२३ भाद्र २०८१, आईतवार

दाङ राप्ती नदिको पुलमा बस दुर्घटना हुदा १२ जनाकाे मृत्युु १७ जना घाइते

दाङ :दाङ जिल्लाको देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ भने १७ जना घाइते भयका छन्। । बाँकेको नेपालगञ्जबाट काठमाडौं जादै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति १०:३० बजेतिर पुलबाट राप्ती नदीमा खसेको थियो ।

दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको घटनास्थलमा रहेका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । धेरैजसोको बसले च्यापिएर मृत्यु भएको छ । घाइतेहरुलाई उपचारका लागि बुटवल र नेपालगन्ज पठाइएको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । मृत्यु हुने मध्येका  ८ जनाको सनाखत भएको छ।मृतक १२  जना मध्ये  दुई जना भारतीय नागरिक सहित ८ जनाको परिचाहन भएको  हो।मृत्यु हुनेमा नेपालगञ्जका ६० वर्षीया कुसम बस्नेत, मकवानपुर हेटौंडा बस्ने ३५ वर्षीय सौरभ बिष्ट, जुम्लाको चन्दननाथ-९ का ४० वर्षीय मुनबहादुर रावत,  बाँकेका ३० वर्षीय रामवरण हरिजन, रुकुम गोतामकोट-९ का २५ वर्षीय दीपक डाँगी, काठमाडौं चन्द्रागिरि १५ बस्ने बर्ष ६५ का तारा कान्त पाण्डे ,  पूर्वी चम्पाटनमलाहीका ६७ वर्षीय योगेन्द्र राम र भारत उत्तरप्रदेश अतिकुल्ला खैरे बस्ने ३१ वर्षीय मुनेको खनाखत भएको छ ।बाँकी चार जना करिब ३० देखि ४५ वर्ष उमेर समूहका पुरुष रहेको प्रहरीले जनाएको छ ।

घटनामा प्रहरी र स्थानीयवासिले उद्धार गरिरहेका छन् ।बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको छ । राप्ती नदी माथि बनेको यो पुलले दाङ र अर्घाखाँची जिल्लालाई जोड्छ ।