४ आश्विन २०८१, शुक्रबार

अर्थवाणिज्य

चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता

चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं ।चार दिने भारत भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार साँझ स्वदेश फर्किएका छन् । शनिबार साँझ उनी नेपाल वायु सेवा निगमको विमानबाट काठमाडौं आएका हुन् । गत बुधबार भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा ऊर्जा ब्यापार सम्झौतालगायत विभिन्न सम्झौता तथा समझदारी भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनले प्रतिनिधिमण्डलस्तर र वान अन वान पनि भेटवार्ता गरेका थिए । त्यस्तै उनले भारतको इन्दोरमा फोहोर व्यवस्थापन प्रणालीको पनि अवलोकन गरेका थिए । प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा नेपाली समुदायसँग भेट गर्नुका साथै भारतका निजी क्षेत्रका प्रतिनिधिसँग पनि भेटवार्ता गरेका थिए ।  ...
नेपाल बिद्यालय कर्मचारी परिषद जाजरकोटले जेठ २१ देखि आन्दोलन गर्ने

नेपाल बिद्यालय कर्मचारी परिषद जाजरकोटले जेठ २१ देखि आन्दोलन गर्ने

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट ।सामुदायिक बिद्यालयमा न्यून वेतनमा कार्यरत कर्मचारी हरुकाे पुर्ण  सेवा सुबिधा सहित पेशागत स्थायित्वकाे बिषयक नेपाल सरकारकाे नीति तथा कार्यक्रमकाे बुदा नं.१२७मा उल्लेख भयकाे, तर नेपालसरकारकाेआ.व.२०८०/०८१काे बजेटमा नसमेटियकाेले परिषद्काे केन्द्रीय कार्यक्रम अनुसार नेपाल बिद्यालय कर्मचारी परिषद जाजरकोट समितिले जेठ २१ गते शिक्षा बिकास तथा समन्वय इकाई जाजरकोट काे कार्यलयमा धर्ना दिने जनाएको छ । परिषदका जिल्ला अध्यक्ष नैन बहादुर रानाद्वारा हस्ताक्षरित पत्रमा जिल्लाका सबै सामुदायिक बिद्यालयका  वेतनमा रहेका कर्मचारी हरुलाई उक्त कार्यक्रम उपस्थितिका लागि आव्हान गरियकाे र कार्यक्रम २१देखि २६ गते सम्म रहने अध्यक्ष रानाले तुफान न्युज डटकमलाई जानकारी दिनुभयो । नेपाल सरकारले यथासक्य बजेटमा  संशोधन गरि बिद्यालयका कर्मचारीहरुकाे सेवा सुविधामा सम्बाेधन गरियाेस र यदि नभयमा थप संघर्षका कार्यक्रम ...
भ्रामक समाचार प्रति गम्भीर ध्यानाकर्षण  : छेडागाड नगरपालिका

भ्रामक समाचार प्रति गम्भीर ध्यानाकर्षण : छेडागाड नगरपालिका

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विचार, समाचार
जाजरकोट । छेडागाड नगरपालिकाले गरेका कार्यक्रम र भुक्तानीको विषयमा केही दिन यता पत्रपत्रिका तथा अनलाइन मिडियाबाट प्रकाशित सामाचार प्रति गम्भिर ध्यानाकर्षण भएको बताएको छ । नगरपालिका कार्यालयले एक विज्ञप्ति जारी गर्दै विभिन्न कार्यक्रमहरु र त्यसमा भुक्तानीको विषयमा केही पत्रपत्रिका तथा अनलाइन मिडियाबाट प्रकाशित सामाचार र सामाजिक संजालमा नकारात्मक टिप्पणीहरु सार्वजनिक गरिएकोमा यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ । आ.व. २०७९/८० को लागि भएको नगरसभा, त्यतिवेलाका विभिन्न विषयगत समितिहरु, वार्षिक समीक्षा गोष्ठी, सार्वजनिक सुनुवाई कार्यक्रम, विभिन्न निकायहरुको अनुगमन खर्च, नवनिर्वाचित पदाधिकारीहरुको स्वागत तथा पुरानो जनप्रतिनिधीहरुको विदाई, भूमी आयोगको पटक पटकका बैठकहरु, त्यतिवेलाका केही कार्यपालिकाका बैठकहरु, प्रहरी चौकी उदघाटन, कर्मचारीहरुको नियमित बैठक, कार्यालयको सामान्य खाजा खर्च लग...
भारतकाे नक्सा बारे: एमाले अध्यक्ष ओेली काे आपत्ति

