२०८३ श्रावण १४, बिहीवार

Author: तुफान न्यूज

व्यवसायभन्दा माथि सम्बन्ध निर्माण गर्ने नेतृत्व : ग्रील तथा स्टील व्यवसायीका भरोसायोग्य पात्र सुनिल कुमार अमात्य

व्यवसायभन्दा माथि सम्बन्ध निर्माण गर्ने नेतृत्व : ग्रील तथा स्टील व्यवसायीका भरोसायोग्य पात्र सुनिल कुमार अमात्य

विचार
— डि.बि.पराजुली कुनै–कुनै मानिसलाई चिनाउन पदको आवश्यकता पर्दैन । उनीहरूले गरेका काम, निर्माण गरेका सम्बन्ध र छाडेका सकारात्मक छाप नै उनीहरूको परिचय बन्छ । व्यवसायमा सफलता धेरैले प्राप्त गर्छन्, तर व्यवसायसँगै मानिसको मन जित्ने अवसर भने थोरैले पाउँछन्। यस्तै व्यक्तित्वमध्ये एक हुन् सुनिल कुमार अमात्य । काठमाडौंका ग्रील तथा स्टील व्यवसायीहरूबीच उनको नाम सफल व्यवसायीका रूपमा मात्र उच्चारण हुँदैन बरु एक सहयोगी, समन्वयकारी, जिम्मेवार र सबैलाई समेट्न सक्ने नेतृत्वका रूपमा लिइन्छ । उनले आफ्नो जीवनले एउटा सन्देश दिएको देखिन्छ— व्यवसाय केवल नाफा कमाउने माध्यम होइन, समाजसँगको सम्बन्ध बलियो बनाउने एउटा अभियान पनि हो। हरेक सफल व्यक्तिको जीवनमा एउटा संघर्षको अध्याय हुन्छ । सुनिल कुमार अमात्यको जीवन पनि त्यसबाट अलग छैन। प्रारम्भिक दिनहरूमा उनले व्यवसायलाई स्थापित गर्न अनेक चुनौतीहरू सामना गरे। ...
“नेपाली जनक्रान्तिको अवधारणा” बिषयीक “अन्तरक्रिया” कार्यक्रम हुदै 

“नेपाली जनक्रान्तिको अवधारणा” बिषयीक “अन्तरक्रिया” कार्यक्रम हुदै 

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : समाजवादी कम्युनिष्ट पार्टी नेपालले "नेपाली जनक्रान्तिको अवधारणा" बिषयीक "अन्तरक्रिया" कार्यक्रम गर्ने भयको छ। पुर्ण बहादुर सिंह समरजङ्ग नेतृत्वको उक्त पार्टीले सो कार्यक्रम को आयोजना गरेको हो । काठमाडौंको अनामनगर स्थित संवाद डबलीमा दिउँसो ११ बजे हुने उक्त कार्यक्रममा बिभिन्न पार्टीका नेता र पत्रकारहरूको उपस्थित रहने एक नेताले जानकारी दिए।    ...
ओली,प्रचण्ड र माधव आज एउटै मञ्चमा देखिने

ओली,प्रचण्ड र माधव आज एउटै मञ्चमा देखिने

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार
काठमाडौं : एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु आज एक सार्वजनिक कार्यक्रममा सँगै देखिने भएका छन् । सो कार्यक्रममको प्रमुख आतिथ्यता भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।मदन भण्डारी फाउण्डेसनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आज असार १४ गते राष्ट्रिय सभागृहमा आयोजना गर्ने कार्यक्रममा ओली, प्रचण्डसहितका नेताहरु सहभागी हुन लागेका हुन् । नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा ओली र प्रचण्डसँगै नेताहरु– माधव कुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको  एक नेताले जानकारी दिए । यस राष्ट्रिय गोष्ठीलाई पछिल्लो समय फरक–फरक राजनीतिक धारमा रहेका प्रमुख कम्युनिस्ट नेताहरूको सा...
राजनीति र समाजसेवाको यात्रा सँगसँगै अगाडि बढाउँदै समाजसेवी रामप्रसाद न्यौपाने

