४ आश्विन २०८१, शुक्रबार

अर्थवाणिज्य

गृहमन्त्रालयमै लेनदेनकाे झगडा भयकाे थियाे : रायमाझी

गृहमन्त्रालयमै लेनदेनकाे झगडा भयकाे थियाे : रायमाझी

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझीले नक्कली शरणार्थी प्रकरणमा संलग्नहरुबीचको लेनदेनका क्रममा गृह मन्त्रालयभित्रै विवाद भएको दाबी गरेका छन् । पक्राउ परेपछि प्रहरीसँगको बयानका क्रममा उनले आफू कामविशेषले गृह मन्त्रालयमा जाँदा लेनदेनको विवाद प्रत्यक्ष रुपमा सुनेको दाबी गरे । कामविशेषले गृह मन्त्रालय गएको बखत स्वकीय सचिवको कार्यालयमा बसिरहेको अवस्थामा इन्द्रजित राईको कार्यकक्षमा छलफल हुँदा ठूलो स्वरमा आवाज आएको हुँदा म पनि कार्यकक्षमा छिरे’, १६ पुस २०७७ को घटना भन्दै उनले बयानमा खुलाएका छन्, ‘त्यहाँ जाँदा इन्द्रजित राई, सानु भण्डारी र केशवप्रसाद दुलालबीच लेनदेन सम्बन्धी विवाद भएको सुनेको हुँ ।’ कार्यकक्षबाट बाहिर निस्केपछि आफूले सानु भण्डारी र केशवप्रसाद दुलाललाई डुप्लिकेट (नक्कली) काम त गरेका छैनौ भनेर सोधेको उनको दाबी छ । त्यसक्रममा उनीहरुले भुटानी शरणार...
सामुदायिक बनबाट समुदायलाई लाभ हुने कार्यक्रम ल्याउछाै : प्रधानमन्त्री दाहाल

सामुदायिक बनबाट समुदायलाई लाभ हुने कार्यक्रम ल्याउछाै : प्रधानमन्त्री दाहाल

Breaking News, अर्थवाणिज्य, पर्यटन, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  वन क्षेत्रको पुनर्संरचना गरी स्थानीय, प्रादेशिक र संघीय सरकारको अधिकार तथा भूमिकाको स्पष्ट व्याख्या गर्ने गरी नीतिगत र कानुनी व्यवस्था गर्ने काममा सरकार अघि बढेकाे प्रतिबद्धता व्यक्त गरेका गरे ।सामुदायिक वनबाट प्राप्त हुने लाभको सदुपयोग गरी समुदायको आयआर्जन र रोजगारी वृद्धि गर्न सरकार लागि परेको बताएका छन् । काठमाडौँमा मंगलबारबाट सुरु भएको सामुदायिक वन उपभोक्ता महासंघको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले मानव र वन्यजन्तुको अन्तरद्वन्द्व व्यवस्थापनका लागि पनि सरकारको ध्यान गइरहेको बताए । प्रधानमन्त्री दाहालले स्थानीय सरकार, प्रादेशिक सरकार र संघीय सरकारले लिने करलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्न पनि सरकारले पहल गर्ने आश्वासन दिए। प्रधानमन्त्री दाहालले भने, ‘मानव र वन्यजन्तुको अन्तरद्वन्द्वको व्यवस्थापनका ...
राष्ट्रिय हित ,र स्वाधीनतामा घात हुने कुनै सम्झाैता हुदैन : प्रधानमन्त्री  दाहाल

राष्ट्रिय हित ,र स्वाधीनतामा घात हुने कुनै सम्झाैता हुदैन : प्रधानमन्त्री दाहाल

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहालले निकट समयमा हुने आफ्नो भारत भ्रमणमा नेपालको राष्ट्रिय हित, राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता नहुने बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकमा प्रतिनिधिसभा सदस्य रघुजी पन्तले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा देशको राष्ट्रिय हित, राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता हुन नदिने बताएका हुन् । उनले भने, ‘म के विश्वास दिलाउन चाहान्छु भने नेपालको राष्ट्रिय हित, नेपालको राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता या कुनै किसिमको भ्रम पर्न दिइनेछैन।’ उनले आफूहरु नेपालको एक इन्च जमिन पनि छोड्न नसक्ने स्पष्ट पार्दै सोही मान्यताभित्र रहेर भारतसँग कुराकानी हुने बताए । उनले ईपिजी प्रतिवेदन बुझ्ने, नबुझ्ने सम्बन्धमा भने भ्रमण अघि केही भन्न नसकिने बताए । उनले भने...
सार्वजनिक यातायात काे भाडा घट्याे , सुचि सहित हेर्नुहाेस