भारतकाे नक्सा बारे: एमाले अध्यक्ष ओेली काे आपत्ति

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद भवनमा नेपालको भूमि समावेश गरिएको नक्सा (मुरल) राख्नु उचित नभएको आपत्ति गरेका छन् । भारतको नयाँ संसद भवनमा काठमा कुँदिएको भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि रहेको भन्ने कुरा सुनिएको भन्दै उनले यदि त्यस्तो हो भने उचित नहुने बताएका हुन् । अखिल नेपाल महिला संघले मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा गरेको कार्यक्रममा उनले भने,‘नेपालको भूमि आफ्नो नक्साभित्र हालेर संसद जस्तो ठाउँमा भारतजस्तो एउटा पुरानो, सुदृढ, नमुना लोकतन्त्र भनिएको देशले त्यो व्यवहार गर्छ भने त्यसलाई उचित भन्न सकिदैन ।’ अध्यक्ष ओलीले प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा उक्त नक्साको विषयमा छलफल हुनुपर्ने बताए । ‘प्रधानमन्त्री जी भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो नक्सा हटाउनुस् । त्यो गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कु...
आ.व.२०८०/०८१का लागि,१७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक

आ.व.२०८०/०८१का लागि,१७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक

Breaking News, अर्थवाणिज्य, पर्यटन, पुर्वाधार, यातायात, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार
काठमाडौं ।सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान विवरण प्रस्तुत गरेका हुन् । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात १७.५५ प्रतिशत विनियोजन गरिएको छ । सो बजेटका लागि १२ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ राजस्वबाट स्रोत जुटाइने भएको छ । त्यस्तै वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड, वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ७५ करोड तथा आन्तरिक ऋणबाट २ खर्ब ४० अर्ब जुटाइने लक्ष्य लिइएको छ । ...
भारतिय संसद भवनकाे नक्शा नेपाल सरकारकाे नाेटिसमा छ: उर्जा मन्त्रि :बस्नेत

भारतिय संसद भवनकाे नक्शा नेपाल सरकारकाे नाेटिसमा छ: उर्जा मन्त्रि :बस्नेत

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं ।ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले भारतीय संसद भवनको नक्सा नेपाल सरकारको नोटिसमा रहेको बताएका छन् । संसदको पूर्वाधार समितिको बैठकमा समिति सदस्यहरूको जिज्ञासामा मन्त्री बस्नेतले भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी पनि राखिएको विषयमा जानकार भएको बताएका हुन् । ‘यो विषय सरकारको नोटिसमा छ,’ मन्त्री बस्नेतले भने, ‘कुन प्रकृतिको हो बुझ्न आवश्यक छ ।’ बैठकमा सांसद ठाकुर गैरले यस विषयमा जिज्ञासा राख्दै भारतीय संसद भवनको नक्सामा नेपालको लुम्बिनी र कपिलबस्तुको नाम पनि रहेको विषय के हो भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । ...
भेरि नगरपालिका वडा न १पिपेमा आधारभूत सिलाई कटाई तालिम संचालन

भेरि नगरपालिका वडा न १पिपेमा आधारभूत सिलाई कटाई तालिम संचालन

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
जाजरकोट । भेरि नगरपालिका वडा न १ पिपेमा ४५ दिने महिला उद्येमशिल आधारभूत सिलाई कटाई तालिम संचालन भयकाे छ । भेरि नगरपालिका खलंगा जाजरकोटकाे आर्थिक सहयाेगमा संचालन भयकाे उक्त तालिमलाई वडा न १ ले समन्वय गरेकाे छ भने दिल टेलर्स भेनपा १ ले आयाेजककाे जिम्मा लिई २ जना प्रशिक्षक ,दिनेश परियार र गणेश परियारलाई ताेकि तालिम संचालन भयकाे  हाे । महिलाहरुलाई सीप सिकाई उद्धमशिल तथा आत्मनिर्भर बनाउनका लागि तालिम संचालन गरियकाे वडा अध्यक्ष दिपक रानाले बताय । आधारभूत तालिममा २५जना महिलाहरुले सीप सिकिरहेका छन । तालिम असाढ २० गते सम्म संचालन हुनेछ बताएको छ । उक्त तालिमका लागि भेरि नगरपालिकाले ३लाख ५० हजार सहयाेग गरेकाे छ भने ५५हजार दिल टेलर्सले ब्यहाेर्ने गरि जम्मा ४ लाख ५ हजार लागतमा विभिन्न सिकाई सम्बन्धि  प्राबिधिक सामान खरिद र सहभागिलाई खाजाकाे र भत्ताको ब्यवस्था गरि तालिम संचालन गरियकाे संचालक  द...
इच्छुक प्रतिष्ठानबाट चारजना पुरस्कृत

