२३ भाद्र २०८१, आईतवार

शिक्षकलाई धाेका भयकाे भन्दै महासंघले आन्दोलन गर्ने चेतावनी

काठमाडौं ।२७ भदौं-नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विद्यालय शिक्षा विधेयक २०८० मा शिक्षकहरुलाई धोका दिएको भन्दै काठमाडौं केन्द्रीत आन्दोलनमा जाने चेतावनी दिएको छ ।

सरकारसँग छलफल, संवाद र लगातारका थुप्रै भेटघाट तथा पक्षीकरण पछि पनि केही झिना मसिना विषयवस्तु बाहेक पुरानो मस्यौदामा कुनै परिवर्तन नगरी सरकारले विधेयकको रुपमा त्यसलाई संसदमा दर्ता गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ ‘यस घटना मार्फत् राज्यले फेरि एक पटक नेपाली शिक्षक–कर्मचारीलाई धोका दिएको छ । त्यसैले नेपाली शिक्षक कर्मचारी अहिले अत्यन्त आक्रोशित भएका छन् । अब ने. शि. महासङ्घ समक्ष काठमाडौं केन्द्रित निर्णायक सडक आन्दोलनमा जानु बाहेक कुनै विकल्प बाँकी रहेको छैन ।’

यस्तो छ महासंघको विज्ञप्ति :