२३ भाद्र २०८१, आईतवार

जिल्ला प्रशासन कार्यलय जाजरकोटले वृहत् सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

जाजरकोट ।जिल्ला प्रशासन कार्यालय जाजरकोटको आयोजनामा वृहत सार्वजनिक सुनुवाई कार्यक्रम हुने भएको छ । असोज १७ गते भेरी नगरपालिका ४ गैरीखालीमा वृहत सार्वजनिक सुनुवाई कार्यक्रम हुने भएको हो ।

प्रशासन कार्यालयमा २०८० भाद्र ८ गते बसेको बैठकले जिल्ला स्थित सबै सरकारी तथा सार्वजनिक निकाय र भेरी नगरपालिका समेत उपस्थित हुने गरी सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने निर्णय भएको थियो । प्रशासनको अगुवाईमा पहिलो पटक जिल्लामा सार्वजनिक सुनुवाई कार्यक्रम हुने भएको छ । जिल्लास्थित सबै सरकारी कार्यालयहरु समेत सहभागी हुने जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

प्रशासनले गरेका सार्वजनिक सेवा प्रवाहका विषय प्रस्तुत गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । सुनार प्रमुख जिल्ला अधिकारी भई जिल्लामा आए यता धेरै सुधारका काम गरेका छन् । विशेष गरी सुशासन र सार्वजनिक सेवा प्रवाहको सवालमा प्रजिअ सुनारले परिवर्तन ल्याउन खोजेको बताए ।

प्रजिअ सुनारकै पहलमा पश्चिम जाजरकोटका जनतालाई लक्षित गरी छेडागाडको मनघाटमा इलाका प्रशासन कार्यालय निर्माण हुने भएको छ ।  सेवाग्राही प्रति जिम्मेवार र जवाफदेही हुनपर्छ भन्ने उदेश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम गर्न लागेको प्रजिअ सुनारको भनाई छ