२५ आश्विन २०८१, शुक्रबार

डाेल्पामा आगलागीमा घाईते दुई सैनिकाे मृत्युु

काठमाडौं :डाेल्पा जिल्लाको ठूलोभेरी नगरपालिका–३ स्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा देवीदत्त गण ‘क’ का चार सैनिक घाइते भएका थिए ।

ती मध्ये एकको डोल्पामै सोमबार साँझ र थप दुई सैनिकको काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सैनिक प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए ।

सोमबार साँझ डोल्पामा सिपाही हेमन्त रावतको मृत्यु भएको थियो । मंगलबार कीर्तिपुर अस्पतालमा भने जमदार केशरबहादुर जागा मगर र सिपाही आशिष बुढाको मृत्यु भएको हो ।  विजय कोइरालाको भने उपचार भइरहेको छ । सामुदायिक वनमा केही दिनदेखि डढेलो लागेपछि नियन्त्रणका लागि नेपाली सेनाका दुई वटा गुल्म सशस्त्र प्रहरी बल नेपाल प्रहरी र स्थानीयको टोली खटिएको थियो ।