११ श्रावण २०८१, शनिबार

जनयुद्धको शैलीमा कमर्सियल बैंक लाई संसदीय ब्यवस्थाका कार्य राेक्न चेतावनी

पाल्पा।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाल्पाले जनयुद्धको शैलीमा प्राईम कर्मशियल बैंकलाई संसदीय व्यवस्थाका कार्यहरू राेक्न चेतावनी दियकाे छ ।

तत्कालीन नेकपा(माओवादी) ले संचालन गरेको जनयुद्धकाे शैलीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल पाल्पा जिल्ला समिति न्याय विभागले प्राईम कर्मशियल बैंक,दमकडाका बैंक म्यानेजर दिपक थापालाई विद्यमान दलाल पुजीवादी संसदीय ब्यवस्थाका कार्यहरु आजकै मिति देखि स्थगित गरि आफ्नो न्याय विभागमा उपस्थिति हुन अनुरोध गरेको छ । पत्रमा आफ्नाे पार्टीकाे न्याय विभागमा तानसेन वडा नम्बर ९ मा रहेको प्राईम कर्मशियल बैंक लिमिटेड र उक्त बैंक म्यानेजर तानसेन वडा नम्बर ७ प्रभास बगैंचा स्थित बसाेबास गर्ने दिपक थापा तपाईंले जालसाजी गरि वित्तीयआतंङ्क,ज्यादती,दादागिरी गरि जग्गा हडप्ने उदेश्यले प्रताडित बनाएको निवेदन प्राप्त भएको उल्लेख गरेको छ ।
पत्रमा भनिएको छ तपाईं र तपाईंको बैंक र बैंक म्यानेजर दिपक थापा याे पत्र प्राप्त गरेको दिनदेखि बाटोकाे म्याद रहने गरि ७ दिन भित्रमा विभागको कार्यलयमा उपस्थित हुन आग्रह गरिएको छ । पत्रमा उल्लेख गरिएको व्यहाेरा जस्ताको त्यस्तै :
“आज मुलुक राजनीतिक,आर्थिक,सामाजिक लगायतका संकटले आक्रान्त छ । भ्रष्टाचार, महँगी, कालोबजारी, तस्करी र कमिसन मुलुकको नियति बनिरहेको छ । राजनीतिक रूपले मुक्त एवम् स्वाधीन, आर्थिक रूपमा समृद्ध र सामाजिक रूपान्तरणको महान् अभियानमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निरन्तर अघि बढिरहेको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सम्बर्द्धन हाम्रो पार्टीको अविचलित प्रतिबद्धता रहेको छ । तमाम प्रकारका संकटको समाधान नै क्रान्ति हो । हामी निरन्तर क्रान्तिमा अघि बढिरहेका छौँ । मुलुकमा विद्यमान दलाल पुजीवादी संसदीय ब्यवस्थाको एकमात्र विकल्प नयाँ जनवादी क्रान्तिका कार्यभारसहित वैज्ञानिक समाजवाद हो ।

यसै शिलशिलामा हाम्रो पार्टीमा तानसेन वडा नम्बर ९ मा रहेको प्राईम कर्मशियल बैंक लिमिटेड र उक्त बैंक म्यानेजर तानसेन वडा नम्बर ७ प्रभास बगैंचा स्थित बसाेबास गर्ने दिपक थापा तपाईंले जालसाजी गरि वित्तीय आतंङक,ज्यादती,दादागिरी गरि जग्गा हडप्ने उदेश्यले प्रताडित बनाएको निवेदन हाम्रो न्याय विभागमा प्राप्त भएको छ । तपाईं र तपाईंको बैंक र बैंक म्यानेजर दिपक थापा याे पत्र प्राप्त गरेको दिनदेखि बाटोकाे म्याद रहने गरि ७ दिन भित्रमा विद्यमान दलाल पुजीवादी संसदीय ब्यवस्थाका कार्यहरु आजकै मिति देखि स्थगित गरि हाम्रो न्याय विभागमा उपस्थिति हुन अनुरोध गर्दछौं ।,अन्यथा विभागकाे नियमअनुसार अगाडि बढ्ने जानकारी गराउदछाैं ।”

पत्र यस्तो थियाे :