११ श्रावण २०८१, शनिबार

युवा संघ नेपालले गर्याे भुकम्प पिडित बालबालिकालाई २३० थान झाेला बितरण

जाजरकोट  : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले भुकम्प पिडित बालबालिकालाई २३० थान  झाेला बितरण गरेकाे छ । मंगलबार जिल्लाको छेडागाड नगरपालिका वडा न. ५ का ३ वटा बिद्यालय श्री भाग्योदय मा.बि बडावन , श्री दोभान बिध्याज्योति प्राथामिक बिधालय थलहबजार र श्री जनता बालबिकास केन्द्र बडाबनका बालबालिकाहरुको लागी जम्मा २३० वटा  स्कुल झोला बितरण  गरियकाे थियाे।

गत कार्तिक १७ गते राति जाजरकोट काे बारेकाेट गाउपालिकाकाे रामिडाडा केन्द्रबिन्दु  भयर गयकाे भुकम्पले जाजरकोट , रुकुम र सल्यान लगायतका अधिकांश बिद्यालयहरुमा क्षति भयपछि बालबालिकाहरु खुल्ला चाैर र पाल मुनि अध्यन गरिरहेका छन्। सामाजिक अभियान्ता बिशान्त जंग शाहीकाे पहलमा उक्त झाेलाहरु संकलन गरि संगठनका जिल्ला अध्यक्ष सराेज जंग शाही र उपाध्यक्ष  अशाेक बहादुर सिंह लगायतको टिमले उक्त राहतका सामाग्री बितरण गरेका थिय ।बालबालिकाहरु नयाँ झाेला पाय पछि निक्कै हर्षित भयका थिय। भुकम्प गय लगतै युवा संघ नेपाल ले जाजरकोट रुकुम का विभिन्न ठाउहरुमा राहतका सामाग्रीहरु बितरण तथा अस्थायी आवास निर्माणकार्यमा निरन्तरता दिइरहेको छ ।