११ श्रावण २०८१, शनिबार

क्रान्तिकारी युवा संगठन नेपालका ३ जना युवा ८ दिन पछि हिरासत मुक्त

काठमाडौं :कान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रिय सचिवालय सदस्य तथा ७ नम्बर प्रदेस संयोजक दिपेन्द्र ऐरी , केन्द्रिय सचिवालय सदस्य पदम हमाल र केन्द्रिय सदस्य  आकाश कार्कि मंगलबार हिरासत मुक्त भएका छन् ।
उनीहरूलाइ झुट्टा मुद्दा लगाइ प्रचण्ड नेतृत्वकाे गठबन्धन सरकारले हिरासतमा राखेको ८ औं दिनको दिन प्रत्यक ब्यक्ति ४ हजार धरौटीमा रिहाई गरेको क्रान्तिकारी युवा संगठन नेपालले जनाएकाे छ ।
सरकारका प्रमुख ५ वटा कार्यालयहरुमा दलाल संसदीय व्यवस्था नाङ्गियो भनेर नाङ्गो भएर बिरोध गर्दा सरकारले ३२ जना नेताकार्यकर्ताहरुलाई गिरफ्तार गरि हिरासतमा राखेको थियो।

केहि नेताकार्यकर्ताहरु २४ घन्टाको हिरासत बसाईपछि रिहाई भएका थिए भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गिरफ्तार भएका नेताकार्यकर्ता आठ दिन पछि मंगलबार रिहाई गरियकाे  हाे ।