१ जेष्ठ २०८२, बुधबार

राजनीति

“मैले नेतालाई लोकल मुर्गा र ब्रान्डेड रक्सी लिएर दिन सकिन् !”: तारा संन्ज्याल

“मैले नेतालाई लोकल मुर्गा र ब्रान्डेड रक्सी लिएर दिन सकिन् !”: तारा संन्ज्याल

Breaking News, राजनीति, विचार, शिक्षा
काठमाडौं : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट बिद्यार्थी संगठनकि छात्रा विभाग प्रमुख तारा संन्ज्यालले विप्लवलाई प्रश्न गर्दै भनेकि छिन् संगठन सिलु र प्रकाशको मात्र हाे ? उनलेे आज समाजिक संजालमा एक स्टाट्स लेख्दै भनेकि छिन् प्रा लि कम्पनी लेख् अब लेटरहेड मा,! । नेताको खुट्टा मालिस गर्न सकिन,हदै सम्मको चाप्लुसी र चाकरी गर्न सकिन,सुटबुट किन्देर गोजि भर्न सकिन,बर्थ डे मा केक लिएर घर जान सकिन,रक्षा बन्धनमा राखी किनेर घरैमा गैइ बाध्न सकिन!,ठमेलका ठुला ठुला होटेलहरुमा लिएर राख्न सकिन!,आफ्नो खास नेता बनाउन सकिन,च्यानल भन्दा दायाँबायाँ गर्न सकिन!,लोकल मुर्गा र ब्रान्डेट रक्सी लियर दिन सकिन,दाइ दिदी मात्र बनाउन सकेकै कारण आफुलाई पछि पारिएको समेत बताएकी छिन् । छात्रा बिभागकी संयाेजक समेत रहेकि सन्ज्यालले काठमाडौंमा भर्खरै सम्पन्न संगठन काे २३ओै राष्ट्रिय सम्मेलनमा फ्र्याक्सन इन्चार्ज...
रगतले लेखिएको इतिहास जारी छ :हेमन्त प्रकाश ओली “सुदर्शन”

रगतले लेखिएको इतिहास जारी छ :हेमन्त प्रकाश ओली “सुदर्शन”

Breaking News, राजनीति, विचार, शिक्षा
मैले एकजना कम्युनिस्ट यो्द्धा विजय घलेको सम्झनामा जनयुद्धको एक वर्षपछि २०५३ साल फागुन १४ र २१ को जनादेश साप्ताहिकमा प्रकाशित संस्मरणात्मक आलेखमा लेखेको थिएँ, ‘त्यो प्यारो १, दृढ र हेिसलो, गोल–गोल मङ्गोल अनुहारसँग पोहोर साल यतिबेला त्यही रगतले लेखिने इतिहासको गीत गाउँदै जनयुद्धको उद्घाटन गर्न तयारी गर्दै थियौँ तर अहिले तिमी भौतिक रुपमा हामीसँग छैनौ । इतिहासको अग्रगामी धारामा वैरीहरुसँग लड्दालड्दै मैदानमा खसेको रातो झोला हामीले काँधमा उठाएर अन्तिम श्रद्धाञ्जली र सलामी अर्पण गर्दै महान् यात्रा पूरा गर्ने कसम खाएका छौँ । तिमी सिस्ने र जलजला पहाड भएर उभिएका छौ । दुस्मन मृत्यु शैय्यामा छट्पटाइरहेको छ ।’ -सहिद र वेपत्ता योद्धाका परिवारजनहरु: हामी चौबीसौँ जनयुद्ध दिवसका अवसरमा तपाईंहरुसँगै काँधमा–काँध, हातमा–हात मिलाएर वैज्ञानिक समाजवादी जनगणतन्त्र प्राप्त गर्न क्रान्तिको नयाँ मोडेलका लागि पङ्...
आरसिपि नेपाल नवलपरासीले भष्ट्राचार बिरुद्धको संघर्ष तीब्र बनाउने चेतावनी