सार्वजनिक यातायात काे भाडा घट्याे , सुचि सहित हेर्नुहाेस

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं ।यातायात व्यवस्था विभागले सार्वजनिक यातायात अन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । विभागले बुधबार सूचना जारी गर्दै इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा भाडा समायोजन गरिएको जनाएको हो । विभागका अनुसार यात्रुवाहक सवारी साधनको भाडा ३.२० प्रतिशतले घटाइएको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४.६५ प्रतिशतले घटेको छ । सुचना हेर्नुहाेस : ...
पुर्व लडाकुलाई दुईलाख दिने निर्णय कार्यन्वयन नहुने

पुर्व लडाकुलाई दुईलाख दिने निर्णय कार्यन्वयन नहुने

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।माओवादीका पूर्वलडाकूलाई २ लाख रुपैयाँका दरले राहत दिने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश कुमार रेग्मीको इजलासले पूर्वलडाकूलाई पैसा दिने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो। सर्वोच्चका प्रवक्ता विमल पौडेलले पूर्वलडाकूलाई २ लाखका दरले राहत दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको  बताए। सरकारले तत्कालीन नेकपा (माओवादी) का लडाकूलाई जनही २ लाख रुपैयाँ दिने कार्यविधि तयार पारेको थियो। कार्यविधिमा उनीहरूले पाउने दुई लाख रुपैयाँ बैंक खातामा हालिदिने व्यवस्था थियो। अयोग्य लडाकू ४ हजार ८ जना छन्। यसअघि गत चैत ६ गते बसेको मन्त्रिपरिषद् बैठकले अयोग्य लडाकूलाई दुई-दुई लाख दिने निर्णय गरेको सार्वजनिक भएको थियो। अनमिनले नै लडाकू होइनन् भनेर प्रमाणित गरिसकेका माओवादी कार्यकर्ताहरूलाई सर...
आयल निगमले डिजेल र मट्टीतेलकाे मूल्य घटायाे

आयल निगमले डिजेल र मट्टीतेलकाे मूल्य घटायाे

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
काठमाडौं ।नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मंगलबार निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको हो । निगमले पेट्रोल, हवाई इन्धन तथा एलपी ग्यासको  मूल्य यथावत् राखिएको छ । नयाँ मूल्य सूची मंगलबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । ईण्डियन आयल कर्पोरेशन लिमिटेडले मंगलबार पेट्रोल र डिजेलको मूल्यमा घटाएर नयाँ मूल्य सूची पठाएको थियो । घटेको मूल्य अनुसार डिजेल र मट्टितेलको प्रतिलिटर  १५५ रुपैयाँ कायम भएको निगमले जनाएको छ । निगमद्वारा जारि : प्रेस बिज्ञप्ती ...
भुटानी शरणार्थी प्रकरण कसैकाे बिपक्षी र पक्षमा हुदैन निष्पक्ष छानबिन हुन्छ : गृहमन्त्री  श्रेष्ठ

भुटानी शरणार्थी प्रकरण कसैकाे बिपक्षी र पक्षमा हुदैन निष्पक्ष छानबिन हुन्छ : गृहमन्त्री श्रेष्ठ

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकार कसैको दबाबमा पछि नहट्ने पनि बताए ।श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सरकार कसैको पक्ष र विपक्षमा नरहने बताएका छन्। अनुसन्धानको आधारमा विभिन्न व्यक्तिहरुलाई नियन्त्रणमा लिने र अनुसन्धानले पुष्टि गरेपछि कानुनी दायरामा ल्याउने सरकारको लक्ष्य छ । सरकारको तर्फबाट कुनै बायसनेस लिइनेछैन र सरकार कुनै दबावको अघि झुक्नेछैन । कुनैपनि दबावको अघि झुक्नेछैन, अनुसन्धानले जहाँसम्म लैजान्छ त्यहाँसम्म सरकार पुग्छ’ उनले भने । उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचारका अन्य प्रकरणहरुको पनि अनुसन्धान हुने बताए । उनले अनुसन्धानको आधारमा विभिन्न व्यक्तिहरुलाई नियन्त्रणमा लिने र अनुसन्धानले पुष्टि गरेपछि कानूनी दायरामा ल्याउने सरका...
पक्राउ परेका पुर्व मन्त्री रायमाझीकाे बयान सकियाे

