७ आश्विन २०८१, सोमबार

राजनीति

काभ्रेकाे बनेपामा एमसिसि बिरुद्ध चार दलद्वारा बिराेध प्रदर्शन सहित काेणसभा सम्पन्न

काभ्रेकाे बनेपामा एमसिसि बिरुद्ध चार दलद्वारा बिराेध प्रदर्शन सहित काेणसभा सम्पन्न

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
काभ्रे बनेपा।काभ्रे जिल्लामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सहितको चार कम्युनिस्ट पार्टीले अमेरिकी परियाेजना एमसिसि कार्यन्वयनका लागि बिरोध गर्दै  जूलूस सहित काेणसभा  सपन्न गरेका छन । बुधबार जिल्लाकाे बनेपा स्थित तिनदोबाटोबाट सुरु भएको बिरोध जुलुस चारदोबाटोमा गएर कोणसभामा परिणत भएको थियो। बिरोध सभामा बाेल्दै नेताहरुले एम सिसि नेपाली जन्ताका लागि घातक परियाेजना भयकाेले कुनै हालतमा कार्यन्वयन  हुन नदिने बताय।  कोण सभामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालक जिल्ला इन्चार्ज सोमान सिंह तामाङ जिल्ला संयोजक बिनयराज शर्मा ,नेकपाको प्रतिनिधि समीर श्रेष्ठले मन्तब्य राखेका थिय।।कार्यक्रममा सयौंको सङ्ख्यामा उपस्थित रहेको थियो। कार्यक्रमको सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला सह संयोजक ढोग प्रसाद अधिकारीले गरेका थिए।  ...
चार कम्युनिस्ट पार्टीले एमसिसि परियाेजना बिरुद्ध संयुक्त कार्यक्रम काे घाेषणा गरेका छन

चार कम्युनिस्ट पार्टीले एमसिसि परियाेजना बिरुद्ध संयुक्त कार्यक्रम काे घाेषणा गरेका छन

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । एमसिसि बिरुद्ध चार कम्युनिस्ट पार्टीले संयुक्त कार्यक्रम गर्ने भयका छन ।एमसीसी परियोजनाका प्रतिनिधी र नेपाल सरकारका प्रतिनिधिबिच आगामी ५ वर्षभित्र कार्यान्वयन गरी सक्ने सहमतिमा भाद्र १३ गते हस्ताक्षर गर्ने षड्यन्त्रप्रति चार कम्युनिस्ट पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जनसंघर्षको कार्यक्रम घाेषणा गरेका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष "किरण", नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव,नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुतीले आज संयुक्त प्रेस विज्ञप्ति जारी गरी भाद्र १३ गते देशव्यापी संयुक्त विरोध प्रदर्शन,र काठमाडाैँ उपत्यकाकाे माइतिघर मण्डलाबाट दिउँसो ३ बजे संयुक्त विरोध प्रदर्शन गर्ने गरि संघर्षका कार्यक्रम घाेषणा गरेका छन् । विज्ञप्तिमा भनिएको छ,’हामी चार पार्टी ५ वर्षभित्र एमसीसी परियो...
पार्टीको तीन महिने अभियान सामाजिक,न्याय र सुशासन मुखि हुने छ: रामदिप आचार्य

पार्टीको तीन महिने अभियान सामाजिक,न्याय र सुशासन मुखि हुने छ: रामदिप आचार्य

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहालका प्रशासन सल्लाहकार तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदिप आचार्यले माओबादी पाटीको तिन महिने अभियान सामाजिक न्याय र सुशासन मुखि हुने बताए । सरकारले चलाएको सुशासन अभियान दिर्घकालिन रहेको बताए । माओवादी पार्टीले यहि १६ गते देशभर एकैपटक सूरु गर्ने अभियानको यस्तो लक्ष रहेको बताएका हुन । तातोपानी गाउँपालिकामा पाटीको बिस्तारीत बैठकको लागी जुम्ला पुगेका आचार्यले पार्टी सुदृढका लागि चलाउने अभियानको उद्घाटन भदौ १६ गते देशभर एकै पटक प्रधामन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ६ हजार ७४३ वटा वटामा अनलाइन मार्फत गर्ने भएका छन । आचार्यले सरकारले चलाएको सुशासनको अभियान वरु सरकार जान्छ तर अभियान नरोकिने प्रधानमन्त्रीले प्रतिवद्धता बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको पालामा यस पटक शुरुवात गरिएको अभियान जोखिम तर दिर्घकालि...
गिरफ्तार नेता कार्यकर्ता रिहाइ गर्न RCP काभ्रे द्वारा बिज्ञप्ति जारि गरेकाे छ

गिरफ्तार नेता कार्यकर्ता रिहाइ गर्न RCP काभ्रे द्वारा बिज्ञप्ति जारि गरेकाे छ

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेपलान्चोकले कार्यक्रता गिरफ्तार गरे पछि रिहाइका लागि विज्ञप्ति जारी गरेकाे छ । मंगलबार पार्टीका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला संयोजक विनय राज शर्मा द्वारा एक बिज्ञप्त जारी गरि रिहाइको माग गरेकाे हाे ।बिज्ञप्तिमा भनियकाे छ : शान्तिपुर्ण रुपले राजनैतिक प्रचारप्रसारका लागि नारा वालिङ् गरिरहेकाे अवस्थामा पार्टीको केन्द्रीय सदस्य तथा जिल्ला संह संयाेजक ढाेग प्रसाद अधिकारी , प्रदेश सदस्य असल माेक्तान र जिल्ला सदस्य मेजरमान थिङलाई आज बिहान काभ्रे धुलिखेल  काे २८ किलाेबाट गिरफ्तार गरियकाे थियाे । शान्तिपूर्ण कार्यक्रम मा लागिरहेका नेता कार्यक्रताहरुलाई  गिरफ्तार गरिनु राज्यको उदाङगाे रुप हाे भनी बिज्ञप्ति मार्फत रिहाइको माग गरियकाे संयोजक शर्माले जानकारी दिए। बिज्ञप्तिका पुर्ण पाठ :  ...
प्रगतिशील र कम्युनिस्ट एक हुनु पर्छ : विप्लव

प्रगतिशील र कम्युनिस्ट एक हुनु पर्छ : विप्लव

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले  प्रगतिशीलहरु र कम्युनिस्टहरु एकै ठाउँमा आउनुपर्ने बताएका छन् । नेकपाले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा पार्टीका महासचिव विप्लवले देशलाई हृदयदेखि माया गर्नेहरु एक हुनुपर्ने बताए । प्रगतिशील शक्तिसँग मिले मात्रै देशको विकास हुने उनले बताए । ‘हामी फुटेका पनि यहाँ जुटिसकेका छौं । मान्छे खुब रमाएका थिए, फुट्यौं नी बल्ल खायौं भनेका थिए । अब हेर हामी कसरी जुट्दैछौं ।...
एमसिसि मात्र हाेईन याे संविधान नै खारेज हुनुपर्छ  : कन्चन

एमसिसि मात्र हाेईन याे संविधान नै खारेज हुनुपर्छ : कन्चन

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौंमा ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला "कञ्चन"ले एमसीसी मात्र नभई नेपालको संविधान नै खारेज हुनुपर्ने बताएका छन् । साेमबार एमसीसी परियोजना कार्यान्वयन विरुद्ध नेकपाद्वारा काठमाडौँमा आयोजित बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता कञ्चनले यो संविधानलाई नै खारेज गरी नयाँ संविधान बनाउनु पर्ने बताएका हुन् । उनले संसदीय व्यवस्था रहेसम्म एमसीसी खारेज हुन नसक्ने भन्दै एमसीसी खारेजका लागि जनताले सडकबाट आन्दोलन गर्नेु पर्ने बताए । नेता कञ्चनले एक सेकेण्ड पनि संसदीय व्यवस्था नेपालमा रहने खालको नभएको भन्दै संससदीय व्यवस्थालाई संस्थागत गरेर एमसीसी खारेज हुन नसक्ने ठोकुवा गरे । उनले चार वर्षमा नेपालका सबै कम्युनिष्टको नाम निशाना मेटाउने षड्यन्त्र गरि एमसीसी नेपालमा आएको दाबी गर्दै यो नेपालको लागि निकै घातक ...
नेकपाकाे आयाेजनामा एमसिसि बिरुद्ध बृहत गाेष्ठि हुने

नेकपाकाे आयाेजनामा एमसिसि बिरुद्ध बृहत गाेष्ठि हुने

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकाे आयाेजनामा आज काठमाडौँमा ‘एमसीसी परियाेजना कार्यान्वयनका विरुद्ध अन्तरक्रिया’ विषयक बृहत अन्तरक्रिया हुने भएकाे छ । नेकपाका महासचिव नेत्र विक्रम चन्द "विप्लव"काे प्रमुख आतिथ्यमा हुने कार्यक्रममा नेकपा एकिकृत समाजवादी का वरिष्ठ नेता झलनाथ खनाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा (एमाले) का नेता डा.भीमबहादुर रावल, वरिष्ठ बुद्धिजीवी युवराज संग्राैला, बुद्धिजीवी डा.सुरेन्द्र भण्डारीलगायत वक्ताहरुले आ-आफ्नो धारणा राख्ने छन् । आज अपरान्ह १२:३० हुने साे कार्यक्रम जमलस्थित राष्ट्रिय नाँचघरमा हुनेछ। कार्यक्रममा सहभागी भइदिन युवा, विद्यार्थी, बुद्धिजीवी र देशभक्त नागरिकलाई कार्यक्रममा नेकपा प्रचार विभागले सबैसँग अपिल समेत गरेकाे छ ।...
भारतले नेपाललाई हिन्दू राष्ट्र बनाउन लागेकाे छ : माेहन बिक्रम सिंह

