
भिटोफ-नेपालले रसुवामा रोपाइँ महोत्सव गर्ने
- माधव घिमिरे 'अटल'
'समुन्नत नेपालको प्राथमिक आधार,पर्यटन र कृषि नेपाली अर्थतन्त्रका जराधार' भन्ने नाराका साथ गाउँ पर्यटन प्रवर्धन मञ्च-नेपाल (भिटोफ-नेपाल)ले ग्रामीण भेगमा पर्यटकलाई आकर्षित गर्ने आफ्नो मूल उद्देश्य बमोजिम यही असार १५ गते रसुवाको जिबजिबेमा रोपाइँ महोत्सव-२०८२ आयोजना गर्ने बताएको छ ।
महोत्सवका संयोजक तथा भिटोफ-नेपालका द्वितीय उपाध्यक्ष मनहरि दाहालका अनुसार स्थानीय संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले गाउँ पर्यटन प्रवर्धन मञ्च-नेपाल र कालिका गाउँपालिकाले संयुक्त रूपमा सो महोत्सवको आयोजना गर्ने छन् । उता नेपाल पर्यटन बोर्डले चाहिँ सो कार्यक्रमको प्रायोजन र प्रवर्द्धन गर्ने छ । हरेक वर्षझैँ यस वर्ष पनि रोपाइँ महोत्सव आयोजना गर्न लागेको सहर्ष जानकारी गराउँदै संयोजक दाहालले सम्पूर्ण पर्यटन सम्बद्ध व्यक्तित्वहरूलाई सहभागी भई कार्यक्रम सफल पार्न आग्रह गरेका छन् ।
...