काठमाडौं :नेकपा माओबादि केन्द्र निकट अखिल ( क्रान्तिकारी) को केन्द्रिय उपाध्यक्षमा महेश अधिकारीले उम्मेदवारी दिएका छन । आगामी माघ १२ गते बाट सुरु हुने नेतृत्व चयनमा उनले खस आर्य तर्फकाे केन्द्रीय उपाध्यक्ष पदका लागि मनाेनयन दर्ता गरेका हुन ।
जाजरकोट जिल्लाको छेडागाड -६ पजारुमा जन्मिएका अधिकारीले अनेरास्ववियू ( क्रान्तिकारी ) मा हाल सम्मको निम्न जिम्मेवारी कुशलतापुर्वक निभाएका छन –
१) कक्षा – ६ मा पढ्दा ( २०६३ ) मा.बि. इकाई कमिटी अध्यक्ष
(२०६३/२०६६) सम्म अध्यक्ष १० कक्षा सम्म ,
२) कक्षा- ११ -१२ मा पढ्दा ( २०६६- ६९ )जाजरकोट -काठमाडौं सम्पर्क समिति उपाध्यक्ष
३)काठमाडौँ जिल्ला कमिटी सचिव
४)काठमाडौँ विश्वविद्यालय संयोजक
५)काठमाडौँ विश्वविद्यालय इन्चार्ज
६)जाजरकोट जिल्ला इन्चार्ज र
७)१९,२०,२१,२२ ,२३ राष्ट्रिय सम्मेलन प्रतिनिधि भयर महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आयका अधिकारीले कानुन स्नातक, समाजिक कार्यमा स्नातक , पत्रकारीतामा स्नातक , समाजशास्त्रमा स्नातकोत्तर ,राजनीतिशास्त्रमा स्नातकोत्तर सम्माकाे अध्ययन पुरा छन भने हाल त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्र अन्तर्गत एमफियल पिएचडि स्कुाेलर (MPhil-PhD scholar) हुन ।
कलिलो उमेरमा बिद्यार्थी राजनीतिमा छिरेका अधिकारी एक इमानदार, लगनशील र क्रान्तिकारी नेताका रुपमा उदायका छन्।