामा छिन्नभिन्न भइसकेको छ । अझै संवेदनशील कुरा के भने माओवादी आन्दोलन व्यक्ति-व्यक्तिमा विभाजित हुँदैछ । जनता, सहिद परिवार, घाइते अपाङ्ग योद्धाहरू र पार्टीका बीचमा अन्तरविरोध छ । कार्यकर्ता र नेतृत्वबीच अन्तरविरोध छ । नेता र नीतिबीच अन्तरबिरोध छ । माओवादी आन्दोलन एजेन्डाविहीन हुँदैछ । यो जटिलताबाट गुजनुपर्दा इमानदार कार्यकर्ताहरु क्रमशः पार्टी र आन्दोलनबाटै पलायन भइरहेका छन् । क्रान्तिकारी प्रवृत्ति र पङ्क्ति एकपछि अर्को कमजोर बन्दै गइरहेको छ । त्यसको दुष्परिणाम के भएको छ भने आन्दोलनभित्र विभिन्नखाले गलत...
नेकपा निकट बिद्यार्थी संगठनका अध्यक्ष सहित १२ जना पक्राउ

नेकपा निकट बिद्यार्थी संगठनका अध्यक्ष सहित १२ जना पक्राउ

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ।नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौं जिल्ला अदालत परिसरबाट १२ जनालाई नियन्त्रणमा लिएको हो । नक्कली भु्टानी शरणार्थी प्रकरणमा पक्राउ परेको पक्षमा  कानुन व्यवसायीहरूले बहस गरेको भन्दै उनीहरूले कालाे ब्यानर सहित अदालत परिसरमा नाराबाजी गरेका थिए। पक्राउ पर्नेहरूमा नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाही ,उपाध्यक्ष नरेन्द्र, केन्द्रीय सचिव प्रकाश ,कार्यलय सदस्य अटल , केन्द्रीय सचिवालय -सदस्य लाेकेश जाेशी,अनिल, तारा,डि बि,केन्द्रीय सदस्य हष्त ,बजिर,समीर, आदेश र चेतन  सहितका  विद्यार्थी नेताहरू रहेका छन् । हाल उनिहरुलाई सिंहदरबार परिसर प्रहरी वृत्त अनामनगरमा राखियकाे छ ।...
सुशासनका निम्ति सरकार दृढतापुर्वक अगाडि बढ्नेछ : प्रधानमन्त्री  दाहाल

सुशासनका निम्ति सरकार दृढतापुर्वक अगाडि बढ्नेछ : प्रधानमन्त्री दाहाल

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेस सेन्टर नेपालका पदाधिकारीहरुसँग आज बिहान बालुवाटारस्थित निवासमा भएको भेटमा र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान आयोजित अर्को एक कार्यक्रमहरुमा प्रचण्डले सरकार सुशासनका निम्ति दृढतापूर्वक अगाडि बढ्ने बताए । पार्टीका दिवंगत नेता डिआर पौडेलको चौथो स्मृति दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘कतिपयले आशंका गरेको देख्छु- सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने । तर, प्रष्ट रूपमा भन्छु- सरकार मेरा लागि ठूलो कुरा होइन । ठूलो कुरा सुशासन हो, जनताको सेवा गर्नु हो । भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्छ, कहिँ सम्झौता हुँदैन, झुकिँदैन ।’ त्यसअघि प्रेस सेन्टर नेपालको टोलीसँग बालुवारस्थित निवासमा भएको भेटमा पनि प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्ध लड्दालड्दै सरकार छाड्न परे पनि परोस् भ...
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछियका केशव दुलालकाे घरमा कालाे ब्यानर

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछियका केशव दुलालकाे घरमा कालाे ब्यानर

