२३ भाद्र २०८१, आईतवार

युवा संगठन नेपालद्वारा जाजरकोटका गाेबिन्द चन्द सम्मानित

धनगढी :नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको  नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले संगठनमा महत्वपूर्ण योगदान गरेकाे भनेर  जाजरकोटका गाेबिन्द सिलाई  सम्मान गरेकाे छ ।संगठनले पाँचौ राष्टिय सम्मेलनमा सम्मानमा लामो समयसम्म संगठनमा बसी संगठनले दिएका हरेक काम जिम्मेवारी पुर्ण पुरा गरि अनुसासित भयर काम गरेकाे ठहर गर्दै जाजरकोट कुशे गाउपालिका -५ ढिमेका युवा गाेबिन्द चन्द  लाई खादा र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेकाे हाे ।

गाेबिन्द चन्द जाजरकोटका एक इमानदार र शाहासिक युवा हुन । सधै जन्ता र न्याय का पक्षमा आफ्ना आवाज बुलन्द गर्दै आयका युवा गाेबिन्द सि  लाई पार्टीका केन्द्रीय सदस्य उमा सि र संगठनका केन्द्रीय अध्यक्ष पाटन सिले सम्मान गरेका थिय ।

आफू निरन्तर पार्टीको काममा इमानदारीपूर्वक काम गरेकाे भयर संगठनले सम्मान गरेकाेमा निकै खुसि भयकाे र आगामी दिनहरूमा पनि पार्टीका काममा जिम्मेवारी र इमानदारीपूर्वक काम गर्ने हाैसला बढेकाे युवा गाेबिन्द चन्दले बताय ।