भारतले नेपाललाई हिन्दू राष्ट्र बनाउन लागेकाे छ : माेहन बिक्रम सिंह

Breaking News, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
धनगढी ।नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले भारत नेपाललाई हिन्दू राष्ट्र बनाउने गतिविधिमा लागेको बताएका छन् । प्रदेशस्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा धनगढी आइपुगेका उनले नेपालभित्र मात्र नभई विदेशीहरू र विशेष गरी भारतको नीतिका कारण गणतन्त्र गम्भीर संकटमा परेको बताएका हुन् । उनले गणतन्त्र र संघीयता गुम्न सक्ने सम्भावना रहेको समेत दाबी गरे । मुलुकका राजावादी शक्तिहरू विगतभन्दा निकै बलिया भएको बताउँदै भारतमा आगामी निर्वाचनमा पुनः कट्टरपन्थी हिन्दुवादीले जिते नेपाललाई ठूलो क्षति पुग्न सक्ने उनको बुझाइ थियो । ‘पूरा शक्ति अहिले राजतन्त्र फर्काउने अभियानमा लागेको छ । एक पटक प्राप्त भएको उपलब्धि गुम्न नदिन सबै एकजुट हुनुपर्ने हो ’ उनले भने ।...
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोट ले संगठन सुदृढीकरण अभियान सुरु गरेकाे छ

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोट ले संगठन सुदृढीकरण अभियान सुरु गरेकाे छ

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
जाजरकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोटले संगठन सुदृढीकरण अभियान संचालन गरेकाे छ । सनिवार जिल्लाकाे नलगाड नगरपालिकाकाे वडा न १२ देखि उक्त अभियान सुरु भयकाेे र अभियान कार्तिक १५ गते सम्मा जिल्लाका सबै पालिकाहरुमा पुगि सम्पन्न गरिने बताईयकाे छ । राष्ट्रियता जनतन्त्र र जनजिविकाकाे लागि संगठन सुदृढीकरण अभियान संचालन गरियकाे , क्रान्तिकारी युवा संगठन नेपालका जिल्ला संयाेजक पदम हमालले जानकारी दिय । माेहन वैद्य नेतृत्वको क्रान्तिकारी (माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) काे गत बैशाख १८ गते देखि पार्टी एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बने पछि देशै भरि जबस माेर्चा र पार्टी  प्रदेश, जिल्ला, नगर, गाउँ , हुँदै सेल कमिटी सम्मा एकताकाे प्रक्रिया अगाडि बढिरहेका छन ।...
एमसिसि साम्राज्यवादी मिसनमा आधारित परियाेजना हाे : सिपि गजुरेल

एमसिसि साम्राज्यवादी मिसनमा आधारित परियाेजना हाे : सिपि गजुरेल

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं।क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका बरिष्ठ नेता सिपी गजुरेलले राष्ट्रघाती एमसीसी सम्झौता (परियोजना) अमेरिकाको साम्राज्यवादी मिसनमा आधारित परियोजना भएको बताएका छन् । शनिबार काठमाडौँमा भएको ‘एमसीसी खारेजी र फिर्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले राष्ट्रघाती एमसीसी परियोजनालाई श्रीलङ्कामा जस्तै फिर्ता नपठाएर नेपाल युक्रेन जस्तै अमेरिका र चीनबीचको युद्धबाट खरानी हुने दावी गरे । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता गजुरेलले देशको स्वाधीनताको रक्षा गर्न चाहने सबैले अमेरिकाको एमसीसी परियोजनालाई कार्यान्वयन होइन, फिर्ता पठाएरै छाड्नुपर्ने विचार व्यक्त गरे । अमेरिकाले एमसीसी सम्झौता सदनबाट पारित गरेपछि नेपालको उत्तरी क्षेत्रमा हतियारहरु जम्मा पार्न थालेको चर्चा गर्दै अमेरिकाले जे गरेपनि यो दलाल सरकारसँग उनीहरुलाई नियन्त...