२३ भाद्र २०८१, आईतवार

जाजरकोटमा उच्च रक्त श्राप पछि सुत्केरीको मृत्युु

जाजरकोट ।जाजरकोट जिल्लाको कुशे गाउँपालिका वडा न.७ समाईलामा एक सुत्केरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कुशे गाउँपालिका वडा न. ७ समाईला की अन्दाजी ३५ वर्षीया जानुका नेपाली रहेको जिल्ला समन्वय समिति जाजरकोटकी सदस्य विनिता नेपालीले जानकारी दिईन् ।

घरमै सुत्केरी भएकी नेपालीको साल अट्किएपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको बुझिएको छ । विहीबार विहान ५ बजे घरमै छोरीको जन्म दिएकी नेपालीको साल अट्किएर उच्च रक्तस्रावपछि मृत्यु भएको हो ।