९ बैशाख २०८१, आईतवार

माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश उपाध्यक्ष महेशकाे निधन

काठमाडौं ।नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवाल ‘महेश’ को निधन भएको छ ।

केही दिनदेखि निमोनियाले संक्रमणले थला परेका बडुवालको उपचारको लागि लखनउँ लिँदै गर्दा बाटोमै निधन भएको हो ।

पार्टीको तीन अभियान क्रममा कार्यक्षेत्र डोटीमा खटिएका महेश स्वास्थ्यमा समस्या देखा परेपछि कैलाली फर्किएर उपचारमा लागेका थिए ।

जनयुद्धकालदेखि पार्टीको इमान्दार सिपाईको रुपमा जिम्मेवारी पूरा गर्दै आएका महेश सामाजिक कार्यमा समेत सहभागी हुँदै आएका थिए ।

जनयुद्धको क्रममा सुर्खेत जेल ब्रकका योद्धा समेत हुन् ।पाँच भाइमध्ये महेश काइला हुन् ।