राजनीति र समाजसेवाको यात्रा सँगसँगै अगाडि बढाउँदै समाजसेवी रामप्रसाद न्यौपाने

विचार
– डि.बि. पराजुली राजनीति केवल सत्ता प्राप्त गर्ने माध्यम होइन, समाज रूपान्तरणको अभियान पनि हो। जब राजनीति सेवा, समर्पण र सामाजिक उत्तरदायित्वसँग जोडिन्छ, तब त्यहाँबाट समाजले आशा गर्ने नेतृत्व जन्मिन्छ। यस्तै व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं. ४ का इकाई सभापति, सामुदायिक प्रहरी टुँडालदेवीका अध्यक्ष तथा समाजसेवी रामप्रसाद न्यौपाने। रामप्रसाद न्यौपानेको सार्वजनिक जीवन राजनीतिक जिम्मेवारीमा मात्र सीमित छैन। उहाँले वर्षौंदेखि स्थानीय समाजका हरेक सुख–दुःखमा साथ दिँदै सामाजिक सेवाको उदाहरण प्रस्तुत गर्दै आउनुभएको छ। जनताको घरदैलोमा पुगेर समस्या सुन्ने, समाधानका लागि पहल गर्ने, युवालाई सकारात्मक बाटोमा अघि बढाउन प्रेरित गर्ने र समाजमा एकताको वातावरण निर्माण गर्ने उहाँको प्रयासले धेरैको मन जितेको छ। सामुदायिक प्रहरी टुँडालदेवीका अध्य...
नेपालको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनबाट भावी पुस्ताले सिक्नुपर्ने पाठ

नेपालको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनबाट भावी पुस्ताले सिक्नुपर्ने पाठ

विचार
डि.बि.पराजुली एउटा पुरानो भनाइ छ—“ इतिहास विजेताले लेख्छ ” यो भनाइमा केही सत्यता अवश्य छ तर आजको लोकतान्त्रिक युगमा इतिहास केवल विजेताको कथा बन्नु हुँदैन, इतिहास पराजितको पीडा, साधारण नागरिकको संघर्ष, परिवर्तनका सपनाहरू र गल्तीबाट प्राप्त शिक्षाको दस्तावेज पनि बन्नुपर्छ। यदि इतिहासलाई केवल कसले कसलाई हरायो, कसले कसलाई धोका दियो, कसले कसको अधिकार खोस्यो भन्ने दृष्टिले मात्र पढियो भने इतिहास दोषको अदालत बन्छ तर त्यही इतिहासलाई किन त्यस्तो भयो? कसरी सुधार गर्न सकिन्छ? भविष्यमा त्यस्तो गल्ती दोहोरिन नदिन के सिक्नुपर्छ? भन्ने दृष्टिले पढियो भने इतिहास परिवर्तनको विश्वविद्यालय बन्छ। नेपाल आज त्यही मोडमा उभिएको छ। नेपालको आधुनिक इतिहास परिवर्तनहरूको श्रृंखला हो। राणा शासनको अन्त्यदेखि प्रजातन्त्रको स्थापना, पञ्चायती व्यवस्था, जनआन्दोलन, सशस्त्र द्वन्द्व, शान्ति प्रक्रिय...
धनुषामा पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ

धनुषामा पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाका मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ का विजय यादवका करिब २० वर्षीय छोरा अमन यादव र हंसपुर नगरपालिका–६ सोनीगामाका रामएकवाल मुखियाका करिब १८ वर्षीय छोरा सुधिर मुखिया रहेका छन् । आज दिउँसो करिब १ बजे होटलमा खाना खान आएका दुई युवकसँग हातहतियार रहेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय मुजेलियाबाट खटेको प्रहरी टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक निमित्त प्रवक्ता मनोज यादवले जानकारी दिए । उनका अनुसार उनीहरूको साथबाट एउटा पेस्तोल, त्यसको एउटा म्यागजिन, ९ एमएम केएफ लेखिएको एउटा गोली र ७.६५ एमएम केएफ लेखिएका तीन वटा गोली बरामद गरिएको छ । बरामद गरिएको हातहतियार तथा गोलीसहित दुवै जनालाई नियन्त्रणमा लिई घ...
फेसियल हाउसको १२औँ शाखा सितापाइलामा उद्घाटन, गुणस्तरीय सौन्दर्य सेवा थप सहज हुने

फेसियल हाउसको १२औँ शाखा सितापाइलामा उद्घाटन, गुणस्तरीय सौन्दर्य सेवा थप सहज हुने

अर्थवाणिज्य, समाचार
काठमाडौं । नेपालकै अग्रणी सौन्दर्य सेवा प्रदायक संस्था फेसियल हाउसले काठमाडौंको सितापाइलास्थित अनुपम महलमा आफ्नो १२औँ शाखा औपचारिक रूपमा उद्घाटन गरेको छ। शनिबार आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठ, सञ्चार उद्यमी शोभा ज्ञवालीलगायतले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका हुन्। करिब १८ वर्षअघि काठमाडौं मल, सुन्धाराबाट यात्रा सुरु गरेको फेसियल हाउसले सेवा विस्तारलाई निरन्तरता दिँदै देशभर आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ। हाल कम्पनीले काठमाडौंसहित पोखरा, सुर्खेत, नेपालगञ्ज, ललितपुर, चितवन, धनगढी र इटहरीमा सेवा प्रदान गरिरहेको छ। साथै काठमाडौं र चितवनमा फेसियल एकेडेमी सञ्चालन गरी सौन्दर्य तथा स्किन केयर क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा समेत योगदान पुर्‍याउँदै आएको जनाएको छ। फेसियल हाउसकी संस्थापक सु...
‘क्षितिजका रङहरू’ नियात्रासङ्ग्रहको सार्वजनीकरण

