२३ भाद्र २०८१, आईतवार

शिवालय गाउपालिका जाजरकोटमा किसानलाई चियाको बेर्ना वितरण

जाजरकोट ।शिवालय गाउँपालिका जाजरकोटले किसानहरुलाई कृषि उत्पादन नगदेवालीको जिविकोपार्जनको लागि चियाको बेर्न वितरण गरेको छ । कृषि उत्पादन नगदेवालीको जिविकोपार्जनमा सहयोग गर्न चियाको बेर्न वितरण गरिएको गाउँपालिकाका प्रवक्ता दिपक बहादुर खडकाले जानकारी दिएका छन ।

शिवालय गाउँपालिकाको वडा नम्बर २ लयाकाँडा र ३ नम्बरको घोडाछालमा ६ हजार विरुवा वितरण गरिएको खडकाले बताए । किसानलाई नगदेबालीमा आक्रशित गरि कृषि क्षेत्रबाट नै उत्पादन बढाएर रोजगारी दिने, पुजि र श्रम शक्ति पलायन हुन नदिने मुख्य लक्ष सहित गाउँपालिका अध्यक्ष शेर बहादुर शाहीको बिशेष पहल र योजना अनुसार चियापत्तिको बिरुवा वितरण गरिएको प्रबक्ता खड्काले जानकारी दिए ।

साथै पालिकामा हावापानी चियापत्ती उत्पादनको लागि संभाब्यता अध्ययन गरेर उत्पादन राम्रो हुने भएपछि कृषि क्षेत्रमा क्रान्ति नै हुने गरेर वडा नम्बर २ को नेपामा चियापत्तिको नर्सरी स्थापना गरिएको छ । नर्सरीमा ४५ हजार बिरुवा राखिएको छ । बिरुवा ठुलो भएपछि चियापत्ती उत्पादनको लागि उपयुुक्त हावापानी भएको वडाहरुमा बिरुवा सहुलियतमा वितरण गरिने छ ।

शिवालय गाउँपालिकालाई चियापतिको बृहत उत्पादन पकेट क्षेत्रको बिकास गरिने समेत प्रवक्ता खडकाले बताएका छन । कृषि शाखा प्रमुख विश्वमित्र शर्माको नेतृत्वमा कृषि क्षेत्रमा उत्पादनको लागि बिशेष योगदान गर्ने गरि लागि परेको प्रबक्ता खडकाको भनाइ छ । चियापतिको बृहत व्यावसायिक योजना बनाएको र सो कार्यान्वयनको लागि गाउँपालिका अध्यक्ष शाहीले जोड दिएको उनले बताए ।

जनताको जीवन स्तरमा रुपान्तरण ल्याउन र चुनावी प्रतिबद्धता अनुसारको कार्य गर्न संघ, प्रदेश सरकार संग समन्वय गर्दै स्थानीय सरकार प्रमुखको हैसियतले अध्यक्ष शाही सक्रियता पुर्वक लागेको बताइएको छ।चियापत्ती खेतिले कृषकलाई पुर्ण आत्मनिर्भर बनाउने, कृषि प्राबिधिकहरुले रोजगारी पाँउने, पालिकाको आम्दानीको प्रमुख श्रोत बन्ने प्रवक्ता खडकाले बताए ।

साथै चुनावी प्रतिबद्धता अनुसार स्वास्थ्य, शिक्षा, क्याम्पस, बिद्यालयहरुको भवनहरु पुर्वाधार विकास, खानेपानी सिचाइ लगायतका क्षेत्रमा जाजरकोट जिल्लामा शिवालय गाउँपालिकाले अगुवाई गरिरहेको समेत उनको भनाइ छ । प्रवक्ता खडकाले भने, पालिका अध्यक्ष शेरबहादुर शाही ज्युको टिमको कार्यकाल भित्र उन्नत बिकास समृद्धि र विकसित शिवालय बनाइने प्रतिबद्धता पुर्ण रूपमा कार्यान्वयन हुने पालिकाबासी समुदायमा विनम्रता पुर्बक सबैमा जानकारी गर्न चाहन्छु ।”

संभाब्यता अध्ययनको लागि संघीय सरकारबाट आएको ५ लाखमा चिया खेतीको लागि आवश्यक पर्ने हावापानी, माटो, उचाई जस्ता सबै संभावनाहरुको अध्ययन गरिएको र त्यसपछि ४५ हजार बिरुवा रहने नर्सरीको स्थापना गरिएको छ भने नर्सरी ब्यबस्थापनको लागि पालिकाले पनि ५ लाख रकम विनियोजन गरेको प्रबक्ता खडकाले बताए ।