आरसिपि नेपाल नवलपरासीले भष्ट्राचार बिरुद्धको संघर्ष तीब्र बनाउने चेतावनी

Breaking News, राजनीति, विचार, शिक्षा
नवलपरासी :क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले नवलपरासीले भष्ट्राचार बिरुद्धको सङ्घर्ष तीब्र बनाउने चेतावनी दिएको छ । पार्टीको रामग्राम नगर सङ्गठन समितिले सोमबार परासीमा आयोजना गरेको २९ औँ जनयुद्ध दिवस बिशेष कार्यक्रममा उक्त चेतावनी दिएको हो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्रबहादुर थापाले भष्ट्राचार तथा कमिसनखोरीका बिरुद्धको सङ्र्घषलाई घनिभूत पार्ने बताए । उनले दलाल सत्ता र संसदीय ब्यवस्थालाई जरैदेखि नफालेसम्म सङ्घर्ष जारी रहने दावी गरे । ‘हामी जिल्लाब्यापी रूपमा सङ्घर्षको तयारीमा छौँ, भष्ट्राचार बिरुद्धको सङ्घर्ष तीब्र हुँदै गएको छ ।’ उनले भने,  ‘यो दलाल संसदीय ब्यवस्थाबाट जनता आजित भएका छन् । यसको बिकल्पमा नयाँ जनवाद हुँदै बैज्ञानिक समाजवादमा जाने हाम्रो लक्ष्य छ ।’ कार्यक्रममा पार्टीका अर्का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेयले आत्मसङ्घर...
क्रान्तिकारी युवा संगठन नेपालले गिरफ्तार नेताहरुकाे रिहाइको लागी प्रेस विज्ञप्ति जारी गरेकाे छ

क्रान्तिकारी युवा संगठन नेपालले गिरफ्तार नेताहरुकाे रिहाइको लागी प्रेस विज्ञप्ति जारी गरेकाे छ

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
पाेखरा :क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा कास्की जिल्ला संयोजक सुर्य गिरफ्तार भएका छन । उनलाई पोखरा औद्योगिक क्षेत्र नजिकबाट गिरफ्तार गरेको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे सहायक संगठन क्रान्तिकारी युवा संगठनले चरणबद्ध रुपमा देशका विभिन्न ठाउँहरुमा भ्रष्टाचार विरुद्ध कालोमोसो दल्दै आएको छ । साथै उक्त संगठनले आजै एक विज्ञप्ति जारी गर्दै विनासर्त रिहाइको माग गरेको छ । रिहाइ नगरिए सशक्त सङ्घर्षमा होमिन बाध्य हुने र यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सम्बन्धित पक्षनै हुनुपर्ने समेत चेतावनी दिएको छ । विज्ञप्तिमा यस्ताे भनियकाे छ : “हजारौं युवाहरुको बलिदानमा जन्मिएको महान तथा गौरवशाली सङ्गठन क्रान्तिकारी युवा सङ्गठन नेपाल विगत लामो समयदेखि राष्ट्रियता, जनतन्त्र र जनजीविका पक्षमा एवम् भ्रष्टचारका विरुद्धमा सडक सङ्घर्षमा रहेको सर्वविदितै छ । सङ्गठनका केन्द्रिय सदस्य त...
नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादको उदात्त आदर्श प्राप्तिका लागि हामीले जनयुद्धको थालनी गरेका थियौं : माेहन वैद्य “किरण”

नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादको उदात्त आदर्श प्राप्तिका लागि हामीले जनयुद्धको थालनी गरेका थियौं : माेहन वैद्य “किरण”

