२३ भाद्र २०८१, आईतवार

आरसिपि जाजरकोटले जिल्ला प्रशासन कार्यलयमा ६ बुद्धे माग पत्र पेस गरेकाे छ

जाजरकोट ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला संगठन समिति जाजरकोटले , जिल्ला प्रशासन कार्यलय समक्ष ६ बुद्धे माग पत्र बुझायकाे छ ।

शुक्रबार  प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई पार्टी जिल्ला संयोजक हिमाल र क्रान्तिकारी युवा संगठन नेपालका  संयोजक पदम हमालले उक्त माग पत्र बुझायका हुन ।

माग पत्रमा भनियकाे छ, नलगाड नगरपालिका वडा न  ११ मा एउटै याेजना दुई कार्यलय बाट भुक्तान भयकाे, कुशे गाउपालिका वडा न ८ मा रहेकाे मस्टा प्रा. वि.का प्रअले साढे पाँच लाख बराबरको हिनामिना गरेकाे ,छेडागाड नगरपालिकाले चालीस लाख काे भात खायकाे ,नलगाड बहुमुखी क्याम्पस का प्रमुखले अनियमितता गरेका,संघ र प्रदेशबाट आउने रकमकाे कमिसन लिने गरेकाे र जिल्ला अस्पताल जाजरकोट का सिनियर कर्मचारिले जुनियर कर्मचारिलाई अभद्र ब्यवहार गरेकाे कुरा छानबिन र कार्वाही काे लागि माग पत्र पेस गरियकाे पार्टी संयाेजक हिमालले जानकारि दिय ।

माग पत्र यस्तो छ: