भिटोफ नेपालको होम स्टे प्रवर्धनात्मक कार्यक्रम सुसम्पन्न
- माधव घिमिरे 'अटल'
आज असार ११ गते बिहीवार उखुबारी सामुदायिक होम स्टेको सिन्धुपाल्चोकको सामुदायिक भवनमा एक विशेष समारोहको आयोजना भयो । भिटोफ नेपालका हरिशरण थपलियाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि थिए- सुनकोशी गापा वार्ड नं.- ७ का वडाध्यक्ष तथा पालिका प्रवक्तासमेत रहेका ईश्वर तिमल्सिना ।
संस्कृति तथा पर्यटन मन्त्रालय वागमती प्रदेशको आयोजना तथा गाउँ पर्यटन प्रवर्धन मञ्च नेपाल(भिटोफ-नेपाल)को सह-आयोजनामा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ईश्वर तिमल्सिनाले प्रत्येक पाहुनाले गाई वा भैँसी आफैँले दुहेर खाने व्यवस्था मिलाइदिन सकियो भने पनि स्थानीय पर्यटक आकर्षित गर्न सकिने बताए । सुकुटेमा आउने पर्यटकलाई एक दिन भने पनि गाउँ उकाल्न पाए पनि हुन्थ्यो भन्ने आफूलाई लागेको भए पनि अहिले विज्ञका कुरा मनन गर्दा यो सही विचार नभएको तिमल्सिनाको तर्क थियो । उनले आगन्तुक अत...









