११ श्रावण २०८१, शनिबार

क्रान्तिकारी प्रेस संगठनको केन्द्रिय सदस्यमा नकुल चौलागाईं निर्वाचित

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठन, नेपालबीच एकता भएको छ । एकतापछि नयाँ संगठनको नाम ‘क्रान्तिकारी प्रेस संगठन’ घोषणा गरिएको छ । साेहि संगठनमा काभ्रेबाट नकुल चाैलागाई केन्द्रीय सदस्यमा निर्वाचित भयका हुन ।

क्रान्तिकारी पत्रकार महासंघ मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट र क्रान्तिकारी पत्रकार संगठन, नेपालधर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट पत्रकारका संगठन हुन् । यसअघि वैद्य र बास्तोला नेतृत्वको पार्टीबीच एकता भइसकेकाले जनवर्गीय तथा शुभेच्छुक संस्थाहरुबीच पनि एकता गर्ने क्रममा पत्रकार संगठनहरुबीच एकता भएको हो ।

ललितपुरको कुपण्डोलस्थित वैकुण्ठ–चेत स्मृति भवनमा आयोजित एकता भेलाले दुवै संगठनको एकताबाट नयाँ संगठनको नाम ‘क्रान्तिकारी प्रेस संगठन’ पारित गरेको हो ।चाैलागाई लामो समय देखि पत्रकारिता क्षेत्रमा आबद्ध सङ सगै सामाजिक क्षेत्रमा पनि सक्रिय छन् उनि यस भन्दा अगि जन-पत्रकार संगठन नेपालको काभ्रे जिल्ला अध्यक्ष हुन ।

उनले पेशागत सुरक्षाका विषयमा सशक्त आवाज उठाउदै नेपाल पत्रकार महासंघले पत्रकार शुद्धीकरणका नाममा पार्टीमा आस्था राखेकै आधारमा महासंघको सदस्यताबाट बञ्चित गरिएको भन्दै त्यसको भण्डाफोर गर्दै काभ्रे पत्रकार महासंघ लाइ ७ बुदे ज्ञापत्र समेत बुझायका थिए ।