३१ भाद्र २०८१, सोमबार

माैसम

भुकम्प अपडेट: हाल सम्म जम्मा १३७ जनाकाे मृत्युु भयकाे पुष्टि

भुकम्प अपडेट: हाल सम्म जम्मा १३७ जनाकाे मृत्युु भयकाे पुष्टि

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट ।भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या १ सय ३७ पुगेको छ । दिउँसो २:१५ को अपडेट अनुसार जाजरकोटमा मात्र ६९ महिला र ३० पुरुष गरी ९९ जनाको मृत्यु भएको छ । त्यसैगरी रुकुम पश्चिममा १९ महिला र १९ पुरुष गरी ३८ जनाको मृत्यु भएको हो । दुवै जिल्लाको मृतकको सङ्ख्या जोड्दा १३८ पुगेको हो । त्यस्तै जाजरकोटमा ८१ जना घाइते भएका छन् भने रुकुम पश्चिममा ७५ जना घाइते भएका छन् । भूकम्पबाट दैलेखमा २, सल्यानमा १ र जुम्लामा ५ जना घाइते भएका छन् ।  गएराति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।...
धादिङ केन्द्र बिन्दु भयर ६.१ म्याग्निच्युटकाे भुकम्प गयकाे पुष्टि

धादिङ केन्द्र बिन्दु भयर ६.१ म्याग्निच्युटकाे भुकम्प गयकाे पुष्टि

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं। धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ। आइतबार बिहान ७ बजेर ३९ मिनेटमा सो भूकम्प गएको हाे।  
काठमाडौंमा ७:३९ मा भुकम्प काे धक्का

काठमाडौंमा ७:३९ मा भुकम्प काे धक्का

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।काठमाडौं उपत्यकामा ७:३९ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।
प्रधानमन्त्री दाहाल भुकम्पले क्षतिग्रस्त स्थल बझाङ जाँदै

प्रधानमन्त्री दाहाल भुकम्पले क्षतिग्रस्त स्थल बझाङ जाँदै

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" आज भुकम्पले क्षति ग्रस्त भयकाे ठाउँमा, स्थलगत अध्यनका लागि बझाङ जादैछन । प्रधानमन्त्री सहित १८ जनाकाे टाेलि आज बझाङ जादै छ । प्रधानमन्त्री का साथमा उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठ ,परराष्ट्रमन्त्री एनपि साउद , सांसद भानुभक्त जाेशी, गृह सचिव , राष्ट्रिय बिपद् जाेखिम न्युनिकरण प्राधिकरणका प्रमुख लगायतकाे टिम जादैछन । गत मंगलबार बझाङको तालकोट केन्द्रविन्दु भएर ५.३ र चैनपुर केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भुकम्प मा परि २७ जना घाइते भयका छन भने एक जनाकाे मृत्यु भयकाे छ । प्रदेश भरि ७६ वटा निजि घर तथा एउटा  सरकारी कार्यलय पुर्ण रुपमा क्षति भयकाे छ भने ३ सय १ निजि घर र ३२ वटा सरकारी कार्यलयमा आंशिक क्षति पुगेकाे सुदुरपश्चिम  कार्य संचालन केन्द्रले जनायकाे छ । बझाङमा गत मंगलबारको भूकम्पपछि परकम्प जाने क...
सुदुरपश्चिमकाे बझाङ केन्द्र बिन्दु भयर ६.३ रेक्टर स्केलकाे भुकम्प गयाे

सुदुरपश्चिमकाे बझाङ केन्द्र बिन्दु भयर ६.३ रेक्टर स्केलकाे भुकम्प गयाे

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
काठमाडौं ।आज दिउसाे सुदुरपश्चिम केन्द्र बिन्दु भयर भुकम्प गयकाे छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको हाे ।त्यसको २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रविन्दु भएर ६.३ रेक्टर स्केलको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भरतबहादुर शाहले जिल्लाको छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा भूकम्पमा परेर दुई जना घाइते भएको प्रारम्भिक जानकारी आएको जानकारी दिए । स्थानीय बासिन्दाले दुई जना घाइते भएको प्रहरीलाई जानकारी गराएपनि उनीहरुको परिचय र अवस्था भने नखुलेको प्रहरी नायब उपरीक्षक शाहले बताए । भूकम्पका कारण ठाउँ÷ठाउँमा भवनहरु भत्किएको खबर आइरहेपनि विस्तृत विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।...
जाजरकोटमा चट्याङ् लागेर भैंसी र गाेरु मरे, किसान चिन्तित

जाजरकोटमा चट्याङ् लागेर भैंसी र गाेरु मरे, किसान चिन्तित

Breaking News, अर्थवाणिज्य, कृषि, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट । जाजरकोट जिल्लामा चट्याङ लागेर दुईवटा भैंसी र दुईवटा गाेरु मरेका छन । शनिबार साँझ परेकाे अविरल वर्षा र चट्याङ ले  जिल्लाको  नलगाड नगरपालिका वडा नं ३ परिकरूवाका खम्ब प्रसाद थापाको गाेठमा  परेको पानी र चट्टयाङका कारण दुईवटा भैंसी मरेका हुन । उता कुशे गाउपालिका वडा न २ माने टाेलमा बस्ने कर्ण बहादुर शाहिका दुईवटा गाेरु पनि चट्याङ लागेर मरेका छन  । दुहुनो भैंसी र सिजनकाे बेला खेति गर्नका लागि पालियका गाेरु मरे पछि किसान चिन्तित छन । जाजरकोटमा पटक-पटक चट्याङले क्षति पुर्‍याउदै आयकाे छ ।, केही बर्षि पहिले  एक जना र केही महिना अगाडि बारेकाेटमा २ जना महिलाको चट्याङ लागेर मृत्यु भयकाे थियाे । केही बर्ष पहिले कुशे पाटनमा चट्याङ लागेर सयाैंकाे संख्यामा भेडा बाख्राहरु पनि मरेका थिय । पटक-पटक प्राकृतिक प्रकाेपका कारण साँस्ती पाईरहेका जाजरकोट बासिका लागि याे अति नै दुखदायी क्षण हाे ...
घाँस काट्ने क्रममा भारतमा एक नेपाली काे मृत्युु

घाँस काट्ने क्रममा भारतमा एक नेपाली काे मृत्युु

माैसम, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट। जाजरकोट जिल्ला कुशे गाउँपालिका वडा न. ७ समाकोटका अन्दाजी ४५ बर्षका निम ब सिंहको कामको शिलशिलामा भारतको गौरिकुन्ड भन्ने ठाउमा घासँ काट्ने क्रममा भिरबाट लडेर मृत्यु भयकाे छ । भारतमा राेजगारीकाे सिलसिलामा गएका सिंह लामाे समय भारतकाे गाैरिकुन्ड भन्ने ठाउमा बस्दै आफ्नो जिविका चलाईरहेका थिय । घाँस काटने क्रममा चिप्लिएर भिरबाट लडे पछि टाकाेमा गम्भीर चाेट लागेपछि सिंहकाे मृत्यु भयकाे त्यहाबाट धन बहादुर सिंह ले तुफान न्युज डटकमलाई जानकारी दियका दिय।...
बेपत्ता मेजरकाे १६ दिन पछि भेरि नदिमा सव भेट्टियाे

बेपत्ता मेजरकाे १६ दिन पछि भेरि नदिमा सव भेट्टियाे

Breaking News, माैसम, राष्ट्रिय, समाचार
काठमाडौं ।गत भदौ ११ गतेदेखि बेपत्ता डोल्पाको दुनैस्थित नन्दबक्स गुल्मका मेजर बिमल पण्डितको शव मंगलबार भेरी नदीमा भेटिएको छ। त्रिपुरासुन्दरी नगरपालिका-५ अन्तर्गत पर्ने करबगाडस्थित चिन्ढेबगरनजिक भेरीको किनारमा मेजर पण्डितको मृत शव फेला परेको हो। भेरीमा माछा मार्न जाल खेल्दै जाने क्रममा मंगलबार बिहान ६ बजेतिर त्रिपुरासुन्दरी-५ का परिमल भनिने शिवकमल सार्कीले चिण्ढेबगरस्थित भेरी किनारमा शव देखेपछि खदाङ्गस्थित प्रहरी चौकीमा खबर गरेका थिए। दुईवटा ढुङ्गाको खोल्सामा ठूलो ज्यान भएको बायाँ हातमा घडी र दायाँ हातको कान्छी औँलामा औठी देखेपछि मेजरको शव हुन सक्ने भनेर चौकीमा खबर गरेको सार्कीले बताए। सार्कीले खबर गर्नेबित्तिकै खदाङ्ग प्रहरीले जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिएको थियो। त्यसलगत्तै प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीको कमाण्डमा एउटा टोली खटिएको थियो। उद्धार सामाग्रीसहित नेपाली से...
अबिरल बर्षाले भत्किएको घर श्रमदान गरेर पन्छ्याउदै

अबिरल बर्षाले भत्किएको घर श्रमदान गरेर पन्छ्याउदै

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
रामेछाप । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका ३ प्रदेश कमिटी सदस्य झनक श्रेष्ठ तथा पुर्ब जनमुक्ति सेनाका कमान्डर (शक्ति) को अविरल बर्षाका कारण क्षति हुन पुगेको घर जिल्ला पार्टीकाे पहलमा पन्छाउदै । रामेछाप जिल्लाको रामपुर स्थित चारघरेमा लगातार परेकाे अबिरल बर्षाका कारण भत्किएको घरलाई पन्छ्याउनका लागि रामेछाप जिल्ला समितिका इन्चार्ज  लाङ्घालि, संयोजक कृष्ण सेवा र अखिल नेपाल महिला संगठन कि संयोजक सिता लगायतकाे टिमले श्रमदान गरेर घरमा रहेकाे सबै सामानकाे ब्यवस्थापन गरियकाे र  भत्किएको घरलाई पन्छाएर पुन नया घर बनाउन पहल गरिने बतायका छन । ...
आज देशका मध्य भुभागमा भारि बर्षाकाे हुने

आज देशका मध्य भुभागमा भारि बर्षाकाे हुने

Breaking News, माैसम, राष्ट्रिय, समाचार
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको बताएको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानको उत्तरतिर अवस्थित र पूर्वी भू-भागमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागको थोरै स्थान तथा देशका बाँकी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम ...