२०८३ श्रावण १४, बिहीवार

Author: तुफान न्यूज

नेपाल बैंक र ॐ समाज डेन्टलबीच सहुलियतपूर्ण दन्त उपचार सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टलबीच सहुलियतपूर्ण दन्त उपचार सम्झौता

समाचार, स्वास्थ
— राजन थापा काठमाडौं /  स्वास्थ्य उपचार आर्थिक अवस्थाका कारण कसैका लागि विलासिता होइन, सबै नागरिकको आधारभूत अधिकार हो भन्ने सन्देशसहित नेपाल बैंक लिमिटेड र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि.बीच सहुलियतपूर्ण दन्त उपचार सेवा उपलब्ध गराउने महत्वपूर्ण सम्झौता भएको छ। यो सहकार्यले हजारौँ बैंक ग्राहक र कर्मचारीलाई गुणस्तरीय दन्त उपचार सहज र किफायती रूपमा उपलब्ध गराउने अपेक्षा गरिएको छ। सम्झौताअनुसार नेपाल बैंकका खातावाला ग्राहक तथा कर्मचारीले काठमाडौंको चाबहिल, बनस्थली, सातदोबाटो र महोत्तरीको बर्दिबासस्थित ॐ समाज डेन्टलका शाखाबाट उपचार गराउँदा १५ देखि २५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। उपचारलाई नागरिकको पहुँचमा पुर्‍याउने उद्देश्यले गरिएको यो सहकार्यलाई स्वास्थ्य क्षेत्रमा सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा हेरिएको छ। सम्झौतापत्रमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपे...
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल–अमेरिका शाखाको प्रथम अधिवेशन सम्पन्न, उदय भट्टराई अध्यक्षमा निर्वाचित

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल–अमेरिका शाखाको प्रथम अधिवेशन सम्पन्न, उदय भट्टराई अध्यक्षमा निर्वाचित

मनाेरन्जन, समाचार
बाल्टिमोर (अमेरिका)— राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, अमेरिका शाखाको प्रथम अधिवेशन अमेरिकाको मेरील्याण्ड राज्यस्थित बाल्टिमोरमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। मेरील्याण्डको नटिङ्घमस्थित माउन्ट एभरेष्ट रेष्टुरेन्ट (७९२७ बेलएयर रोड, सुइट–सी, नटिङ्घम, एमडी २१२३६) मा आयोजित अधिवेशनबाट उदय भट्टराई अध्यक्षमा निर्वाचित भएका छन्। त्यसैगरी प्रथम उपाध्यक्षमा निशा सुनार, द्वितीय उपाध्यक्षमा सुदीप अधिकारी, महिला उपाध्यक्षमा संगीता थापा मगर, सचिवमा सज्जन बोहोरा, कोषाध्यक्षमा प्रवेश पौडेल, सहसचिवमा मधुर गिरि तथा सहकोषाध्यक्षमा छबिराज सुनार निर्वाचित भएका छन्। कार्यसमितिका सदस्यहरूमा रमेश परियार, श्रीराम पौडेल, भृकुटी पंगेनी, सरिता डाँगी, अमित सुनार, सुजन केसी, राजीव शर्मा, विजय चन्द ‘दर्पण’, दिनेश जिसी, नवराज...
मलेसियामा नेपालको गौरवपूर्ण प्रदर्शन : १ स्वर्णसहित ९ पदक जितेर स्वदेश फर्कँदै नेपाली कराते टोली

मलेसियामा नेपालको गौरवपूर्ण प्रदर्शन : १ स्वर्णसहित ९ पदक जितेर स्वदेश फर्कँदै नेपाली कराते टोली

