२३ भाद्र २०८१, आईतवार

क्रान्तिकारी युवा संगठन नेपालकाे प्रथम बैंठक सम्पन्न

कास्की पाेखरा । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट, क्रान्तिकारी युवा संगठन नेपालकाे प्रथम बैंठक सम्पन्न भयकाे छ ।

शुक्रबार देखि सुरु भयकाे बैठक आज सकियकाे हाे । पार्टीका केन्द्रीय कार्यलय सदस्य तथा संगठनका केन्द्रीय फ्र्याक्सन ईन्चार्ज उदय बहादुर चलाउने “दिपक”काे प्रमुख आतिथ्यता र पार्टी का कास्की जिल्ला ईन्चार्ज र संयोजक काे आतिथ्यतामा भयकाे ब‌ैंठककाे अध्यक्षता हरिश भट्ट ले गरेका थिए भने बैंठकमा संगठनका केन्द्रीय सदस्यहरुकाे सहभागिता रहेकाे थियाे।

बैंठकमा अतिथि दिपकले बिगतकाे समिक्षा गर्दै बर्तमान अवस्थामा युवाहरुले गर्नु पर्ने काम, कर्तव्य र समाजमा भईरहेका अराजक गतिविधि , तष्करी र कालाे बजारीकरण लाई नियन्त्रण गर्न संगठनले उल्लेखनीय भुमिका खेलिरहेकाे र आगामी दिनहरुमा पनि खेल्नु पर्ने  बताय ।

केन्द्र, प्रदेश ,जिल्ला, नगर,गाउँ र टाेल कमिटी निर्माण गर्ने र केन्द्रीकृत र बिकेन्दिकरण अभियान संचालन गर्ने निष्कर्ष सहित बैंठक सम्पन्न भयकाे अध्यक्ष हरिश भट्टले बताय ।