२३ भाद्र २०८१, आईतवार

प्रधानमन्त्री प्रचण्डलाई संसदमा चाैथाे पटक विस्वासकाे मत प्राप्त भयकाे छ

काठमाडौं :प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको बहिष्कारका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् । 
प्रधानमन्त्रीले चौथो पटक विश्वासको मत लिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डको सरकारलाई विश्वास छ भन्ने पक्षमा -१५७ मत र बिपक्षमा -० मत खसेकाे हाे  ।१५८ जना सांसद मतदानमा सहभागी भएकोमा प्रधानमन्त्रीको विपक्षमा भने कसैले मतदान गरेनन् । एक जना सांसद तटस्थ रहे ।
प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ बमोजिम चौथो पटक विश्वासको मत लिएका हुन् ।
सरकारमा सहभागी दल जनता समाजवादी पार्टी(जसपा) नेपाल विभाजन भएसँगै सो पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनु परेको हो ।
तर योपटक विश्वासको मत लिन उनले विपक्षीको अवरोध झेल्नु पर्याे । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले अवरोध जारी राखेको बिच प्रधानमन्त्रीले पेलेरै विश्वासको मत लिएका हुन् । समामुख घिमिरेले प्रधानमन्त्रीले पेस गरेको प्रस्तावको समर्थनमा एमालेका सांसद विष्णुप्रसाद पौडेललाई मात्र बोल्न दिएका थिए । विपक्षी कांग्रेस, राप्रपा, लोसपा, जसपा नेपाल लगायत दलहरू बहिस्कार गरे ।