११ श्रावण २०८१, शनिबार

नेपाली राजनीतिमा तिनवटा धारा बिद्यमान छन,क्रान्तिकारी धारा नै मुल जनपक्षीय धारा हाे : सिपि गजुरेल

काठमाडौं :क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका बरिष्ठ कार्यालय सदस्य तथा भक्तबहादुर श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष सीपी गजुरेलले अहिले नेपाली राजनीतिमा तीनवटा धाराहरु रहेकाे बताय ।यथास्थितिवादी, प्रतिगामी र अग्रगामी÷क्रान्तिकारी धारा (जनगणतन्त्रवादी) विद्यमान रहेको भन्दै अग्रगामी र क्रान्तिकारी धाराको नेतृत्व क्रान्तिकराी कम्युनिस्ट पार्टी, नेपालले गरिरहेको स्पष्ट पारे । अहिले यथास्थितिवादीहरुले जनगणतन्त्रवादीहरुलाई घेराबन्दि गरेको चर्चा गर्दै अहिले कमजोर जस्तो देखिए पनि विजयी हुने राजनीतिक लाइन (धारा) यही नै भएको नेता गजुरेलले दाबी  गरे।

शुक्रबार काठमाडौंकाे घट्टेकुलाे स्थित इच्छुक साँस्कृतिक प्रतिष्ठानमा आयाेजित “१२ओैं भक्त बहादुर श्रेष्ठकाे स्मृति दिवस”का दिन नेता गजुरेलले भने  “पार्टीको क्रान्तिकारी लाइनका विषयमा कसैसँग सम्झौता नगरेको र यो नै सबैले कम्युनिस्ट क्रान्तिकारी हरुका लागि अनुकरणीय गुण रहेको र किसान आन्दोलनबाट स्थापित नेता श्रेष्ठ साधारण लेख पढ भएको व्यक्ति भएर पनि माक्र्सवादका तीनवटै संघठक अंगको विषयमा अद्भभुत ज्ञान हासिल गरेको ब्यक्ति हुन । “उहाँले माक्र्सवादी–लेनिनवादी–माओवादी सिद्धान्तलाई अध्ययन गरेर पचाएर विचार र राजनीतिको क्षेत्रमा निकै महत्वपूर्ण लेखहरु लेख्नुभएको छ । उहाँका योगदानलाई जनतासम्म पुर्‍याउन आगामी दिनमा प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्नेछ ।”

भारतीय दूताबासलाई २० करोड आफूखुशी बाँड्ने सम्झौता गरेर विकास निर्माणको नाममा दलालहरु खडा गर्ने र देशलाई पूर्ण उपनिवेश बनाउने षड्यन्त्र भइरहेको बताउनु नेता गजुरेलले बताय।

क्रान्तिकारी कम्युनिस्ट पार्टीले जनतालाई आशावादी बनाउन कार्यनीतिक श्रृङ्खला तयार पारेको स्पष्ट पार्दै राष्ट्रिय राजनीतिक सम्मेलन, क्रान्तिकारी संयुक्त मोर्चा, जनप्रतिरोध संघर्ष, सरकार गठन र जनसंविधान निर्माण नै विद्यमान राजनीतिक संकटको सही निकास र उपयुक्त विकल्प भएको स्पष्ट पारे ।कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यलय सदस्य तथा प्रवक्ता धर्मेन्द्र बास्तोला, कार्यलय सदस्य रामसिंह श्रिस, चन्द्रहरि सुवेदि “अटल” राष्ट्रिय प्रध्यापक संगठनका अध्यक्ष  डाक्टर जगदीश चन्द्र भण्डारी , लगायतका नेताहरुले भक्त बहादुर श्रेष्ठ काे जिवनी र उनले नेपाली जगतमा गरेकाे याेगदानकाे बिषयमा चर्चा परिचर्चा गरेका थिय । कार्यक्रममा भक्त बहादुर श्रेष्ठलाई सम्मानका लागि अविर र फुलमालाले सबैजनाले स्मरण गरेका थिय ।भक्तबहादुर श्रेष्ठकी छोरी प्रभा श्रेष्ठले आफ्नो बुबाको बारेमा निकै मार्मिक भनाइहरु राखेकि थिइन , “मलाई मेरो बुबाप्रति गर्व छ । भक्तबहादुर श्रेष्ठ मेरो मात्रै होइन शोषित पीडित जनताकै अभिभावक हुनुहुन्थ्यो । उहाँले आफ्नो सम्पुर्ण जीवन देश र जनताकै लागि बिताउनु भयो । बुबा भएपनि साथी जस्तै व्यवहार गर्नु हुन्थ्यो । नौलो जनवादी गणतन्त्र ल्याउनु पर्छ भन्नू हुन्थ्यो । उहाँप्रति सच्चा श्रद्धाञ्जली गर्नु भनेको उहाँले देखाएको बाटोमा अगाडी बढ्नु हो ।” कार्यक्रम काे संचालन क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हरिकृष्ण गजुरेलले गरेका थिय ।