Breaking News
मलेसियाबाट कृष्ण बहादुर बि.क. काठमाडौं । मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न २५औँ मिलो इन्टरनेशनल ओपन कराते च्याम्पियनसिप–२०२६ मा नेपाली कराते टोलीले उत्कृष्ट प्रदर्शन गर्दै १ स्वर्ण, ४ रजत र ४ कांस्य गरी कुल ९ पदक जित्न सफल भएको छ। अन्तर्राष्ट्रिय रंगमञ्चमा नेपालको झण्डा फहराउँदै गौरवपूर्ण उपलब्धि हासिल गरेको टोली स्वदेश फर्कने क्रममा रहेको छ। गत जुन २५ देखि २८, २०२६ सम्म सञ्चालन भएको प्रतिष्ठित प्रतियोगितामा नेपालका विभिन्न जिल्लाबाट छनोट भएका प्रतिभावान खेलाडीहरूले सहभागिता जनाएका थिए। कराते क्लब बालाजु, काठमाडौं महानगरपालिका–१६ लगायत देशका विभिन्न कराते क्लबका खेलाडीहरूले नेपालको प्रतिनिधित्व गर्दै सशक्त प्रदर्शन गरेका हुन्। प्रतियोगितामा होम गुरुङ ले स्वर्ण पदक जित्दै नेपालको शिर उच्च बनाएका छन्। रजत पदक विजेतामा अनिश थापा (तिलोत्तमा नगरपालिका), प्रजोल थापा (तिलोत्तमा नगर...
होटल व्यवसायीलाई आतिथ्य व्यवस्थापन तालिम सम्पन्न

होटल व्यवसायीलाई आतिथ्य व्यवस्थापन तालिम सम्पन्न

समाचार
काठमाडौं / बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन कार्यालय काठमाडौं र रैथाने संरक्षण नेपालको आयोजनामा तथा होटल एसोसिएसन नेपालको समन्वयमा होटल व्यवसायीका लागि आतिथ्य व्यवस्थापन सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ। तालिम मंगलबार काठमाडौंस्थित होटल रामायणमा आयोजना गरिएको थियो। होटल व्यवसायीलाई आतिथ्य व्यवस्थापन, होटल सञ्चालन सम्बन्धी कानुनी व्यवस्था तथा होटलमा रैथाने कृषि उत्पादन, परिकार, सीप र प्रविधिको महत्वबारे जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको हो। तालिमको उद्घाटन पर्यटन कार्यालय काठमाडौंका प्रमुख पवनकुमार पोखरेलले बिरुवामा पानी सिँचेर गरेका थिए। उद्घाटन कार्यक्रममा उनले नेपालको पर्यटन विकासका लागि स्थानीय उत्पादन, मौलिक खानाका परिकार र गुणस्तरीय आतिथ्य सेवाको प्रवर्द्धन आवश्यक रहेको बताए। साथै, पर्यटन कार्यालयले सञ्चालन गर्दै आएका सेवा र कार्...
निःशुल्क दन्त स्वास्थ्य शिविरसँगै डेन्टल क्याबिन उद्घाटन, २९४ नागरिक लाभान्वित

निःशुल्क दन्त स्वास्थ्य शिविरसँगै डेन्टल क्याबिन उद्घाटन, २९४ नागरिक लाभान्वित

समाचार, स्वास्थ
राजन थापा गोरखा / दुर्गम गाउँका नागरिकले सामान्य दाँतको उपचारका लागि पनि लामो दूरी तय गर्नुपर्ने बाध्यता अब विस्तारै अन्त्य हुने संकेत देखिएको छ। गोरखाको सिरानचोक गाउँपालिका–२ स्थित थलाजुङ स्वास्थ्य चौकीमा निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन हुनुका साथै थलाजुङ डेन्टल क्याबिन को औपचारिक उद्घाटन भएपछि स्थानीयवासीमा नयाँ आशा, नयाँ भरोसा र नयाँ मुस्कान थपिएको छ। अब सामान्य दन्त समस्याका लागि जिल्ला सदरमुकाम वा अन्य शहर धाउनुपर्ने बाध्यता कम हुने विश्वास स्थानीयले व्यक्त गरेका छन्। सिरानचोक गाउँपालिकाको आयोजना तथा ॐ समाज डेण्टल हस्पिटलको प्राविधिक सहयोगमा सञ्चालित दुईदिने शिविरमा निःशुल्क दन्त परीक्षण, परामर्श, दाँत सफा, दाँत भर्ने, दाँत निकाल्ने तथा एक्स–रे सेवा प्रदान गरिएको थियो। कार्यक्रम वडा नं. २ का अध्यक्ष तथा थलाजुङ स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष खुशीमान गुरुङको...
मलेसिया पुगेको कराते टोलिले जित्यो १ स्वर्ण सहित ९ पदक

