११ श्रावण २०८१, शनिबार

नेकपा (एमाले) जाजरकोट जिल्ला अध्यक्ष मा नरेन्द्र शाही निर्वाचित

जाजरकोट : नेकपा एमाले जाजरकोट जिल्लााकाे अध्यक्ष मा नरेन्द्र शाही विजयि भयका छन ।मंगलबार जिल्ला सदरमुकाममा भयकाे साताैं जिल्ला अधिवेशनबाट अध्यक्षमा शाही निर्वाचित भयका हुन। नरेन्द्र शाहीका निकटतम प्रतिद्वन्द्वी खिमबहादुर शाहीलाई आठ मत अन्तरले पराजित गर्दै शाही अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचित शाहीले १९४ र पराजित भएका शाहीले १८६ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा विश्वविक्रम शाह विजयी भएका छन् । शाहले १८२ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी मोतिलाल वलीले १७५ मत प्राप्त गरेका थिए । सचिवमा गोपाल बहादुर नेपाली निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नरबहादुर बस्नेत (एन.बी) लाई १७ मत अन्तरले पछि पार्दै १८८ मत प्राप्त गरी नेपाली विजयी भएका हुन् । बस्नेतले १७१ मत प्राप्त गरेका थिए ।

यस्तै, उप सचिवमा तप्तबहादुर हमाल विजयी भएका छन् उनका प्रतिस्पर्धी भक्तबहादुर बस्नेतलाई पछि पार्दै हमाल विजयी भएका हुन् । हमालले १८१ मत प्राप्त गरेका थिएन भने बस्नेतले १५७ मत प्राप्त गरेका छन् ।

महिला उपसचिवमा सुनिता बोहरा विजयी भएकी छन् । उनका प्रतिस्पर्धी हरिकला जैसीलाई पराजित गर्दै बोहरा निर्वाचित भएकी हुन् । बोहराले १९३ मत प्राप्त गरेकी थिईन् भने जैसीले १५१ मत प्राप्त गरेकी थिईन् । एमाले जाजरकोटको सातौं जिल्ला अधिवेशनमा ४०४ प्रतिनिधी छनौट भएका थिए । त्यसमध्ये ३९७ मत खसेको थियाे । आजै दिउसाे २ बजे सम्मा सबै मत गणना हुने र सबै उम्मेदवारहरुकाे नतिजा सार्वजनिक गरिने निर्वाचन समितिले जानकारी दियकाे छ।