‘क्षितिजका रङहरू’ नियात्रासङ्ग्रहको सार्वजनीकरण

समाचार
- माधव घिमिरे 'अटल' बहुआयामिक साहित्यकार महेन्द्र चालिसेको दोस्रो नियात्रा कृति “क्षितिजका रङहरू" यही असार १३ गते काभ्रेको कुन्ताबेसीस्थित नव प्रतिभा इङ्लिस स्कुलमा सार्वजनीकरण भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ दिनेशराज पन्तले आफूले 'क्षितिजका रङहरू' चौबीस घण्टा नबित्दै आफूले अध्ययन गरिसकेको भन्दै आफूले “पृथ्वीनारायण शाहका चिठी” सम्पादन गरेको प्रसङ्ग पनि कोट्याए । उनले बीचबीचमा संस्कृतका सूक्तिहरू मिसाएर ठट्यौलो पाराले आफ्नो महत्त्वपूर्ण वाणीलाई विश्राम दिए । नियात्राकार महेन्द्र चालिसेले विरासत धान्न आग्रह गर्ने युवराज मैनालीको नाम उच्चारण गरे । रमेश खनाल र विमल पौड्यालको समेत नामोच्चारण गर्दै उनले यो कृतिको सम्पूर्ण जस उनै तीन जनालाई दिए । त्यसरी नै आफैँले अढाइ दशकअघि स्थापना गरेको नव प्रतिभा विद्यालयलाई पनि चालिसेले धन्यवाद ज्ञापन गरे । वरिष्ठ साहित्यकार रोचक घिमिरेले अ...
मलेसियाको २५औँ मिलो इन्टरनेशनल ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन कराते क्लब बालाजुटारको २० सदस्यीय टोली प्रस्थान

मलेसियाको २५औँ मिलो इन्टरनेशनल ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन कराते क्लब बालाजुटारको २० सदस्यीय टोली प्रस्थान

खेल, समाचार
  काठमाडौं । कराते क्लब काठमाडौं–१६ बालाजुटारको २० सदस्यीय प्रतिनिधिमण्डल मलेसियामा आयोजना हुने २५औँ मिलो इन्टरनेशनल ओपन कराते च्याम्पियनसिप–२०२६ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेको छ। Persatuan Karate Wilayah Persekutuan, Putrajaya तथा Putrajaya Karate Association को निमन्त्रणामा २५ जुनदेखि २८ जुन २०२६ सम्म क्वालालम्पुर, मलेसिया मा सञ्चालन हुने उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट कराते क्लब बालाजुटार, काठमाडौं महानगरपालिका–१६ को टोलीले सहभागिता जनाउनेछ। प्रतियोगितामा भाग लिन गिरी होम ,अनिश थापा ,अभिन परियार ,इशान घिमिरे .अनिशा थापा ,राजेश तामाङ ,प्रजल थापा ,रीता कुमारी चौधरी ,महेन्द्र थारु , मिन बहादुर सेजल,युवराज थारु ,पिंकी थारु ,सुस्मिता थारु ,निरु थारु चौधरी ,भीम बहादुर रोकाहा ,सोहन सिन्जाली खेलाडीको रुपमा जान लागेका हुन भने अफिसियल टोलीको रुपमा सञ्जय कुमार चौधरी...
“मायालुको घुर्की प्यारो” मा चम्किए रोशन तामाङ, अभिनयले तान्यो सबैको ध्यान

“मायालुको घुर्की प्यारो” मा चम्किए रोशन तामाङ, अभिनयले तान्यो सबैको ध्यान

मनाेरन्जन
काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा नयाँ अनुहारका रूपमा उदाउँदै गरेका मोडल रोशन तामाङ आफ्नो आकर्षक अभिनयमार्फत दर्शकमाझ प्रस्तुत भएका छन्। रोशन तामाङ र शिल्पा पोखरेलको अभिनय रहेको “मायालुको घुर्की प्यारो” बोलको गीत सार्वजनिक भएको छ। उक्त गीत बाबुल गिरी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा नयाँ मोडल रोशन तामाङको अभिनयले विशेष आकर्षण थपेको छ। प्रेम र भावनात्मक कथामा आधारित भिडियोमा रोशनले आफ्नो अभिनय क्षमता प्रस्तुत गरेका छन्। गीतमा चर्चित संगीतकार तथा गायक बाबुल गिरी र चर्चित गायिका रचना रिमाल को सुमधुर स्वर सुन्न सकिन्छ। गीतको शब्द, संगीत, मिक्सिङ तथा मास्टरिङको काम बाबुल गिरीले नै गरेका छन् भने रेकर्डिङ शंकर सिंह ठकुरीले गरेका हुन्। म्युजिक भिडियोको निर्देशन संगीत सागर बुर्जाले गरेका छन्। भिडियोमा शिल्पा पोखरेल र नयाँ मोडल रोशन तामाङको आकर्षक ज...