मलेसिया पुगेको कराते टोलिले जित्यो १ स्वर्ण सहित ९ पदक

अन्तर्राष्ट्रिय, समाचार
मलेसियाको २५औँ मिलो इन्टरनेशनल ओपन कराते च्याम्पियनसिपमा नेपाली टोलीको उत्कृष्ट प्रदर्शन, १ स्वर्णसहित ९ पदक जित्न सफल मलेसियाबाट कृष्ण बहादुर बि.क. काठमाडौं । मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित २५औँ मिलो इन्टरनेशनल ओपन कराते च्याम्पियनसिप–२०२६ मा सहभागी नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै १ स्वर्ण, ४ रजत र ४ कांस्य पदक जित्न सफल भएको छ। गत जुन २५ देखि २८, २०२६ सम्म सञ्चालन भएको उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका विभिन्न जिल्लाका उत्कृष्ट खेलाडीहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा कराते क्लब बालाजु, काठमाडौं महानगरपालिका–१६ सहित देशका विभिन्न कराते क्लबका खेलाडीहरूले नेपालको प्रतिनिधित्व गरेका थिए। पदक विजेताहरू यसप्रकार छन् : स्वर्ण पदक होम गुरुङ (कराते क्लब काठमाडौं) रजत पदक अनिश थापा (तिलोत्तमा नगरपालिका) प्रजोल थापा (तिलोत्तमा नगरपालिका) र...
१११ पिन्ट रगत संकलन गर्दै चक्रपथ सरसफाई महाअभियानको ४८२ औं हप्ताको अवसरमा आयोजित रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न

१११ पिन्ट रगत संकलन गर्दै चक्रपथ सरसफाई महाअभियानको ४८२ औं हप्ताको अवसरमा आयोजित रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न

समाचार, स्वास्थ
काठमाडौं । चक्रपथ सरसफाई महाअभियानको ४८२औँ हप्ताको अवसरमा आयोजना गरिएको वृहत् रक्तदान कार्यक्रमबाट १११ पिन्ट रगत संकलन भएको छ। सामाजिक उत्तरदायित्व, मानवीय सेवाभाव र सामुदायिक एकताको उत्कृष्ट उदाहरण बनेको यो कार्यक्रमले रक्त अभावका कारण उपचारको पर्खाइमा रहेका सयौं बिरामीका लागि नयाँ आशा जगाएको छ। लामो समयदेखि प्रत्येक हप्ता निरन्तर सञ्चालन हुँदै आएको चक्रपथ सरसफाई महाअभियानले यसपटक सरसफाइसँगै रक्तदानलाई जोडेर समाजप्रति आफ्नो दायित्वलाई अझ फराकिलो बनाएको हो। कार्यक्रममा विद्यार्थी, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता, अस्पतालका कर्मचारी, बिरामीका आफन्त तथा विभिन्न संघ–संस्थामा आबद्ध व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। रक्तदान कार्यक्रमको आयोजना चक्रपथ सरसफाई महाअभियानले गरेको थियो भने ग्रीन सिटी हस्पिटल प्रा.लि., ब्लड डोनर्स काठमाडौं मध्यक्षेत्र, यती हेल्थ साइन्स एकेड...
हराउँदै असारे संस्कृति, दुर्लभ बन्यो बेठी परम्परा

हराउँदै असारे संस्कृति, दुर्लभ बन्यो बेठी परम्परा

विचार
— डि.बि. पराजुली असार लाग्नासाथ नेपाली गाउँबस्तीमा रोपाइँको चटारो सुरु हुन्थ्यो। खेतका गह्रामा हिलो खेल्दै किसानहरू धान रोप्थे, असारे गीत गुञ्जिन्थे, मादल र झ्यालीको तालमा युवायुवती रमाउँथे। खेतमा रोपाइँ मात्र हुँदैनथ्यो, त्यहाँ श्रम, संस्कार, मनोरञ्जन र सामुदायिक एकताको अनुपम दृश्य देखिन्थ्यो तर आज त्यो दृश्य विस्तारै इतिहास बन्दै गएको छ। खेतहरू बाँझिन थालेका छन्, असारे गीतहरू मोबाइलको प्लेलिस्टमा सीमित भएका छन्, र गाउँको साझा श्रम प्रणाली बेठी दुर्लभ बन्दै गएको छ। बेठी भनेको गाउँलेहरूबीचको पारस्परिक श्रम आदान–प्रदानको परम्परा थियो। खेतमा सबै मिलेर रोपाइँ गरिदिने, खेतमा सबै पुगेर काम गरिदिने, नगद ज्यालाको आवश्यकता पर्दैनथ्यो।, श्रमको सट्टा श्रम नै विनिमय हुन्थ्यो, रोपाइँ सकिएपछि दही–चिउरा, अचार, तरकारी र स्थानीय परिकारसँगै रमाइलो भोज हुन्थ्यो, असारे गीत, दोहोरी, ठट्टा–व्यङ्ग्य र हिल...
महासंघ मलेसियाले गर्यौ विश्व आदिवासी दिवस भव्य रूपमा मनाउने घोषणा तथा कोषाध्यक्ष थापाको भव्य बिदाइ