राजनीति, विचार, शिक्षा
आज देशैभर जनयुद्ध दिवस मनाउँदै हुनुहुन्छ, जनयुद्धको एकजना पहलकर्ताको हैसियतले यसको आवश्यकता, महत्व र औचित्यमाथि प्रकाश पारिदिनुस् न ?–सर्वप्रथम त यहाँहरुलाई जनयुद्धको शुभकामना छ । यही मिडियामार्फत् सबै कमरेडहरु, शुभेच्छुकहरु र आम जनतामा जनयुद्ध दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु । जनयुद्ध नेपालमा सामन्तवाद, विस्तारवाद र साम्राज्यवादद्वारा हुँदै आएको उत्पीडनका विरुद्ध देशलाई अर्धसामन्ती, अर्धऔपनिवेशिक अवस्थाबाट मुक्त गरेर नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादको उदात्त आदर्श प्राप्तिका लागि हामीले जनयुद्धको थालनी गरेका थियौं । यसको औचित्य के छ भन्ने जहाँसम्म प्रश्न छ– वास्तवमा शोषित पीडित तथा सर्वहारा वर्ग, किसान, मजदुर, महिला, दलित, मधेसी, आदिवासी जनजाति, मुस्लिम, उत्पीडित क्षेत्रका जनता लगायत राष्ट्रिय पुँजीपतिवर्गसम्मको मुक्तिको लागि, राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित समस्याह...
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले गर्याे जनयुद्ध दिवसमा ऐक्यबद्धता

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले गर्याे जनयुद्ध दिवसमा ऐक्यबद्धता

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
आज फागुन १ गते । क्रान्तिकारी माओवादी पार्टीहरु , जनवर्गीय संगठनहरु र आम मुक्तिकाी जनसमुदायले देशव्यापी रुपमा २९ आौं जनयुद्ध दिवस धुमधामका साथ मनाउन गइरहेका छन् । यसमा हाम्रो विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको ऐक्यबद्धता रहेको छ । विक्रम सम्बत २०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) ले सञ्चालन गरेको दस वर्षे सशस्त्र जनयुद्ध तत्कालीन नेपाली समाजको राजनीतिक , आर्थिक , सामाजिक,साँस्कृतिक लगायत वर्गीय क्षेत्रीय,लिङ्गीय समेतका विभेदहरुको आमूल परिवर्तन जनताको नयाँ जनवादी व्यवस्था हुँदै वैज्ञानिक समाजवादमा पुगेर वैज्ञानिक साम्यवादमा पुग्ने बाटो तय गर्ने महान् उद्श्येका साथ सञ्चालन गरिएको समग्र वर्गयुध्द थियो । फलस्वरूप त्यसबाट नेपाली जनता र नेपाल राष्ट्रलाई  महत्त्वपूर्ण उपलब्धिहरु प्राप्त भएक...
ऐतिहासिक महान जनयुद्ध जिन्दावाद

ऐतिहासिक महान जनयुद्ध जिन्दावाद

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, संस्कृति, समाचार
आज फागुन १ गते अर्थात जनयुद्ध दिवस सम्पूर्ण न्यायप्रेमी जनसमुदाय, श्रमिक वर्ग र क्रान्तिकारी मालेमावादी शक्तिहरू २९ औँ जनयुद्ध दिवस मनाइरहेका छन् । नेपालको जनयुद्ध नेपाली जनताले मालेमावादी दर्शनमा आधारित रहेर आफ्नो वर्गको मुक्तिका लागि लडेको महान् वर्गयुद्ध हो । जनयुद्धको उद्देश्य पूरा नहोउन्जेल अर्थात् नेपालबाट सामन्तवादका अवशेषहरू, दलाल पुँजीवादी संसद्‌वाद, साम्राज्यवाद, सबैखाले प्रतिक्रियावाद, अवसरवाद, संशोधनवाद, अकर्मण्यतावाद, गोलचक्करवादलगायत क्रान्तिविरोधी शक्तिहरूको पराजय नहुँदासम्म र नेपाली जनताले मुक्तिको सास फेर्ने वैज्ञानिक समाजवाद स्थापना नहोउन्जेलसम्म यो जारी छ, जारी रहनेछ । महान् जनयु्द्धमा बलिदान गर्ने महान् सहिदका परिवारजनहरू, बेपत्ता योद्धाका परिवार तथा घाइते योद्धाहरू, जनयुद्धमा लामबद्ध शक्ति, समर्थक, शुभचिन्तक सबैमा हामी २९ औँ महान् जनयुद्ध दिवसको हार्दिक शुभकामना प्रक...
जनयुद्ध दिवस मनाउछाै : प्रधानमन्त्री दाहाल

जनयुद्ध दिवस मनाउछाै : प्रधानमन्त्री दाहाल

Breaking News, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौं :नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवस मनाउने बतायका छन ।उनले अहिले सरकारको राम्रो कामको प्रभाव परेको बताउँदै माओवादीले जनयुद्ध दिवस मनाएरै छाड्ने बताए । कांग्रेसबाट आफूहरुले धोका पाएको बताएका छन् ।कोसी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै उनले भने, “कांग्रेसबाट धोका भयो, गठबन्धनमा समीक्षा हुन्छ । हामी इमान्दार भयौँ । गठबन्धनबाट जहिले नै धोका भइरहेको छ ।” केन्द्रीय कमिटीको बैठकमा उनले यस्तो बताएको स्रोतले जानकारी दियो । “अदालतको सम्मान गर्छौं, भोलि जनयुद्ध दिवस पनि मनाउछौँ,” उनले भने ।...
भ्रष्टचार गरेको आरोपमा उपभोक्त समितिका सचिवलाई चप्पलकाे माला र कालाे माेसाे

भ्रष्टचार गरेको आरोपमा उपभोक्त समितिका सचिवलाई चप्पलकाे माला र कालाे माेसाे

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ३ स्थीत चौड सिचाँई कुलो  उपभोक्ता समितिमा आर्थिक अनियमितता गरेको आरोपमा सचिवलाई क्रन्तिकारी युवा संगठन नेपाल प्रदेश नम्बर ७ समितिले कालोमोसो दलि चप्पलकाे माला लगाएर जनकारबाही गरेको छ ।स्रोतका अनुसार उपभोक्ता समितिमा भ्रष्टचार गरेको, बिल बढाएर सामान खरीद आर्थिक अनियमितता गरेको, फर्जि बिल हालेको आरोप तथा जनगुनासो आएपछी उपभोक्ता समितिका सचिव  जयसिंह महरलाई कालोमोसो दलि जुत्ताको माला लगाएर जनकारबाही गरेको हो । पछिल्लो समयमा जनप्रतिनिधिको मिलेमतोमा उपभोक्ता समितिमा ब्यापक भ्रष्टचार हुँदै आएको जनगुनासो छ । क्रन्तिकारी युवा संगठन प्रदेश नम्बर ७ ले भ्रष्टचारमा संलग्न कर्मचारी, जनप्रतिनिधिलाई पहिलो चरणमा चेतावनी स्वरुप कालोमोसो दल्ने, जुत्ताको माला लगाउने र फेरी पनी नसुध्रीय भौतिक जनकारबाही गर्न बाध्य हुने संगठनका एक सदस्यले जानकारी दिय। पछिललो ...
आरसिपि नेपालले २९ औँ जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरि मनाउने

आरसिपि नेपालले २९ औँ जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरि मनाउने

Breaking News, राजनीति, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले २९ औँ जनयुद्ध दिवस काठमाडौँ उपत्यका लगायत देशैभर विभिन्न कार्यक्रमका बीच भव्य रूपमा मनाउने तयारी गरेको छ । पार्टीको केन्द्रीय कार्यालयले माघ मसान्तका दिन देशभर जनयुद्ध दिवसको अवसरमा दिपावली गर्न सर्कुलर गरेको छ । जनयुद्धको पूर्वसन्ध्यामा देशैभर क्रान्तिकारी कम्युनिस्ट पार्टीले दीपावली गर्ने र काठमाडौँ उपत्यकामा भने मशाल जुलुस गर्ने तयारी गरिएको छ । फागुन १ गते काठमाडौँ उपत्यकामा पार्टीको केन्द्रीय समितिको आयोजनामा विशेष कार्यक्रम हुँदैछ । पार्टीका अध्यक्ष मोहन वैद्य ‘किरण’ लगायत शीर्ष नेतृत्वहरूको उपस्थितिमा पार्टी कार्यालय कुपण्डोलमा दिनको १२ बजे उक्त समारोह सुरू गरिने पार्टी कार्यालयले जानकारी दिएको छ । त्यसैगरी उपत्यका बाहिर सात वटै प्रदेश र जिल्लाहरूमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रूपमा जनयुद्ध दिवस मनाउने कार्यक्रम रहेको ...