काठमाडौं :नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को नवौँ महाधिवेशन ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्दै बिहिवार सम्पन्न भयकाे छ ।
गत माघ ४ गते राष्ट्रिय नाचघरमा उद्घाटन गर्दै शुरु भएको नेकपा (बहुमत)काे ) को नवौँ महाधिवेसन माघ ५ गतेबाट कीर्तिपुरको अडिटोरियम हलमा शुरु भएको बन्द सत्रमा १६ वटा समूहले दस्तावेज र विधान पारित गरिसकेपछि बन्द सत्रका अध्यक्ष मण्डलका अध्यक्ष दीर्घराज पाण्डेले आयोजक समिति विघटनको घोषणा गरेका थिय। अध्यक्ष मण्डललाई निर्वाचन मण्डलमा परिणत गरिएको थियो । त्यसको लगत्तै अध्यक्ष मण्डलका सदस्य सरला रेग्मीले केन्द्रीय समिति सदस्यको सङ्ख्या ९९ को प्रस्ताव गरेकी थिइन् । उक्त सङ्ख्यालाई हलले ताली बजाएर पारित गरेको थियो ।त्यसको लगत्तै सरला रेग्मीले ९९ जना केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेकी थिइन् ।
केन्द्रीय सदस्यमा उदयबहादुर चलाउने ´दिपक`, गुणराज लोहनी, प्रकाश धमला ‘गम्भीर’, शरद रसाइली ,दीपेन्द्र चलाउने, अनन्त केसी, मिलन राई, तिलक पुन, सागर लिम्बु ,नरेन्द्र विश्वकर्मा, गोकुल पराजुली,लोकेन्द्र विश्वकर्मा ‘सुजन आयाम’,वीरेन्द्र शाह, झलक विश्वकर्मा, हरिष भट्ट, सङ्गम आरसी, डिडि पाण्डे, रुपा बुढामगर, कुमाल सिलवाल ‘दिल’, अमृत केसी, गौरी मण्डल, हरि चन्द, रेखा खनाल, अञ्जना तामाङ (मकवानपुर), रोजन रखाल (भक्तपुर), प्रेमबहादुर चलाउने ‘अनन्त’, कृष्ण शाह ‘परिवर्तन’, शक्ति परियार (बर्दिया) निर्वाचित भएका छन् ।
त्यस्तै निर्मल राई, बाबुराम गजमेर ‘आजाद’, उषाकिरण आजाद, रामबहादुर तिरुवा, कमल बुढा, डिबि बुढाथोकी, गणेश रैकाल, तेपन्द्र टिमिल्सैना, अर्जुन दयाल (कञ्चनपुर), प्रेमप्रकाश ओली, ‘धमिल’, यमराज खडका, दर्शन नेपाली, विक्रम पौडेल, अमर खडका, कुमार राईसहित ९९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
महाधिवेशनले जेष्ठ सदस्य जटिलको अध्यक्षतामा पहिलो बैठक बसी महासचिवमा कञ्चनलाई निर्वाचित गरेको थियो । निर्वाचन मण्डलका प्रमुख दीर्घराज पाण्डेले नवनिर्वाचित समितिलाई सपथ ग्रहण गराएका थिए ।
नवनिर्वाचित समितिलाई आयोजक समितिका सदस्य मामाले शुभकामना दिएका थिए । नवनिर्वाचित महासचिवले महाधिवेशन समापन गरेका थिए । समापनसँगै नारा लगाउदै महाधिवेशन सम्पन भयकाे थियाे ।