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, समाचार
ललितपुर ।नक्कलि भूटानी शरणार्थी प्रकरणका अभियुक्त केशव दुलालको ललितपुर स्थित हात्तीवनमा रहेको निर्माणाधीन घर जन-नियन्त्रणमा गएको छ। नेपाल कम्युनिस्ट पार्टी ललितपुरको पहलमा स्थानीय र नेकपाका नेता कार्यकर्ता हरुको भिडले कालो ब्यानर र झण्डा सहित सोमवार नियन्त्रणमा लिएको हाे । जन- नियन्त्रणमा लिइएको सार्वजनिक सुचना भन्दै नक्कली भुटानी शरणार्थी काण्डमा मुख्य विचौलियाको निकृष्ट भूमिकामा रही ठगी, मानव तस्करी र राष्ट्रघात जस्तो अक्षम्य अपराध गरेको हुनाले अपराधिक कार्य मार्फत लुटेको धनबाट निर्मित अपराधी केशव दुलालको यो घर जनताको आग्रह, अपिल एवम् सहभागितामा जन – नियन्त्रणमा लिइएको छ । साथै अपराधिक व्यक्तिको कानुनी स्वामित्व सामाजिक रुपमा खारेज भइ सार्वजनिक स्वामित्व स्थापित भएको नेकपा ललितपुरले जनाएकोछ। ...
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाले गर्याे ,सचिवालय बैंठकका निर्णय सार्वजनिक

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाले गर्याे ,सचिवालय बैंठकका निर्णय सार्वजनिक

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणले प्रेस वक्तव्यमार्फत् हालै सम्पन्न पार्टीको केन्द्रीय सचिवालय बैठकले लिएका निर्णयहरु सार्वजनिक गरेका छन। २८ जेठमा जारी प्रेस वक्तव्यमार्फत् २०८० जेठ २३ गतेदेखि २६ गतेसम्म क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको केन्द्रीय सचिवालयको पहिलो बैठकमा लिइएका आवश्यक तथा महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेका हुन । सात बुँदामा सार्वजनिक गरिएको निर्णयहरुमा केन्द्रीय सचिवालयको बैठकमा प्रदेश तहमा संयुक्त अधिवेशनहरु गरी प्रदेश संगठन समितिहरुको निर्माण गर्ने, ती समितिहरुका बैठकहरुको आयोजना गर्ने र यो प्रक्रियालाई स्थानीय तहसम्म अगाडि बढाउने निर्णयदेखि कालापानी, सुस्तालगायतका नेपाली भूभागहरुमा हुँदैआएको सीमा अतिक्रमण, राष्ट्रघाती नागरिकता विधेयक, चरम रुपमा मौलाएको भ्रष्टाचार, मूल्यवृद्धि तथा अतिशय महंगी, मजदूर, किसान, सुकुम्बा...
“नेपाली क्रान्तिको जित अवश्यम्भावी छ” भन्दै स्वीकपाले क्रान्तिकारी पार्टीलाई पठायो यस्तो सन्देश

“नेपाली क्रान्तिको जित अवश्यम्भावी छ” भन्दै स्वीकपाले क्रान्तिकारी पार्टीलाई पठायो यस्तो सन्देश

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का बीचमा एकता भएर नेपाली मजदुर वर्गको एउटै पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निर्माण भएकोमा स्वीट्जरल्याण्डको कम्युनिस्ट पार्टी, स्वीट्जरल्याण्डले अत्यन्तै खुसी व्यक्त गरेको छ । उसले क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई एक सन्देश पठाउँदै भनेको छ, “माक्र्सवाद–लेनिनवाद–माओवादको वरिपरि एकजुट होऔं !, नेपाली क्रान्तिको जित अवश्यमभावी छ !’ क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाललाई पठाइएको सन्देशमा भनिएको छ, “पुष्पकमल दाहालको नेतृत्वमा रहेको प्रतिक्रान्तिकारी, संशोधनवादी गुटले क्रान्तिलाई धोका दिनुभन्दा अगाडि नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्वमा नेपाली सर्वहारा वर्ग र जनता – विश्वको दोस्रो “गरीब” देश अर्थात् विश्वको दोस्रो सबैभन्दा शोषित देशका सर्वहारा वर्ग र जनताको संघर्षको गौरवशाली इतिहास छ । ...
रिटर्नी फेडरेशन नेपाल जाजरकोटकाे संयाेजकमा :नरेश थापा