महासंघ मलेसियाले गर्यौ विश्व आदिवासी दिवस भव्य रूपमा मनाउने घोषणा तथा कोषाध्यक्ष थापाको भव्य बिदाइ

अन्तर्राष्ट्रिय, समाचार
मलेसियाबाट सन्जिव तामाङ को रिपोर्ट  मलेसिया / नेपाल आदिवासी जनजाति महासंघ, प्रवास शाखा मलेसियाले आगामी ३२औँ विश्व आदिवासी दिवस तथा १३औँ वार्षिक उत्सव भव्य र ऐतिहासिक रूपमा मनाउने तयारीलाई तीव्र बनाएको छ। आइतबार क्वालालम्पुरको कोतारायामा बसेको तयारी बैठकले कार्यक्रमलाई सफल बनाउन आवश्यक व्यवस्थापन, समन्वय र सहभागिताका विषयमा महत्वपूर्ण निर्णय गरेको छ। सहभागीहरूले आदिवासी दिवसलाई भाषा, संस्कृति, पहिचान र एकताको साझा उत्सवका रूपमा मनाउने प्रतिबद्धता व्यक्त गर्दै सबैको सक्रिय सहयोग आवश्यक रहेकोमा जोड दिएका छन्। यसै अवसरमा महासंघकी कोषाध्यक्ष अनिता थापाको बिदाइ कार्यक्रम पनि सम्पन्न गरिएको छ। उनको योगदानको सम्मान गर्दै आगामी यात्राको सफलताको शुभकामना व्यक्त गरिएको महासंघले जनाएको छ। मलाया खबर परिवारले पनि ३२औँ विश्व आदिवासी दिवस तथा १३औँ वार्षिक उत्सवको सफलताको शुभकामना व्यक्त ग...
समाजवादी कम्युनिस्ट पार्टी नेपालको ‘नेपाली जनक्रान्तीको अवधारणा’ कम्युनिस्ट एकताको सकारात्मक कदम

समाजवादी कम्युनिस्ट पार्टी नेपालको ‘नेपाली जनक्रान्तीको अवधारणा’ कम्युनिस्ट एकताको सकारात्मक कदम

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार
काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालले प्रस्तुत गरेको "नेपाली जनक्रान्तीको अवधारणा" कम्युनिस्ट एकताको सकारात्मक कदम रहेको  कम्युनिस्ट नेताहरूको जोड।समाजवादी कम्युनिष्ट पार्टी नेपाल आइतबार राजधानीमा  आयोजना गरेको "नेपाली जनक्रान्तीको अवधारणा" बिषयीक अन्तरक्रियामा टिप्पणी गर्दै नेपालका क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेताहरूले पार्टीहरू एकताबद्ध हुनुपर्नेमा जोड दिय। वर्तमान बालेन सरकारको विकल्पका लागि सबै कम्युनिस्टहरु एक भएर संघर्षको तयारीमा लाग्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन्। वक्ताहरुले बालेन सरकार अमेरिकी कठपुतली रहेकोसमेत आरोप लगाए । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्त प्रकाश ओली‘सुदर्शन’ले विशिष्ट भूराजनीतिक अवस्थाको कारण अहिले नेपालको सत्ता र शक्तिको चाबि प्रत्यक्षरुपमा अमेरिकी हातमा पुगेको दबी गरे । “धेरै पहिलेबाटै रवि– बालेनहरु अमेरिकी योजनामा सिं...