११ श्रावण २०८१, शनिबार

अखिल क्रान्तिकारीले मन्त्री,पुर्वमन्त्रि र संसदहरुकाे लगानिमा रहेका स्कुल र कलेजहरुमा टाँस्याे कालाे ब्यानर

काठमाडौं । अखिल क्रान्तिकारीले शिक्षाको मन्त्री अशोक राईको स्वप्नबाटिका स्कुल देखि साँसद विनोद चाैधरिकाे लगानी रहेको स्कुल सम्म टाँग्याे कालाे ब्यानर ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट अखिल(क्रान्तिकारी)ले “बिद्यालय शिक्षा विधेयक २०८०”, शिक्षा क्षेत्रमा भईरहेका भ्रष्टाचार, निजीकरण,ब्यापारिकरण र चरम लुटका बिरुद्ध  मन्त्री,साँसद र कर्मचारीहरुका स्कुल, कलेज र क्याम्पसहरुमा बिहीबार कालाे ब्यानर टाँसेकाे छ।

वर्तमान शिक्षामन्त्री अशोक राईकाे  – स्वप्नबाटिका स्कुल,काठमाडौं पुर्व प्रधानमन्त्री,काँग्रेस सभापति शेरबहादुर पत्नि आर्जु राणाकाे युलेन्स स्कुल,काठमाडौं
पुर्वमन्त्रि उमेश श्रेष्ठकाे लिटिल एन्जलस स्कुल,काठमाडौं पुर्वमन्त्री उमेश श्रेष्ठ  लिटिलएन्जलस स्कुल र युनाइटेड स्कुल,ललितपुर प्रतिनिधि सभाका सांसद डा. मिनेन्द्र रिजाल – एपेक्स कलेज,काठमाडौं साँसद बिनोध चौधरी – क्याम्पिएन र प्रिमिएर स्कुल,काठमाडौं पुर्व सांसद गिता राणाकाे ग्यालेक्सी स्कुल,काठमाडौं
राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिब डा. रमेश सिलवालकाे गोल्डेनगेट स्कुल,

काठमाडौं विश्वविद्यायका प्रोफेसरहरु – KMC कलेज,काठमाडौं मन्त्री तथा संसदहरु – क) International College,चितवन,पर्सा, ख) भरतपुरको Sunrise Boarding School,चितवन,भरतपुर, ग) Ankuram Academy,चितवन,भरतपुरसरकारी क्याम्पसका प्राध्यापक,शिक्षक र राजनितीक दलका नेताहरु – क) प्रनिनिधी सभाका सांसद तथा राप्रपाका महामन्त्री डा. धवल समशेर राणा – मोर्डन पब्लिक स्कुल,नेपालगन्ज,बाँके, ख) आदर्श सेकेन्डरी, ग) जिभिएन स्कुल, घ) होलिल्याण्ड स्कुल, ङ) नेशनल इन्जिनियरिङ कलेज लगायत देशै भरिका स्कुल र कलेजहरुमा कालाे ब्यानर टाँसेकाे अखिल क्रान्तिकारी का एक नेताले बताय । याे पहिलाे चेतावनी हाे र थप संघर्षका कार्यक्रम हरु गरिने एक नेताले बताए ।

तस्बिरहरु :