रिटर्नी फेडरेशन नेपाल जाजरकोटकाे संयाेजकमा :नरेश थापा

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
जाजरकोट । नेकपा एमालेकाे कान्छाे संगठनका रुपमा स्थापित रिटर्नी फेडरेसन नेपाल जिल्ला समिति जाजरकोटकाे संयाेजक नरेश थापा रहने गरि ९ सदस्यीय जिल्ला कमिटि गठन भयकाे छ। मंगलबार सदरमुकाम खलंगा स्थित पार्टी कार्यलयमा प्रथम भेला गरि थापालाई संयोजकमा चयन गरेकाे हाे , सदस्यहरुमा गणेश वलि , मिलन चनारा, ऐन बहादुर बिष्ट, हिरामुस्कान बटाला , ज्ञान ब सिंह, गाैरव शाह, किष्मत केसि र कर्ण बहादुर सिंहलाई चयन गरेकाे छ ।पार्टीका जिल्ला उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष गाेपाल बटालाकाे अध्यक्षतामा भयकाे भेलामा काैशिला खत्रि ,( शाही)लगायत जिल्लाका नेताहरुकाे विशेष उपस्थितिमा भेला सम्पन्न भयकाे थियाे ।बैदेशिक राेजगार पछि स्वदेश फर्केर बसिरहेका युवा-युवतिहरुकाे ज्ञान, सिप र दक्षतालाई संस्थागत गर्न र स्वदेशमै राेजगारी सिर्जना गरि आत्मनिर्भर बन्नका लागि  याे रिटर्नि फेडरेशन नेपालकाे गठन गरियकाे नेकपा एमालेका युवा न...
नेपाल-भारतबीचको सदियौँ पुरानो र घनिष्ठ सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाउने बारे छलफल भयो : प्रधानमन्त्री दाहाल

नेपाल-भारतबीचको सदियौँ पुरानो र घनिष्ठ सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाउने बारे छलफल भयो : प्रधानमन्त्री दाहाल

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । भारत भ्रमण पछि प्रधानमन्त्रीले गरेकाे सम्बाेधन : उपस्थित सञ्चारकर्मी मित्रहरू 1. मित्रराष्ट्र भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केको छु। 2. भ्रमणका अवसरमा भएका द्विपक्षीय भेटघाट एवं कार्यक्रमहरूका बारेमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीबाट जारी प्रेस विज्ञप्ति र भ्रमण दलमा रहेका सञ्चारकर्मी मित्रहरुबाट सम्प्रेषित समाचार मार्फत यहाँहरू अवगत नै हुनुहुन्छ। 3. भ्रमणका दौरान भारतका महामहिम राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु, उपराष्ट्रपति श्री जगदीप धनखड सँग मैले शिष्टाचार भेट गरेँ। भेटका क्रममा नेपाल भारतबीचको सदियौँ पुरानो र घनिष्ठ सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाउने बारे छलफल भयो। 4. भ्रमणको महत्वपूर्ण पक्षको रुपमा भारतीय प्रधानमन्त्री महामहिम श्री नरेन्द्र ...
चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता

चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं ।चार दिने भारत भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार साँझ स्वदेश फर्किएका छन् । शनिबार साँझ उनी नेपाल वायु सेवा निगमको विमानबाट काठमाडौं आएका हुन् । गत बुधबार भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा ऊर्जा ब्यापार सम्झौतालगायत विभिन्न सम्झौता तथा समझदारी भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनले प्रतिनिधिमण्डलस्तर र वान अन वान पनि भेटवार्ता गरेका थिए । त्यस्तै उनले भारतको इन्दोरमा फोहोर व्यवस्थापन प्रणालीको पनि अवलोकन गरेका थिए । प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा नेपाली समुदायसँग भेट गर्नुका साथै भारतका निजी क्षेत्रका प्रतिनिधिसँग पनि भेटवार्ता गरेका थिए ।  ...