पक्राउ परेका पुर्व मन्त्री रायमाझीकाे बयान सकियाे

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं ।नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको बयान सकिएको छ। एमालेका निलम्बित सचिव रायमाझीको बयान सोमबार राति अबेर सकिएको सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता लक्ष्मण घिमिरेले जानकारी दिए। आइतबार साँझ बूढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुरको बयान सोमबार थालेर त्यही दिन अबेर राति सकिएको हो। उनले सरकारी वकिल लक्ष्मण घिमिरे, न्यायाधीश केशवप्रसाद अधिकारीसँग आफूलाई हर्निया भएको, हिरासतमा प्रहरीले रातभर सुत्न नदिएको बताए। प्रहरी हिरासतबाट बबरमहलस्थित सरकारी वकिलको कार्यालय पुग्दै गर्दा रायमाझीले उपस्थित सबैलाई हात उठाएर अभिवादन गरे र मन्द मुस्कान दिए। प्रहरीले पक्राउ गर्दा पनि उनले देखाएको हाउभाउप्रति सामाजिक सञ्जालमा टिप्पणी भइरहेका छन्।...
नेपाली भुमिमा रहेका भारतिय सुरक्षा फाैज र कर्मचारीलाई तु फिर्ता गर्नुपर्छ : बामदेव गाैतम

नेपाली भुमिमा रहेका भारतिय सुरक्षा फाैज र कर्मचारीलाई तु फिर्ता गर्नुपर्छ : बामदेव गाैतम

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।राष्ट्रियसभाका सांसद एवम् पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षाफौज र कर्मचारी तु  फिर्ता लैजानुपर्ने बताएका हुन। शनिबार काठमाडौंमाकाे राष्ट्रिय सभागृहमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै गौतमले नेपालको सिंगो संसदमा सबै राजनीतिक दलहरुको सर्वसम्मतिले पारित गरेर नेपालले आफ्नो नक्सामा समावेश गरेको कुरा विश्वलाई नै जानकारी भएको उल्लेख गरे। साथै, उनले त्यसमा भारतले मिचाहा प्रवृत्ति देखाउन नमिल्ने पनि बताए । भारतले नेपालको धेरै भूगोल मिचेको उल्लेख गर्दै उहाँले त्यो भूभाग फिर्ता लिन नेपाललाई अन्तराष्ट्रिय कानुनहरुले पनि सहयोग गर्नु पर्ने उनले स्पष्ट पारे।...
क्रान्तिकारी कम्युनिस्ट पार्टी र मशालले शान्तिबाटिमा विरोधसभा गर्ने

क्रान्तिकारी कम्युनिस्ट पार्टी र मशालले शान्तिबाटिमा विरोधसभा गर्ने

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।भ्रष्टाचारी तथा मानव तस्करहरुलाई कडाभन्दा कडा कारबाही गर्न चौतर्फीरुपमा सरकारलाई दबाब परेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी लगायत विभिन्न राजनीतिक पार्टीहरु, तिनका भातृसंगठनहरु र नागरिक समाजले चौतर्फी रुपमा भ्रष्टाचारीहरु तथा मानव तस्करहरुलाई कडाभन्दा कडा कारबाही गर्न जोडदार माग गरेका छन् । चौतर्फी रुपमा दबाब बढाएका छन् । क्रान्तिकारी कम्युनस्टि पार्टी र नेकपा (मशाल)ले भ्रष्टाचारीलाई कडाभन्दा कडा कारबाही गर्न र राष्ट्रघाती नागरिकता विधेयक खारेज गर्न माग गर्दै  विशाल आमसभाको आयोजना गरेको छ । शान्तिबाटिकामा दिउसो १ बजे नारा जुलुस सहित विरोधसभाको आयोजना गरिएको हाे । विरोध सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला र मशालका शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आमसभाको पूर्वसन्ध्यामा दुवै पार्टीले संयुक्त ...