इच्छुक प्रतिष्ठानबाट चारजना पुरस्कृत

Breaking News, अर्थवाणिज्य, मनाेरन्जन, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौं ।इच्छुक सांस्कृतिक प्रतिष्ठानकाे आयाेजनामा २२ ओैं इच्छुक स्मृति तथा सांस्कृतिक वलिदान दिवस एवम् पुरस्कार सम्मान समारोह सम्पन्न भएकाे छ । काठमाडौं -२९ घट्टेकुलाे स्थित प्रतिष्ठानकाे आफ्नै भवनकाे इच्छुक प्रेक्षालयमा आयाेजित कार्यक्रममा प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आयकाे इच्छुक पुरस्कार तथा सम्मान यस वर्ष पनि चारजनालाई प्रदान गरेको हाे । प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ताराकान्त पाण्डे्यकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका संरक्षक समेत रहेका वरिष्ठ मार्क्सवादी साैन्दर्य चिन्तक चैतन्यबाट उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको प्रतिष्ठानका सदस्यसचिव प्रगतिवादी कवि मित्रलाल पंज्ञानीले बताए । “इच्छुक स्मृति पुरस्कार -२०७९” यसवर्ष नेपाली भाषी भुटानी साहित्यकार तुम्केहाङ लिम्बू र स्याङ्जाका साहित्यकार देवेन्द्र लम्साललाई संयुक्तरूपमा प्रदान गरिएकाे छ । त्यसैगरी “इच्छ...
स्वास्थ्यकर्मीलाई दु:खी बनाएर, बनाउने स्वस्थपुर्ण र सुखी नेपाल कस्तो होला?

स्वास्थ्यकर्मीलाई दु:खी बनाएर, बनाउने स्वस्थपुर्ण र सुखी नेपाल कस्तो होला?

Breaking News, अर्थवाणिज्य, राजनीति, विचार, शिक्षा, समाचार, स्वास्थ
१ समायोजनको सकस :समायोजन ऐन २०७५ बमोजिम स्वास्थ्यका चौथो तह देखी माथीका करिब २६,७१७ कर्मचारीहरूको २०७६ असोजको तेस्रो साताको सुरूवातमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन गर्यो । समायोजन भद्रगोल हुन पुग्यो । सफ्टवयरको प्रयोग गरी समायोजन बैज्ञानिक बनाउने भनेपनि समायोजन अबैज्ञानिक र जबरजस्ती  शैलीमा भयो भन्ने कुरा अहिले सम्मको अस्तब्यस्तता बाट पनी जगजाहेर नै छ। सरकारले स्वास्थ्य सेवा पृथक र महत्वपुर्ण सेवा हो भन्ने मान्यता राखी यसलाइ अली बिशेस महत्व दियर स्वास्थकर्मी हरू संग प्रयाप्त छलफल गरी,बहस गरी, स्वास्थ्यकर्मीका तमाम समस्या समाधान गर्दै,स्वास्थ्य कर्मीहरूको लागी छुट्टै बैज्ञानिक सफ्टवयरको निर्माण गरी समायोजन गरेको भए सायद कर्मचारीहरू पनि खुसी,उत्साहित र उत्प्रेरित भयर समायोजन भएको ठाउमा जान्थे होला तर यउटा अविभावकबाट नै मुढेबलमा जबर्जस्ती घोग्रेठ्याक लगाउने काम गरीयो ।यो स्वास्थ्...
कर्णाली प्रदेशकाे बजेट प्राथमिकता पेश, समृद्धि र सुखारी कर्णाली बनाउने मन्त्री सिंह

कर्णाली प्रदेशकाे बजेट प्राथमिकता पेश, समृद्धि र सुखारी कर्णाली बनाउने मन्त्री सिंह

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, समाचार, स्वास्थ
सुर्खेत । कर्णाली प्रदेश  सरकारले आर्थिक वर्ष २०८०-०८१ को बजेटका प्राथमिकता, नीति र सिद्धान्त पेश गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले बिहीबार बजेट अधिवेशनको दोस्रो बैठकमा बजेटका प्राथमिकता र सिद्धान्त पेश गरेका हुन् । कर्णालीको गरिबी र भोकमरीलाई अन्त्य गर्दै ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’को दीर्घकालीन लक्ष्य प्राप्ति गर्नेगरी आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने अर्थमन्त्री सिंहले बताए । ‘आर्थिक, सामाजिक रुपान्तरण, समतामूलक समाज र सामाजिक न्याय सुनिश्चित गर्न शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार त्यसका लागि पूर्वाधार भन्ने मूल मर्मका साथ आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तर्जुमा गरिने छ’, अर्थमन्त्री सिंहले बजेटका प्राथमिकता पेश गर्दै भने । सिंहले कर्णालीको भौगोलिक अवस्थालाई ध्यानमा राखी वित्तीय सुशासन कायम गर्दै दिगो विकासलाई प्राथमिकता दिएर बजेट विनियो...