जाजरकोट :जाजरकोट जिल्लाको बारेकोट गाउपालिमा एक बालिकाको घाँटी रेटेर हत्या ।
प्रहरीका अनुसार बारेकोट गाँउपालिका ७ स्याला निवासी शिव बहादुर सार्कीकी तीन बर्षिया छोरी अस्मिता सार्कीको घाँटी रेटेर हत्या गरेका छन।
बारेकोट गाँउपालिका ६ टाँसीका सर्जन सार्कीका १२ बर्षिय छोरा विरेन्द्र नेपालीले ति बालिकाको हत्या गरेको प्रहरीले जनाएको छ । विहिवार साँझ खेल्ने क्रममा ति बालिकाको हत्या भएको थियो । आफन्तले राती १० बजे मात्र घटनाबारे जानकारी पाएका थिए । ति बालकलाई शुक्रवार नै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेले बताए । डिएस्पी पाण्डेका अनुसार बालकले बालिकालाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिन्छ । घाँटीमा करीब ६ सेन्टीमिटर गहिरो गरि काटिएको छ ।
‘रेफ गर्ने प्रयास गर्दा बालिका कराएपछि चक्कु प्रहार गरेको र मुख थुनेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । रेफ नै भएको देखिदैन । तर प्रयास गरेको अनुमान गर्न सकिन्छ,’ डिएस्पी पाण्डेले भने ‘घटना निकै हृदयविदारक छ । अहिलेका बालबालिकाको बढ्दो मोवाइलको प्रयोग, मोवाइलमा खेलिने अपराधिक खालका गेम लगायतको प्रभावले अपराधिक मानसिकताको विकास गराईरहेको देखिन्छ । यो घटना पनि त्यसको उपज हो ।’ चार कक्षामा अध्ययनरत ति बालक आफ्नो घरबाट भिनाजुको घरमा पाहुन गएका थिए । हत्या गरिएकी ति बालिका भिनाजुको भाईको छोरी नाताले भान्जी पर्ने हुन् । हत्या पछि भागेर ति बालक आफ्नो घर गएका थिए । प्रहरीले उनलाई नियन्त्रणमा लिएर बालनिगरानी कक्षमा राखेको छ ।