११ श्रावण २०८१, शनिबार

कुशे २ टालेगाउँकाे “खाँडा खाेला जलविद्युतकाे” ट्रान्सर्फमर बिग्रिदा सर्वसाधारण मा अध्यारो काे समस्या

जाजरकोट । जिल्लाको कुशे गाउँपालिका वडा न २ टालेगाउ डाेग्रीमा रहेको  रहेकाे खाँडा खाेला जल बिधुत आयाेजना काे ट्रान्सर्फमरमा समस्या देखिय पछि उपभोक्त हरुमा अध्याराेकाे समस्या ।

बिगत १० बर्ष देखि संचालनमा आयकाे उक्त जलविद्युत काे क्षमता ५४ kw हाे र ट्रान्सर्फमरकाे क्षमता १००के भि ए हाे । टालेगाउका सबै टाेल र वडा न ३ का फलाट, जिताउन र टापुचाैर मा पनि प्रसारण लाईन बिस्तार गरियकाे छ ।हाल सम्मा ४४० घरदुरिले बत्ती जडान गरेका छन ।

टालेगाउँ बासिलाई उज्यालो दिनका लागि आज भन्दा १२ बर्ष अगाडि आयोजनाका अध्यक्ष  कृष्ण बहादुर सिंह लगायत सबैकाे बिशेष पहल र सहयाेगमा जटिल परिस्थितिमा पनि  हेलिकप्टरबाट सामान ढुवानी गरि आयाेजनाकाे सुरुवात गरियकाे थियाे ।

बर्षादकाे समयमा नहर भत्किने र कुनै ठाउँमा पाेलहरु ढल्ने समस्या हरुले पटक-पटक सर्वसाधारण हरुमा  केही अध्याराे अनुभुति भयता पनि आयाेजना निर्माण भय पछि सबैमा खुसि तुल्यायकाे छ ।

दुईजना अप्रेटर हरु राखियकाे उक्त आयाेजनाका लागि उपभोक्ताहरुले समयमै बिधुत महसुल नबुझाउदा बिग्रेका सामान बनाउन र अप्रेटरलाई समयमै तलब दिनका लागि जटिलता भयकाे, र पटकपटक सुचना गर्दा पनि अटेर गरेकाे,आयाेजनाका अध्यक्ष कृष्ण बहादुर सिंहले बताय । दशै, तिहार, लगायतका चाँड पर्व नजिकिँदै गर्दा बिग्रियकाे ट्रान्सर्फमर लाई मर्मत अथवा नया ट्रान्सर्फमर खरिद गर्नका लागि संघ,प्रदेश र स्थानीय सरकार संग पनि अनुराेध गरिने र छिटै मर्मत गर्नका लागि र सर्वसाधारणहरुमा उज्यालो दिन पहल गरियकाे अध्यक्ष सिंहले बताय । सबैलाई उज्यालो चाहिने हुदा सबैले आआफ्नो ठाउबाट सहयाेग गर्ने समेत अध्यक्ष सिंहले अपिल गरेका छन ।