६ माघ २०८१, आईतवार

क्रान्तिकारी प्रेस संगठनकाे केन्द्रीय सदस्यमा सम्पादक सिंह, हार्दिक बधाई छ

काठमाडौं । क्रान्तिकारी प्रेस संगठन काे केन्द्रीय सदस्य मा मनाेनित भयकाेकाे तूफान न्यूज डटकम का सम्पादक/संचालक राम बहादुर सिंहलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना ।

शनिवार सम्पन्न क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठन नेपालकाे एकताको भेला भई क्रान्तिकारी प्रेस संगठन नामकरण गरियकाे छ । गत बैशाख १८ गते माेहन वैद्य “किरण” नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला “कन्चन” नेतृत्वकाे नेकपा बहुमत काे पार्टी एकता भय पछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गठन गरिएको थियाे र साेहि पार्टीका पत्रकार संगठन हरुकाे एकता भई क्रान्तिकारी प्रेस संगठन नाम राखिएकाे छ ।

एकताको भेलाबाट कमल बुढा संयोजक र नारायण पंगेनी सह-संयाेजक रहने गरि ६४ जनाकाे केन्द्रीय कमिटि निर्माण गरियकाे छ भने हुकुम सिंहकाे संयाेजकत्वमा ५ जनाकाे सल्लाहकार कमिटी पनि गठन गरियकाे छ । तत्कालै केन्द्रीय कमिटीको बैठक बसि संगठन ले गर्नु पर्ने काम कर्तव्य तथा प्रदेश र  जिल्लाहरु भेलाहरुकाे बिषयमा ठाेस निर्णय गरिने बताएको छ । संगठनका  फ्र्याक्सन ईन्चार्ज तथा  पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोला कन्चनकाे प्रमुख आतिथ्यतामा भयकाे कार्यक्रममा पार्टीका कार्यलय सदस्य गम्भीर , सागर, दिनेश शर्मा लगायत ईराताे खबरका सम्पादक तथा प्रगतिशिल लेखक अशाेक सुवेदी , महिला नेतृ सारदा महत हुकुम सिंह काे आतिथ्यता रहेकाे थियाे ।

राम बहादुर सिंह (रेडियम ) : बिगत १० बर्षिय जनयुद्धमा बाल संगठन , बाल छापामार , कलाकार र बिद्यार्थी संगठन मा काम गर्दै आयका एक ईमान्दार र कर्मठ ब्यक्ति हुन । २०५८ साल फाल्गुन ४ गते तत्कालीन जनयुद्धको वेला अछामको मंगल सेनमा तत्कालीन शाहि नेपाली सेनाको ब्यारेकमा धावा बाेल्ने क्रममा उनका दाइ गाेपाल बहादुर सिंह (तूफान ) काे गा‌ैरव पुर्ण सहादत पछि राम बहादुर सिंह बदला भावका साथ आमा बुवाकाे आश्रिवाद ले टीका र माला लगाई १२ बर्षकाे कलिलो  उमेरमा जनयुद्धमा समाहित भयका थिय । जनमुक्ति सेनामा भर्ति हुने उनकाे रहर हुदा पनि उनकाे उमेरले साथ नदिय पछि , उनी जिल्लाको बाल संगठनमा काम गर्दै आय ,पार्टीकाे आवस्यकता लाई मध्यनजर गर्दै कलाकारमा जाेडियर एरिया, कमान्ड, जिल्ला कलाकार र, क्षेत्रीय भेरि कर्णाली जनसाँस्कृतिक महासंघ हुँदै केन्द्रमा  अखिल नेपाल जनसाँस्कृतिक महासंघमा जाेडिदै निरन्तर पार्टीको जिम्मेवारी तहमा काम गर्दै आयका छन ।