११ श्रावण २०८१, शनिबार

दुई क्रान्तिकारी पत्रकार संगठनको एकता : ‘क्रान्तिकारी प्रेस संगठन’को घोषणा

ललितपुर । क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठन नेपाल काे एकता भेला सम्पन्न भयकाे छ ।

शनिवार ललितपुरमा भयकाे एकताकाे भेलाले संगठनको नाम ‘क्रान्तिकारी प्रेस संगठन’को नामाकरण गरिएको छ । भेलाले कमल बुढा संयोजक र नारायण पंगेनी सहसंयोजक रहेको ६४ सदस्यीय सम्मेलन आयोजक कमिटि निर्माण गरेको छ । नवनिर्वाचित कमिटिको बैठक चाँडै बसेर संगठन र संघर्ष सम्बन्धी निर्णय लिइने नवनिर्वाचित संगठनका संयोजक कमल बुढाले जानकारी दिय।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला कञ्चनको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा प्रमुख अतिथि लगायत पार्टीका कार्यालय सदस्यहरु दिनेश शर्मा सागर, गम्भिर, सचिवालय सदस्य प्रवेश र क्रान्तिकारी महिला संगठनकी सहसंयोजक शारदा महतले शुभकामना मन्तव्यसहित वैचारिक तथा राजनीतिक महत्वको प्रशिक्षणात्मक मन्तव्य राखेका थिय।

कमल बुढाको अध्यक्षता र नारायण पंगेनीको सञ्चालनमा सम्पन्न भेलालाई दामोदर खनालले स्वागत गरेका थिय ।
भेलामा कमल बुढाले प्रतिवेदन र रवि पाण्डेले विधान प्रस्तुत गरेका थिय । केही परिमार्जनसहित थप समृद्ध पार्ने गरी विधान र प्रतिवेदन पारित गरियो । विधान पारित भएपछि पार्टीको प्रचार प्रसार विभागका सचिव हुकुमबहादुर सिंहले सम्मेलन आयोजक समितिको प्यानल प्रस्तुत गरे।

नवनिर्वाचित कमिटिलाई भेलाका अतिथिहरु तत्कालीन क्रान्तिकारी पत्रकार महासंघका निर्वतमान अध्यक्ष तथा नवगठित क्रान्तिकारी प्रेस संगठनका सल्लाहकार इन्द्र राउत र क्रान्तिकारी प्रेस संगठनका सल्लाहकार अशोक सुवेदीले बधाई तथा शुभकामना मन्तव्य ब्यक्त गरेका थिय ।

नवनिर्वाचित कमिटिको तर्फबाट संयोजक कमल बुढाले प्रतिबद्धता मन्तव्य राखेपछि भेलाको समापन गरियो ।