नेता हेमन्त प्रकाश ओली “सुदर्शन” काे घरमा प्रहरीको ३५ दिने पक्राउ पुर्जि
काठमाडौं :क्रान्तिकारी कम्यूनिष्ट पाटी, नेपालका नेता हेमन्त प्रकाश ओली 'शुदर्शन' को घरमा प्रहरीले ३५ दिने प्रकाउ पुर्जि टासेको छ ।पार्टीका केन्द्रिय कार्यालय सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज समेत रहेका ओलिको घरमा प्रहरीले पक्राउ पुर्जि टाँसेकाे हो ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार र नेकपा बिच भएको तीन बुँदे सहमति विपरीत पार्टीका नेता माथि पक्राउ पुर्जि जारी गरिएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका एक कार्यालय सदस्यले जानकारी दिए ।
आफ्नो पार्टीले तत्कालिन सरकार संग गरिएको सहमती बमोजिम पार्टी माथिको प्रतिबन्ध फुकुवा, राजबन्दी रिहा गर्ने, मुद्दा फिर्ता लिने लगाएका विषयमा सहमति गरिएपनि प्रतिवन्ध फुकुवा वाहेकका सहमतिहरु सरकारले इमानदारीपुर्वक पालना गर्न आलटाल गरिरहेको समेत उनले बताए ।
बन्दीको रिहाइ र मुद्दा फिर्ता सहमतिको मुख्य बुँदा भएको तर सहमति भएको लामो समयसम्म पनि स...